छठ पर्वको अवसरमा मध्य तराइको विभिन्न गाउँहरूमा कुस्ती प्रतियोगिता आयोजना गरिने परम्परा अनुसार यस वर्ष पनि नेवतन बहुअरी, धोरे तथा वीरगन्जको इनर्वामा कुस्ती प्रतियोगिताको आयोजना गरिएको हो।
इनर्वा मन्दिर संरक्षण समाजले आयोजना गरेको यो प्रतियोगिताको उद्घाटन पूर्व बन मन्त्री प्रदीप यादवले गर्नु भएको थियो। कुस्ती प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री यादवले तराइको परम्परागत खेलको रूपमा रहेको कुस्ती खेलको संरक्षण संवर्द्धन प्रति केन्द्रीय, प्रान्तीय तथा स्थानीय सरकारहरू समेत उदासीन रहेको गुनासो व्यक्त गर्नुभयो। छठ पर्वको अवसरमा नेपाल र भारतका कुस्ती खेलाडीहरूलाई बोलाएर प्रतियोगिताको आयोजना गरेकोमा आयोजक समितिलाई मन्त्री यादवले धन्यवाद व्यक्त गर्नुभयो।
प्रतियोगिता आयोजक समितिका अध्यक्ष पलकधारी यादवको अध्यक्षमा सम्पन्न भएको उद्घाटन …