आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर नेपाल सामु एक सय ४५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा नेपालले १६.३ ओभरमा दुई विकेट गुमाएर एक सय ४७ रन बनाउँदै विजय लक्ष्य पुरा गरेको हो ।
खेलमा कुशल भुर्तेल र आसिफ शेखले ओपनिङ विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेलले टोलीका लागि ७४ रन बनाए । उनले केवल ४८ बलको सामना गरी दुई छक्का र आठ चौका हाने । उनले २६ …