Home » कृषि » Page 5
Category:

कृषि

पुर्ख्यौली घर रोल्पा भएका रूप बुढामगर मलेसियामा कामबाट फुर्सद मिलेको बेला युट्युब हेर्दै थिए, त्यही बेला उनले एउटा भिडियो देखे– बाख्रा पालेर मनग्गे आम्दानी गरेको ।

पाँच वर्ष दुबईमा काम गरेर मलेसिया पुगेका उनले त्यहाँ पनि ५ वर्ष बिताइसकेका थिए । घरपरिवारसँगै बसेर केही काम गरौंला भन्ने सोचिरहेका बेला त्यो भिडियो देखेका उनी बाख्रापालनमा लोभिए र २०७५ सालमा घर फर्किए ।

विदेशमै हुँदा दाङमा घडेरी जोडेर परिवारको बसाइँ सारेका उनले घोराही–६ अघरामै परिवारसँग बस्ने र बाख्रा पाल्ने योजना बनाए । थप जग्गा किनेर उनले बिएम बाख्रा फर्म स्थापना गरे ।

उनको फर्ममा अहिले स्थानीयस्तरमा पाइने जातसहित जमुनापारी, खरी, बोयर गरी …

0 comment
0 FacebookTwitterEmail

म्याग्दीको खबरा गाउँमा किसानहरूले केराको बोट (थाम) प्रशोधन गरेर फाइबर, धागो र कम्पोष्ट मल बनाउने सीप सिकेको र सोको व्यवसायीक उत्पादन सुरू गरिएको समाचार छ ।

बेनी नगरपालिकाले केरा पकेट विकास कार्यक्रमअन्तर्गत कोसा बिक्री भएपछि खेर जाने थामलाई खबरामा कम्पोष्ट मल बनाउने तालिमका लागि सहयोग प्रदान गरेको हो ।

स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले आयोजना गरेको दुई दिने तालिममा खबराका २५ जनाले थामबाट रेशा निकालेर फाइबर धागो बनाउने र कम्पोष्ट मल बनाउने सीप सिकेका छन् । सोही वडाको भकुण्डेमा बेनी नगरपालिकाको ‘उपप्रमुखसँग आमा समूह कार्यक्रम’ मार्फत केराको थामबाट रेशा निकालेर धागो र सेनेटरी प्याड बनाउने तालिम पनि दिइएको छ ।…

0 comment
0 FacebookTwitterEmail

तरकारीका रूपमा प्रयोग हुने निगुरोको माग बढेसँगै मोरङका सामुदायिक तथा साझेदारी वनमा यहाँका स्थानीय निगुरो टिप्न व्यस्त छन् । वर्षायाम सुरु भएसँगै यहाँका स्थानीयवासी निगुरो टिपेर व्यापार गर्न व्यस्त रहेका जनसेवा सामुदायिक वनका अध्यक्ष मीनकुमार राईले बताउनुभयो ।

उहाँ काठमाडौँलगायत सहरी क्षेत्रबाट माग बढेपछि यहाँका वन क्षेत्रबाट ठूलो परिमाणमा निगुरो बिक्री हुने गरेको बताउनुहुन्छ । “स्वादिलो र स्वस्थ्यकर मानिएको तरकारीका रूपमा प्रयोग हुने निगुरोको माग हुन थालेपछि अहिले पथरी, कानेपोखरी, लेटाङ, भाउन्नेलगायतका वनबाट निगुरो टिप्न भ्याइनभ्याइ छ ।

जङ्गलमा बिहानैदेखि साँझसम्म स्थानीयको भिड लाग्ने गरेको छ । हाम्रो सामुदायिक वनबाट मात्रै वार्षिक रु तीन करोडभन्दा बढीको निगुरो बाहिरिने गरेको छ”, …

0 comment
0 FacebookTwitterEmail

बजारमा बिक्री वितरण गरिने दूधको गुणस्तर सुधारको लागि डेरी व्यवसायीहरूले ल्याब स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । प्रत्यक्ष रूपमा मानव स्वास्थ्यसँग जोडिएको दूध शुद्ध, स्वच्छ, स्वास्थ्यकर र उपभोग मापदण्ड समेत अवलम्बन गर्नुपर्ने भएकाले ल्याब परीक्षण गरेर मात्रै बजारमा लैजाने वातावरण बनाउन उनीहरूले स्थानीय सरकारसँग आग्रह गरेका हुन् ।

उनीहरूले विशेष गरेर नगरभित्र आउने र बिक्री वितरण हुने दूधको पालिकामा सूचीकरण गर्ने र ल्याब परीक्षण गरेमा मात्रै बिक्री वितरणको प्रबन्ध मिलाउने हो भने त्यसले शुद्ध र स्वच्छ तथा मापदण्ड अनुसारको दूध मात्रै बजारमा जाने भएकाले सबै उपभोक्ताले गुणस्तर दूध उपभोग गर्न पाउने उनीहरूको भनाई छ ।

२४ औँ विश्व दुग्ध दिवस …

दूधको गुणस्तर सुधार गर्न ल्याब स्थापनाको माग 
0 comment
0 FacebookTwitterEmail

छाडा पशुचौपाया पूर्णरूपमा व्यवस्थापन हुन नसक्दा कैलालीका किसानले हैरानी बेहोर्न बाध्य भएका छन्। दूध दिउञ्जेलसम्म गाई पाल्ने र त्यसपछि छाडा छाड्ने प्रवृत्तिकै कारण छाडा पशुहरूको व्यवस्थापनमा कठिनाइ तथा चुनौती थपिँदै गएको हो।

यतिबेला यहाँ धान रोपाइँका लागि कतिपय किसानले धानको बीउ राखिसकेका छन् भने कोहीले राखिरहेका छन्। तर उनीहरूलाई खेतमा राखेको बीउ छाडा पशुचौपायाबाट जोगाउन सकस भइरहेको छ।

झण्डै एक बिघा जमिन भाडामा लिई खेती गर्दै आउनुभएका धनगढी उपमहानगरपालिका–३ का स्थानीय किसान हरिराम रानाले पैसा खर्च गरेर खेतमा उमारेको धानको बीउ छाडा पशुले खाँदा नोक्सानी भएको बताउनुभयो। “अहिले खेती गर्यो भने वर्षभरि खानलाई पुग्छ, अर्काको जमिन भाडामा लिई खेती गर्दै …

बीउ जोगाउनै सकसः छाडा चौपाया बिगबिगी
0 comment
0 FacebookTwitterEmail

दाङ तुलसीपुर उपमहानगरपालिका–१२ डोक्रेनामा १० बिघा जग्गामा बक्सिङ खेलाडी राजु थापाले व्यावसायिक तरकारीखेती गर्नुभएको छ । दिउँसो र साँझ जागिर र होटेलतिर व्यस्त भए पनि बिहानको समय तरकारीखेतीलाई दिने गरेको उहाँ बताउनुहुन्छ । “म बक्सिङ प्रशिक्षक हुँ, दिउँसो जागिरतिर जान्छु”, उहाँले भन्नुभयो, “साँझ होटेलतिर पनि हुर्नुपर्छ, बिहान र कहिलेकाहीँ साँझ मात्रै तरकारीलाई समय दिएको छु ।”

कोरोना महामारीको सुरुआतमा भएको ‘लकडाउन’का बेलादेखि उहाँले व्यावसायिक तरकारीखेती सुरु गर्नुभएको हो । सुरुमा पाँच जनाले संयुक्त तरकारीखेती गरेको भए पनि पछिल्लो दुई वर्षयता राजु एक्लैले उक्त तरकारीखेती गर्नुभएको छ । उहाँले करेला, बोडी, काँक्रा, लौका, फर्सीलगायतका खेती गर्नुभएको छ ।

डेढ बिघा क्षेत्रफलमा …

0 comment
0 FacebookTwitterEmail

कास्की जिल्लाको मादी गाउँपालिका–१२ लिपेयानीमा यतिखेर बाँदर देखिएका छैनन्। स्थानीय गिरेन्द्र गुरुङले बनाएको बन्दुक पड्काएपछि यस क्षेत्रमा बाँदर देखिन छाडेका हुन्।

“रूखमा आएको बाँदर नियन्त्रणका लागि बन्दुक पड्काउँदा लागेको गुच्चाको गोलीले एउटा बाँदर घाइते भएको थियो,” गुरुङले भन्नुभयो, “घाइते बाँदरसहित सम्पूर्ण बथान कराउँदै भागे त्यसपछि यस क्षेत्रमै देखापरेका छ्रैनन्।” लामो समयदेखि बाँदरले खेतबारी मात्र हैन घरभित्र पसेर भण्डारण गरेको अन्न समेत खाने, महिला एवं बालबालिकालाई आक्रमण गर्न थालेपछि विकल्पका रुपमा दुई महिनाअघि बन्दुक बनाएको उहाँले बताउनुभयो।

“हाते पम्प, ग्यास लाइटको कक, काठ, युपिभिसी पाइपलगायत सामानबाट निर्माण भएको बन्दुकको नालमा एउटा गुच्चा राखेर बीच भागमा रहेको प्वालमा सेनिटाइजरको सहायताले आगो लगाएर …

0 comment
0 FacebookTwitterEmail

कैलालीका किसानले केरामा देखिएको पानामा रोग नियन्त्रणमा सहयोग गर्न माग गरेका छन्। किसानले गत वर्ष कैलालीको टीकापुरका केही किसानको बारीमा देखिएको पानामा रोग नियन्त्रणमा सरकारले सहयोग नगरेको गुनासो गरेका छन्। टीकापुरमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले केरा बजार प्रवर्द्धनका लागि कृषक, व्यापारी तथा सरोकारवालासँग गरिएको छलफलमा किसानले यस्तो गुनासो गरेका हुन्।

किसानले नेपालमा गत वर्ष पहिलोपटक केरामा पानामा (ओइलाउने) रोगको टिआर–४ प्रजाति भेटिएको हो। फ्युजारिया अक्सिस्पोरियम क्युबेन्स ढुसीका कारण केरामा लाग्ने रोग नै पानामाको टिआर–४ प्रजाति हो। विश्वका अन्य मुलुकमा समेत व्यापक रूपमा फैलिइरहेको यो रोगको जटिलता गहिरो भएकाले समयमै रोकथाम गर्न नसके नेपालमा व्यावसायिक खेती …

0 comment
0 FacebookTwitterEmail

पर्वतको पैयुँ गाउँपालिकाले बाँदर धपाउन ३५ जना हेरालु कर्मचारी नियुक्त गरेको छ। अन्नबाली जोगाउन बाँदर समस्या समाधानका लागि विभिन्न उपाय अवलम्बन गरे पनि समाधान समाधान नभएपछि पालिकाका सातवटै वडामा पाँच–पाँच जनाका दरले हेरालु कर्मचारी नियुक्त गरिएका छन्।

यसअघि महाशिला गाउँपालिकाले करिब रु ३० लाख लगानी गरेर बाँदर पक्रिने र निकुञ्जमा लगेर छाड्ने अभियान सञ्चालन गरेको थियो। त्यसक्रममा पाँच सयभन्दा बढी बाँदर पक्रेर चितवन राष्ट्रिय निकुञ्जमा छोड्दा पनि समस्या समाधान नभएपछि अभियान स्थगित गरियो। कुश्मा, फलेवास, विहादी र मोदी गाउँपालिकाले पनि बस्ती र खेतबारी वरपरका रुखबिरुवा काट्ने अभियान थाले। पालिका र वडा कार्यालयले लाखौँ खर्च गरेर रुखबिरुवा हटाउँदा पनि बाँदरको समस्या …

0 comment
0 FacebookTwitterEmail

मौरीपालनबाट राम्रो आम्दानी गर्दै आउनुभएका जैमिनी नगरपालिका–१० व्याडथलाका किसान याम थापा अहिले चिन्तित हुनुहुन्छ । २०७४ सालदेखि मौरीपालन गर्दै आउनुभएका उहाँको मौरीका घार रित्तिन थालेपछि व्यवसाय सङ्कटमा परेको छ ।

थापासँग ४२ घार मौरी थिए । राम्रो मह उत्पादन गरिरहेका मौरी अज्ञात रोगका कारण धमाधम मर्नथालेपछि अहिले घार नै रित्तिन लागेको हो । उहाँ केही वर्ष यता बङ्गुरपालन छोडेर मौरीपालनमा लाग्नुभएको थियो । केही महिनायता मात्र ४० घार मौरी मरेपछि व्यवसाय सङ्कटमा परेको उहाँले बताउनुभयो । छ वर्षदेखि मौरीपालन गर्दै आउनुभएका थापाले मौरीपालनबाट वार्षिक रु तीन लाखसम्म आम्दानी गर्नुभएको थियो । सेरेना जातको मौरी पाल्दै आउनुभएका उहाँले एक किलो मह …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved