Home » कृषि » Page 4
Category:

कृषि

भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन्। ५३ उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले आगामी असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ।

संस्थाका अनुसार भारतीय बजारमा पुगेको तीन लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अलपत्र छ भने उद्योगमा सात लाख किलोभन्दा बढी तयारी चिया थन्किएको छ। भण्डारण क्षमता भरिएपछि उद्योग सञ्चालन गर्न नसकिएको एसोसिएसन अध्यक्ष डिल्ली श्रेष्ठले बताए।

“किसानबाट खरिद गरिएको हरियो पत्ती प्रशोधन गरेर तयारी चिया बनाएका छौँ, तर बजारमा बिक्री हुन सकेको छैन। भण्डारण गर्ने ठाउँसमेत भरिइसकेको छ”, अध्यक्ष श्रेष्ठले भने, “किसानलाई भुक्तानी रोक्न …

0 comment
0 FacebookTwitterEmail

बागलुङको निसीखोला गाउँपालिकाका अधिकांश किसान परम्परागत रुपमा भेडापालन गर्दै आएका छन्। एउटै परिवारले सयौँको सङ्ख्यामा भेडापालन गरे पनि व्यावसायिक बन्न सकेका छैनन्। किसानलाई व्यावसायिक बनाउन निसीखोला गाउँपालिकाले आधुनिकतासँग जोड्न थालेको छ। चालु आर्थिक वर्षमा भेडापालक किसानका लागि पालिकाले आधुनिक खोर बनाइदिएको छ।

किसानले भेडालाई खोरमा नभई आकाशमुनि खुला छाड्ने गर्थेँ। खुला छाड्दा चिसोले मर्ने, विभिन्न रोग लाग्ने र चोरी हुने हुँदा किसानले नोक्सानी भोग्दै आएका थिए। यस वर्ष गाउँपालिकाले किसानका लागि आधुनिक खोर निर्माण, खानेपानीको व्यवस्थापन, औषधि खरिद र भेडाको बच्चा खरिदका लागि चालु आवमा रु एक करोड १२ लाख विनियोजन गरेको थियो।

खोर निर्माण, खानेपानी र औषधि खरिदका लागि …

0 comment
0 FacebookTwitterEmail

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटका भरत मल्लले पोर्चुगलको (पिआर) स्थायी बसोबासको सुविधा त्यागेर जन्मथलोमा बाख्रापालन गरेका छन्।

विसं २०७६ देखि करिब २०८० सम्म पोर्चुगलमा बसेका ६३ वर्षीय मल्लले जन्मथलो फर्किएर पुरानै बाख्रापालन व्यवसायलाई निरन्तरता दिएका हुन्। छोराछोरी विदेशमै बसे पनि आफूलाई जन्मथलोकै व्यवसाय सम्मानजनक लागेर फर्किएको बताए।

“पहिले साउदीबाट आएर राहुघाटमा जग्गा किनेर बाख्रा र कुखुरापालन गरेको थिएँ”, उनले भने, “छोराछोरीले पोर्चुगल बोलाएपछि करिब १४–१५ महिना त्यहाँ बसेँ, घुमे। पिआर कार्ड पनि बनाएँ। घर आएपछि फर्किएर पोर्चुगल जान मन लागेन। सम्मान र सन्तुष्टिका लागि बाख्रापालनलाई निरन्तरता दिएको हो।”

पोर्चुगल जानुअघि मल्लले २०६८ सालमा रघुगङ्गा बाख्रा तथा कृषि फार्म स्थापना गरेर बाख्रा, …

0 comment
0 FacebookTwitterEmail

भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारस्थित मैदानेका किसान पछिल्लो समय व्यावसायिक रुद्राक्ष खेतीतर्फ आकर्षित भएका छन्। परम्परागत खेतीभन्दा कम मेहनतमा राम्रो आम्दानी हुने भएकाले यहाँका कृषक रुद्राक्ष खेतीलाई मुख्य आयस्रोतका रूपमा विकास गर्न लागिपरेका हुन्।

स्थानीय किसान प्रदीप थापाका अनुसार रुद्राक्ष खेतीबाट किसानले वार्षिक न्यूनतम एक लाखदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्। “रुद्राक्षको सिजन सुरु भएपछि गाउँमै व्यापारी आउने गर्छन्”, उनले भने, “देशका विभिन्न ठाउँबाट खरिदका लागि आउने भएकाले बजारको समस्या छैन। जसले किसानलाई थप उत्साहित बनाएको छ।”

मैदाने क्षेत्रको हावापानी र माटो रुद्राक्ष खेतीका लागि उपयुक्त भएकाले उत्पादन पनि राम्रो हुँदै आएको किसानको अनुभव छ। एक पटक बिरुवा रोपिसकेपछि …

0 comment
0 FacebookTwitterEmail

म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले रहरलाग्दो सफलता प्राप्त गरेका छन्।

बेनी नगरपालिका–७ कुरिलाखर्कका ४२ वर्षीय सुरेश ढुङ्गानाले गाईभैँसी पालनबाट आकर्षक कमाई गरी सफलता प्राप्त गरेका हुन्। करिब एक दशक लामो वैदेशिक रोजगार त्यागेर विसं २०७२ देखि पशुपालन सुरु गरेका ढुङ्गाना जिल्लामा गाईभैँसी धेरै पाल्ने सफल अगुवा कृषकका रूपमा परिचित छन्। 

सुरुमा एक–एक वटा गाई र भैँसी खरिद गरेर ‘ढुङ्गाना कृषि तथा पशुपक्षी फार्म’ सञ्चालनमा ल्याएका उनले अहिले दैनिक ३०० लिटर दूध बिक्री गर्दै आएका छन्। उनको फार्ममा अहिले ४५ वटा माउसहित ५० वटा गाईभैँसी छन्। उनले दैनिक रूपमा करिब ३५ हजार बराबरको दूध बिक्री गर्दै आउनुभएको छ। ढुङ्गानाको …

0 comment
0 FacebookTwitterEmail

सुनसरीको बराहक्षेत्र नगरपालिका क्षेत्रमा व्यावसायिक तरकारी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। एक समय बाँझै रहने बारी अहिले हराभरा तरकारीबारीमा परिणत भएका छन् भने किसान आफ्नै गाउँमा बसेर मनग्य आम्दानी गर्दै आत्मनिर्भरतातर्फ उन्मुख भएका छन्।

बिहान घाम नउदाउँदै किसान काँक्रो, गोलभेँडा, बोडी, घिरौँला, कोभीलगायत तरकारी टिप्न बारीमा पुगिसकेका हुन्छन्। उत्पादन भएका तरकारी धरान, इटहरी, इनरुवा, बराहक्षेत्र तथा आसपासका बजारमा बिक्री हुने गरेको छ।

बराहक्षेत्र नगरपालिका–७ का दिनेश राजवंशी विगत ६ वर्षदेखि करिब दुई बिघा जमिनमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। तीन वर्ष विदेश बसेर फर्किएका उनले अहिले आफ्नै गाउँमा बसेर तरकारी खेतीबाट पर्याप्त आम्दानी गरिरहेका छन्।

“विदेशमा निकै दुःख …

0 comment
0 FacebookTwitterEmail

आम रूपमा मधेसमा महिलाको गणना चुलोचौकाको काममा मात्र गनिन्छ भन्ने गुनासो सुनिन्छ। तर पछिल्ला समयमा मधेसका महिलाले सहकारीका माध्यमले कृषि क्षेत्रका कामबाटै आफूलाई सामाजिक र आर्थिक क्षेत्रमा सफल उद्यमीका रूपमा उभ्याएका छन्।

महिला मात्र आबद्ध महिला सामाजिक उद्यमी सहकारी मधेसमा स्थापित मानिन्छन्। मधेसका महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सिरहा र बारासहित छ जिल्लामा महिला सामाजिक उद्यमी सहकारीमा आबद्ध महिलाले पशुपालन, तरकारी खेती र कृषि उत्पादनकै बेचबिखन गरिने पसल संस्थागत रूपमा सञ्चालन गरेर सफल उद्यमीको परिचय बनाएका छन्। महिलालाई यो कार्यमा अन्तर्राष्ट्रिय सामाजिक संस्था हेफर इन्टरनेसनलले सहयोग र उत्प्रेरणा गर्दै आएको छ। 

महोत्तरीको बर्दिबास–१० र ११ को खयरमारा सेरोफेरोलाई कार्यक्षेत्र बनाएको ज्योति …

0 comment
0 FacebookTwitterEmail

धान खेतीका लागि परिचित झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवलमा पहिलो पटक व्यावसायिक रूपमा मखना खेती सुरु गरिएको छ।

पानीमा फल्ने कमल प्रजातिको पौष्टिक खाद्य पदार्थ मखनाको खेती युवा कृषकले नेपालमै पहिलो पटक ठूलो क्षेत्रफलमा थालेपछि यतिबेला यो खेती स्थानीयको चासोको विषय बनेको छ।

कचनकवल गाउँपालिका–४ केचनाका ३९ वर्षीय कृषक चन्द्र राजवंशीले भारतको विहारबाट प्रविधि सिकेर २० बिघा क्षेत्रफलमा मखना खेती सुरु गरेका हुन्। धान र मकै खेती हुने खेतमा पानी जमाएर गरिएको यो खेती अहिले झापामै नयाँ र फरक कृषि अभ्यासका रूपमा हेरिएको छ।

राजवंशीले १० वर्षका लागि प्रतिबिघा ३० मन धान बराबरको रकम अग्रिम भुक्तानी गरेर भाडामा लिएको जमिनमा …

0 comment
0 FacebookTwitterEmail

केही दशक पहिलेसम्म महोत्तरीका बस्ती बस्तीका किसान सनपाट खेतीमा लाग्ने गरेका थिए। अचेल भने यहाँका फाँटमा न सनपाट देखिन्छ, न त यो खेती गर्नेमा युवा पुस्ताको आकर्षण छ। किसानका गोठमा पशु वस्तु घट्दै गएसँगै सनपाटको खेती पनि मासिँदै गएको जानकारहरू बताउँछन्। विगतमा पशु वस्तु बाँध्न, डुलाउन मात्र होइन, कैयौँ काममा प्रयोग हुने डोरीको प्रयोग हुने गरेको थियो। एकातिर पशु वस्तु पाल्न छोडिएको र अर्कोतिर प्लास्टिकका बनिबनाउ डोरी सजिलै पाउने भएकाले सनपाट खेतीतर्फ किसानको सरकार घट्दै गएको हो।

“मेरै गोठमा जहिले पनि दुई हल गोरु, दुई वटा भैँसी र एउटा गाई हुन्थ्यो”, दुई दशक पहिलेको आफ्नो गुहाली (गोठ) सम्झँदै बर्दिबास–९ पशुपतिनगरका …

0 comment
0 FacebookTwitterEmail

कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका धान बालीको स्थलगत प्राविधिक अनुगमन कार्यक्रम सञ्चालन गरेको छ। म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाका विभिन्न कृषि क्षेत्रमा गरिएको अनुगमनमा प्रदेश तथा जिल्ला स्तरका कृषिसम्बन्धी निकायका विज्ञ प्राविधिकहरूको सहभागिता थियो।

कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पोखरा, प्रदेश कृषि प्रयोगशाला पोखरा, कृषि अनुसन्धान केन्द्र पोखरा तथा कृषि विकास कार्यालयका प्राविधिक कर्मचारीको संयुक्त टोली सहभागी भएको कृषि विकास कार्यालयले जनाएको छ।

अनुगमनका क्रममा कृषकहरूले खेतीपातीमा भोगिरहेका समस्या स्थलगत रूपमा अवलोकन गरिएको थियो। खेतबारीमै पुगेर बालीमा देखिएका रोग तथा किराको पहिचान गर्नाका साथै त्यसको नियन्त्रण, व्यवस्थापन र उत्पादन वृद्धिसम्बन्धी प्राविधिक सुझाव प्रदान गरिएको कार्यालयका सूचना …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved