Home » पूर्वाधार/विकास
Category:

पूर्वाधार/विकास

भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याउन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले थप सक्रियता देखाएको छ ।

मन्त्रालयका अनुसार प्रतिकूल मौसमका बाबजुद धादिङमा करिब ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा करिब ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याइएको छ। बाँकी क्षेत्रमा विद्युत् पुर्‍याउनका लागि नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली परिचालन गरिएको छ।

यस्तै, माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, चिलिमे, रसुवागढी, लाङटाङ, माथिल्लो त्रिशूली–१ र मैलुङ खोलालगायत जलविद्युत् आयोजनामा खोज तथा उद्धार कार्य जारी रहेको मन्त्रालयले जनाएको छ।

चिलिमे आयोजनामा ‘मड पम्प’, जेनेरेटर र वाटर पम्प हेलिकप्टरमार्फत पुर्‍याइएको छ। …

0 comment
0 FacebookTwitterEmail

रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनासकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन्। बाढीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरणअनुसार करिब रु. ६४ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीबाट सबैभन्दा बढी प्रभावित नुवाकोटमा २२ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ। ती आयोजनामा मात्रै रु. चार करोड ११ लाख ५० हजार बराबरको क्षति भएको विभागले जनाएको छ।

विभागका प्रमुख एवं महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढीका कारण धादिङका २०, गोरखाका पाँच तथा रसुवाका आठ वटा आयोजनामा क्षति भएको छ। बाढीबाट पुगेको क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य भने …

0 comment
0 FacebookTwitterEmail

कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ। अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार पछिल्ला केही वर्षयता यो नाका भएर नेपाल भित्रिने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको पाइएको छ।

उनका अनुसार गत आर्थिक वर्षमा एक हजार ७५३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन। यस्तै, रु एक करोड पाँच लाख १८ हजार ११९ राजस्व सङ्कलन भएको सूचना नवराज अधिकारी भट्टले जानकारी दिए। उनका अनुसार एक हजार ५३४ पर्यटक यो नाकाबाट बाहिरिएका छन्।

कार्यालयका अनुसार २०२२ मा ५४२ पर्यटक सो नाका भएरस नेपाल आएका थिए। यस्तै, २०२३ मा ९८३ र २०२४ मा एक हजार १५४ जना विदेशी पर्यटक यो नाका …

0 comment
0 FacebookTwitterEmail

लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ।

निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यही भदौ ३१ गतेदेखि नेपालगञ्ज पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ। बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहले यात्रुको माग बढेकाले उडान पुनः सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए।

उनका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सिधा जोड्ने यो उडानका लागि यात्रुको माग बढ्दै गएको छ। गत जेठ ५ गतेदेखि उडान स्थगित गरिएको थियो। भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या घट्नु र इन्धन खर्च बढी भएकाले उडान रोकिएको शाहले बताए। पछिल्लो समय धार्मिक पर्यटकको सङ्ख्या बढ्नाका साथै उडानको माग …

0 comment
0 FacebookTwitterEmail

प्रतिकूल मौसमका कारण दुई महिनादेखि गुल्मीको हवाई सेवा अवरुद्ध हुँदै आएको छ। प्रतिकूल मौसम, दिनहुँ बाक्लो कुहिरो लाग्नेलगायत कारणले रेसुङ्गा विमानस्थलबाट हवाई सेवा नियमित हुन सकेको छैन।

रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले हवाई सेवा अवरुद्ध हुँदा वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक कामका लागि राजधानीसम्म जाने यात्रु थप समस्यामा परेका जानकारी दिए। उडानका लागि विमानस्थल पुग्ने गरेका यात्रुहरू विमानको प्रतीक्षामा बस्ने बताउँदै उहाँले अन्तिम समयमा वायु सेवा निगमले प्रतिकूल मौसमका कारण जनाउँदै उडान तालिका रद्द गरेपछि निराश हुँदै फर्कनुपर्ने बाध्यता रहेको उल्लेख गरे।

नेपाल वायु सेवा निगमले सातामा शनिबार, आइतबार र बिहीबार गरी तीन दिन हवाई उडानको तालिका निर्धारण गरेको छ। …

0 comment
0 FacebookTwitterEmail

डुम्रे–बेँसी सहर–चामे सडकको ट्रयाक खोलिएको करिब तीन दशक बढी भयो। यस सडकको लमजुङतर्फको सडक अझैसम्म पनि सहज बनाउन सकिएको छैन। डुम्रे–बेँसी सहर–चामे सडक आयोजनाले निर्माण तथा मर्मतको काम गर्दै आएको भए पनि अपेक्षाकृत काम भने हुन सकेको छैन।

सडक आयोजनाले मात्रै काम गर्दा पुरा नहुँदा स्थानीयवासीको साथै पर्यटकीय क्षेत्र मनाङ पुग्न सास्ती भोग्नुपर्ने बाध्यता रहेको छ। हिउँदयाममा कच्ची सडकमा सहज यात्रा गर्न सकिन्छ भने वर्षायाममा सकस हुने गरेको छ। वर्षायाममा मनाङको मेरुदण्ड (लाइफलाइन) तथा एक मात्र स्थल मार्गको रूपमा रहेको सडक जोखिम भए पनि सहज यात्रा गर्न सकिने अवस्था नरहेको स्थानीय फुर्पा लामाले बताए।

 “सधैँ ठाडो खोला तथा खहरे खोला …

0 comment
0 FacebookTwitterEmail

निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक राजमार्गमा देखिएको छ। बागलुङ बजारको रामरेखादेखि उपल्लाचौरसम्मको जम्मा दुई किमी सडक दुई वर्षमा पनि सकिएको छैन।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बाङ्गेचौरदेखि उपल्लाचौरसम्मको दुई किमी सडक सात महिनामा सक्नेगरी सम्झौता भएकामा दुई वर्ष बित्न लाग्दा पनि अझै सडक कालोपत्र भएको छैन। दुई किलोमिटर १०० मिटर सडक स्तरोन्नतिसहित कालोपत्र सम्पन्न गर्नेगरी २०८१ फागुनमा २०८२ भदौ १५ गते सम्पन्न गर्नेगरी काम थालिए पनि ठेकेदारको ढिलासुस्तीले काम काम नसकिएको हो।

सडक डिभिजन कार्यालयअन्तर्गत ठेक्कामा लगाइएको उक्त सडकमा बेस र कालोपत्र गर्न अझै बाँकी छ। रु छ करोड ७२ लाख ६५ हजारमा ठेक्का …

0 comment
0 FacebookTwitterEmail

मेची राजमार्गअन्तर्गत इलाम-राजदुवाली सडकखण्ड एक महिनादेखि अवरुद्ध छ। गत असार २३ गते इलाम नगरपालिका-९ स्थित इलाम-राजदुवाली खण्डमा पहिरो गएपछि अवरुद्ध बनेको सडक अझै सञ्चालनमा आएको छैन।

माथिबाट लेदोसहितको पहिरो खस्नुका साथै सडक भाँसिएपछि एक महिनायता अवरुद्ध रहेको सो सडक खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए।

“पहिरो पन्छाएपछि भाँसिएका क्षेत्रमा पुरेर ग्राभेल गरी सडक सञ्चालन गर्ने तयारी भइरहेको छ”, उनले भने, “वर्षाका कारण दलदलमा काम गर्न सकिँदैन। तीन-चार दिन घाम लागेपछि मात्र काम सुरु हुन्छ, तर काम सम्पन्न नहुँदै पानी परेर पुनःभाँसिने समस्याले हैरानी बनाइरहेको छ।” घाम लागेमा भाँसिएको स्थान पुरेर ग्राभेल गर्ने, भित्तातर्फ अस्थायी ड्रेन निर्माण गर्ने …

0 comment
0 FacebookTwitterEmail

विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आइपिपी)बीच भएको सहमति कार्यान्वयन गर्दा नेपाल विद्युत् प्राधिकरणलाई रु एक अर्बभन्दा बढी आर्थिक दायित्व सिर्जना हुने जोखिम देखिएको छ।

प्रसारण लाइन तथा सम्बन्धित सबस्टेसन पूर्णरूपमा निर्माण सम्पन्न नभइसकेको अवस्थामा विद्युत् व्यापार विभागले आइपीपीसँगको पूर्वसहमति तथा प्रतिबद्धताअनुसार प्रसारण संरचना निर्माण सम्पन्न भएको मान्दै वैकल्पिक विद्युत् प्रवाह व्यवस्था अन्त्य गर्ने प्रक्रिया अघि बढाएपछि प्राधिकरणमाथि ठूलो आर्थिक दायित्व सिर्जना हुने जोखिम देखिएको हो।

विभागले आइपीपीको प्रतिबद्धता र यसअघि भएका सहमतिअनुसार प्रसारण लाइन निर्माण सम्पन्न नभई सम्झौता अघि बढाएको र उक्त निर्णय प्राधिकरणले कार्यान्वयनमा ल्याएपछि संस्थामाथि थप आर्थिक दायित्व पर्ने अवस्था सिर्जना भएको छ।

गत असार २६ …

0 comment
0 FacebookTwitterEmail

पाँचथरको फालेलुङ गाउँपालिकाको नाम्लुवामा फागुन १७, २०८१ मा तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पाँच शय्याको आधारभूत अस्पताल भवन उद्घाटन गरे।  अब गाउँमै डाक्टरबाट स्वास्थ्योपचार सेवा पाइने भयो भनेर स्थानीय बासिन्दा खुसी भए।  तर उद्‍घाटनको डेढ वर्ष बित्दा पनि अस्पतालमा डाक्टर देखिएका छैनन्।

अस्पतालको स्वामित्व र जिम्मेवारी कानुनतः स्थानीय तहको हो।  तर त्यसका लागि स्थानीय तह आफैँ सक्षम छैन।  संघ र प्रदेश सरकारबाट सहयोग हुन सकेन।  त्यसपछि नजिक रहेको स्वास्थ्य चौकीलाई यही भवनमा सारेर आधारभूत अस्पताल भनिएको छ।

गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले अस्पताल सञ्चालन सहयोगका लागि संघ र प्रदेश सरकारसँग पटक–पटक गुहार मागेको सुनाए।  “तर दुर्गममा डाक्टर आउनै मान्दैनन् र केन्द्रले पनि …

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved