Home » खेलकुद/मनोरञ्जन » Page 3
Category:

खेलकुद/मनोरञ्जन

रियाल मड्रिड, पेरिस सेन्ट जर्मेन पीएसजी र बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेका छन् । वुधबार राती भएको नकाउट चरण प्लेअफ दोस्रो लेगमा उत्कृष्ट प्रदर्शन गर्दै यी तीन टोली अन्तिम १६ मा पुगेका हुन् ।

बुधबार राति भएको प्लेअफको दोस्रो लेगमा म्यान्चेस्टर सिटीमाथि ३ -१ को जित निकाल्दै समग्रमा ६-३ को नतिजाले रियल अन्तिम १६ मा पुगेको हो । हारसँगै सिटी भने बाहिरिएको छ । दोस्रो लेगमा केलियन एम्बाप्पेले ह्याट्रिक गरेसँगै रियालले सजिलै नकाउट चरण पार गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियलका लागि चौथो मिनेटमै गोलको खाता खोलेका एमबापेले ३३औं र दोस्रो हाफको ६१औं मिनेटमा गोल …

0 comment
0 FacebookTwitterEmail

जिल्लाको माई नगरपालिका–२ स्थित सितली बजार यतिबेला खेल पर्यटकले खचाखच भरिएको छ। आइतबार १५औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएपछि खेल पर्यटकको चहलपहल बढ्नुका साथै सितलीमा आर्थिक कारोबारसमेत वृद्धि भएको छ।

प्रतियोगिता सुरु भएपछि प्रतियोगितामा सहभागी हुन आएका खेलाडी, व्यवस्थापक, प्रशिक्षक तथा प्रतियोगिता अवलोकन गर्न आएका खेल पर्यटकले सितली बजारको होटल तथा घर भरिएका छन्। शनिबारदेखि नै जिल्लाका १० वटै पालिकाबाट खेलाडी सितली आउन थालेका थिए। यहाँका सबै होटल तथा घर भरिभराउ छ।

खेल पर्यटकले सितली बजार इतिहासमा पहिलोपटक भरिभराउ भएको होटल व्यवसायी राधाकृष्ण अधिकारीले बताउनुभयो। “यहाँ करिब १५–१६ वटा होटल छन्, ती सबै खेल पर्यटकले भरिभराउ छ”, उहाँले …

0 comment
0 FacebookTwitterEmail
काठमाडौँमा तापक्रम बिस्तारै बढ्दै चिसो घटेर गएसँगै खेलको माहौल पनि तातिने भएको छ । आज फागुन ५ गतेदेखि दशरथ रङ्गशालामा अन्तरराष्ट्रिय  महिला च्याम्पियनशिप फुटबल प्रतियोगिता सुरु हुँदैछ । गत तिहारअघि चिसोयाम भर्खरै सुरु भएको अवस्थामा नेपाली दर्शकहरु राति रङ्गशालामा उपस्थित भएर नेपाली महिला टोलीको पक्षमा जुटेका थिए । उक्त सातौँ साफ महिला च्याम्पियनशिप प्रतियोगितामा नेपालले राम्रो खेल प्रदर्शन गरेको अवस्थामा पनि फाइनलमा पराजित भएपछि निराश भएका दर्शकहरुको खुसी फर्काउने अवसर फेरि नेपाली टोलीमाथि आएको छ । यसका लागि गत नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङदेखि विभिन्न मुलुकमा व्यावसायिक खेल खेलिरहेका खेलाडीहरु समेत टोलीमा फर्केका छन् ।

यसपालि

0 comment
0 FacebookTwitterEmail

देशको पर्यटकीय राजधानी पोखरामा शनिबार सम्पन्न १९औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकहरूले बर्चस्व कायम गरेका छन् ।

भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गरेको म्याराथन (४२.१९५ किमी) मा केन्याली धावक विल्सन चेरियुयिटले दुई घण्टा १७ मिनेट २४ सेकेण्डमा निर्धारित दौड पूरा गरी उपाधि जितेका हुन् । उनले उपाधिसहित रु पाँच लाख पुरस्कार पाए । उनले यसअघि कायम रहेको केन्याली धावक जुलियस मुरियाली वाहोमले राखेको दुई घण्टा घण्टा १९ मिनेट ३६ सेकेण्डको रेकर्डसमेत तोडे ।

अघिल्लो संस्करणको उपाधि जितेका जुलियस दुई सेकेण्ड पछि पर्दै दुई घण्टा १७ मिनेट २६ सेकेण्डमा दौड पूरा गरी द्वितीय बने । उनले रु तीन लाख पुरस्कार पाए …

0 comment
0 FacebookTwitterEmail

बिहीबारदेखि सुरु हुने नेदरल्यान्डस र थाइल्यान्डविरुद्धको त्रिकोणात्मक टी–२० शृङ्खलाकोे ट्रफी सार्वजनिक गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी–२० शृङ्खलाको पूर्वसन्ध्यामा बुधबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा ट्रफी सार्वजनिक गरिएको हो । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा, नेदरल्यान्डसकी कप्तान बाबेट डे लिडे र थाइल्यान्डकी कप्तान नारुमोल चाइवाईले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरेकी हुन् ।

पत्रकार सम्मेलनमा कप्तान बर्माले यो शृङ्खला आफूहरूका लागि महत्वपूर्ण रहेको बताउँदै ट्रफी जित्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको टोली सन्तुलित रहेको बताउँदै आफूहरूले राम्रो प्रदर्शन गर्ने बताउनुभयो ।

यस्तै, नेदरल्यान्डसकी कप्तान बाबेट डे लिडे र थाइल्यान्डकी कप्तान नारुमोल चाइवाईले पनि शृङ्खलाको …

0 comment
0 FacebookTwitterEmail

इंग्लिश क्लब लिभरपुल, आर्सनल र एस्टन भिल्ला सिधै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेका छन् । लिभरपुल झण्डै शतप्रतिशत नतिजाका साथ अन्तिम १६ मा पुगेको छ भने आर्सनलले ६ खेल जित्दा १ बराबरी र १ खेलमा हारको सामना गर्दै अन्तिम १६ मा पुगेको छ ।

इटालीका इन्टर मिलान, एसी मिलान च्याम्पियन्स लिगको अघिल्लो चरण प्रवेश गरेका छन् । एसी मिलानले स्पेनको गिरोनालाई १-० ले हराउँदा इन्टरले चेक गणतन्त्रको स्पार्टा प्रागलाई १-० ले नै हरायो ।  साथै स्पेनबाट बार्सिलोना मात्रै सिधै अन्तिम १६ मा पुगेको छ ।

स्पेनिस क्लब रियाल मड्रिडले ब्रेस्टलाई सहजै हराए पनि च्याम्पियन्स लिगको अन्तिम आठमा ठाउँ बनाउन …

0 comment
0 FacebookTwitterEmail

गोरखा जिल्लाको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको गोरखाकाली रनिङकप फुटबल प्रतियोगिताको नवौँ संस्करण आगामी फागुन ७ गतेबाट सुरु हुने भएको छ । हरमटारी युवा क्लबको आयोजनामा फागुन ७ देखि १४ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका महासचिव किरण ढकालले जानकारी दिनुभयो ।

‘गोर्खाली रनिङकप गोर्खालीको शान, समग्र जिल्लाकै खेलकुद विकास गराउने हरमटारी क्लबको अभियान’ भन्ने नाराका साथ सदरमुकामस्थित हरमटारी रङ्गशाला खेलकुद मैदानमा हुने सञ्चालन हुने उहाँको भनाइ छ । विंस २०७० देखि क्लबले जिल्लामै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । प्रतियोगितामा उपाधि विजेताले रु चार लाख तथा उपविजेताले रु चार लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने …

0 comment
0 FacebookTwitterEmail

धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि भीडन्त आज हुँदैछ ।

फाप्ला क्रिकेट मैदानमा बिहान १० बजे हुने फाइनल खेलमा साविक विजेता एपिएफ र सुदूरपश्चिम प्रदेश भिड्ने छन् । शुक्रबार सम्पन्न सुपर फोरको खेलमा त्रिभुवन आर्मी क्लबलाई ६९ रनले हराएर एपिएफ फाइनलमा पुगेको हो । बागमती प्रदेशमाथि ३० रनको जित निकाल्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो ।

इन्दू बर्माको कप्तानीमा रहेको एपिएफ लिग चरण र सुपर फोरका सबै खेल जितेर अपराजित भएर फाइनलमा पुगेको हो । बिन्दु रावलको कप्तानीमा रहेको सुदूरपश्चिम लिग चरणमा एपिएफसँगको एउटा मात्रै खेल हारेर समूह उपविजेताको रूपमा सुपर फोरमा पुगेको थियो ।

सुपर …

0 comment
0 FacebookTwitterEmail
आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज अष्ट्रेलियाविरुद्धको खेलमा नेपालले टस हारेको छ ।

मलेसियाको युकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा भर्खरै भएको टसमा अष्ट्रेलियाले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । योसँगै नेपालले पहिला बलिङको निम्तो पाएको हो ।

अष्ट्रेलियाविरुद्धको खेलमा नेपाललाई जित्नै पर्ने दबाब रहेको छ । नेपालले सुपर सिक्सको यात्रा तय गर्नका लागि पनि समूह ‘डि’ को सबैभन्दा बलियो टोलीका रूपमा रहेको अष्ट्रेलियालाई जित्नै पर्ने दबाब रहेको हो । यसअघि अष्ट्रेलियाले स्कटल्याण्डलाई नौ र बङ्गलादेशलाई दुई विकेटले पराजित गरेको थियो । अष्ट्रेलिया भने विश्वकपको सिक्समा छनोट भइसकेको छ ।

नेपालले यसअघि खेलको दुई खेलमा दुवैमा पराजित भएको

0 comment
0 FacebookTwitterEmail

प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विजयी हुँदै सुदूरपश्चिम प्रदेश ‘सुपर फोर’मा प्रवेश गरेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशमाथि १० विकेटको जीत निकालेको हो ।

सुदूरपश्चिमले यसअघि गण्डकी र लुम्बिनी प्रदेशलाई हराएको थियो । जीतसँगै सुदूरपश्चिम ६ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । निर्धारित २० ओभरको खेल वर्षाका कारण ५ ओभरमा सीमित गरिएको थियो । जीतका लागि पाएको २१ रनको लक्ष्य सुदूरपश्चिमले १.३ ओभरमा बिनाविकेट भेट्टायो । सुदूरपश्चिमका लागि कविता कुँवरले १४ र मनिषा बोहराले ५ रन बनाए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको कर्णालीले निर्धारित …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved