Home » पूर्वाधार/विकास » Page 2
Category:

पूर्वाधार/विकास

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत कार्यान्वयन हुनेगरी तय गरिएका योजना तथा कार्यक्रमको हालसम्मको उपलब्धि औसत देखिएको छ। कार्यान्वयन गर्ने निकायका कतिपय पदाधिकारी नै आफैँले तय गरेका योजनामा बेखबर छन्। कतिपय आयोजनाको आवेदन माग गर्ने क्रममा छ।

चालु आर्थिक वर्षका लागि बजेटमा राखिएका योजना तथा कार्यक्रमको अर्धवार्षिक अवधिसम्मको उपलब्धिबारे सरकारले फागुन १७ गते समीक्षा गरेको थियो। उक्त समीक्षाका क्रममा ऊर्जा मन्त्रालयले वार्षिक लक्ष्यको करिब ५८ प्रतिशत लक्ष्य प्राप्त गरेको विवरण पेस गरेको छ।

चालु आवमा ऊर्जा मन्त्रालयबाट सम्पन्न हुनेगरी निर्धारण भएका लक्ष्य (माइलस्टोन) एक सय ५३ वटा छन्। जसमध्ये फागुन दोस्रो सातासम्ममा काम …

0 comment
0 FacebookTwitterEmail

गुजमुञ्ज घरहरु लहरै मिलेर बसेको गाउँ । जहाँ आजसम्म नयाँ आधुनिक भौतिक पूर्वाधार बनेका छैनन् । परम्परागत तरिकाले ढुङ्गाले छाएका घर रहेको कुइनेखानी आफैँमा सुन्दर गाउँको रुपमा परिचित छ । भौगोलिक रुपमा दुर्गम र सेवा सुविधाको अभाबले हिमाली गाउँको रुपमा चिनिने म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मा अवस्थित यो कुइनेखानी गाउँ रित्तिदै गएको छ । केही वर्ष अघिसम्म ९५ घरधुरीको बसोबास रहेको कुइनेखानीमा अहिले ४५ घरधुरीमा मात्रै बसोबास गर्दछन् ।

बसाइँसराइको कारण गाउँ युवाविहीन अवस्थामा पुग्न थालेको छ । गाउँमा मोटरबाटो पुगे पनि अन्य सुविधा पुग्न नसक्दा हरेक वर्ष गाउँबाट बसाइँ सर्ने बढेको स्थानीय टोल सुधार समितिका अध्यक्ष तुल छन्त्यालले बताउनुभयो ।

0 comment
0 FacebookTwitterEmail

नेपाल विद्युत् प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारलाई आग्रह गरेको छ। नेपाललाई सहायता उपलब्ध गराउँदै आएका स्वीट्जरल्याण्ड, बेलायत, अमेरिका, युरोपेली सङ्घ, विश्व बैंक र एसियाली विकास बैंकलाई नेपालको विद्युत् उत्पादन, प्रसारण, वितरण, विस्तार र सुधारका लागि ठूलो लगानी आवश्यक पर्ने भएकाले प्राधिकरणले सहायता बढाउन आग्रह गरेको छ।

स्वीट्जरल्याण्डका राजदूत ड्यानियल मिउली, विश्व बैंकका नेपाल, माल्दिभ्स तथा श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जार्भोस, एसियाली विकास बैंक (एडिबी), नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुस्वा, युरोपेली सङ्घ, अमेरिकी सहायता नियोगलगायतका विकास साझेदारका प्रतिनिधिहरू सम्मिलित टोलीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ सूर्यवस्तीस्थित २२० केभी नयाँ बुटवल सबस्टेसनको शुक्रबार अनुगमन …

0 comment
0 FacebookTwitterEmail

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौँ–तराई मधेस द्रुतमार्ग विसं २०८३ चैत मसान्तभित्र निर्माण पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ। राष्ट्रियसभाको  फागुन १८ गतेको बैठकमा समय लिएर बोल्दै उहाँले सो आयोजना निर्माण कोरोनाका कारण प्रभावित भए पनि सरकारले तय गरेको समयभित्रै पूरा हुने उल्लेख गर्नुभयो। आयोजना जुन गतिका साथ अगाडि बढ्नुपर्ने थियो त्यसो हुन नसकेको स्वीकार गर्दै उपप्रधानमन्त्री खड्काले लागत नबढ्ने गरी प्रक्रिया अगाडि बढाइएको स्पष्ट पार्नुभयो। सो मार्गको खोकनामा देखिएको समस्या समाधानका लागि आवश्यक अध्ययन भइरहेको जनाउँदै उहाँले विभिन्न विकल्पमाथि छलफल जारी रहेको बताउनुभयो।

प्रक्रिया पुर्‍याउने सन्दर्भमा केही ढिलाइ हुँदा जाजरकोट भूकम्पपीडितले पुनःनिर्माणबापतको रकम पाउन केही समय लागेको उपप्रधानमन्त्री खड्काले …

0 comment
0 FacebookTwitterEmail

 

धनकुटाको बीच भागबाट सदियौँदेखि तमोर नदी निरन्तर बगिरहेको छ । काँक्राको चिराजस्तै पहाडैपहाडको शङ्खला छिचोल्दै बगेको तमोर नदी हेर्दै मनमोहक र मनलाई आनन्दित बनाउँछ । जिल्लाका चार स्थानीय तहको सिमाना भएर बगेको तमोर नदी क्षेत्रमा रहेको अक्कर भिर र लोभलाग्दा फाँट यहाँका अर्को आकर्षण हो ।

यसरी पर्याप्त पर्यटनको सम्भावना बोकेको नदी क्षेत्रलाई बेलाबखत स्वतः हुने जलयात्रा (र्याफ्टिङ), फिसिङ, क्याम्पफायर, वनभोजबाहेक जिल्लाका स्थानीय तहले तमोर नदी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा प्रयोग गर्न सकेका छैनन् ।

जिल्लाको छथर जोरपाटी, सहिदभूमि, साँगुरीगढी, चौबिसे गाउँपालिका सहित धनकुटा नगरपालिका भएर तमोर नदी बगेको छ । होटल एशोसिएसन भेडेटारको तथ्याङ्कानुसार भेडेटार र तमोर नदी …

0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय गौरवको आयोजना तमोर ‘कोरिडोर’बाट मित्रराष्ट्र भारत र चीन जोडिएका छन् । गत मङ्गलबार साँझ टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रू’ भएपछि तमोर कोरिडोरबाट चीन र भारत जोडिएका हुन्

मित्रराष्ट्रय चीनले चार वर्षअगाडि नै समुद्र सतहदेखि पाँच हजार दुई सय मिटर उचाइमा  टिप्ताला नाका हुदैँ  फक्ताङलुङ गाउँपालिका—७ ओलाङचुङगोला क्षेत्रमा सडक विस्तार गरेको थियो । ओलाङचुङगाला हुदैँ सेराप बगरसम्म ‘ट्र्याक’ खोल्ने काम चीनको निर्माण कम्पनीले गरेको थियो । नेपाल र चीनको नाकाबाट नेपालतर्फ ३५ किलोमिटर क्षेत्रमा  ट्रयाक खोलिएको थियो ।

नेपालतर्फ सुनसरीको चतरादेखि खोल्दै लगिएको ट्र्याक यसअगाडि चीनले खोलेको ट्र्याकमा गत मङ्गलबार साँझ जोडिएको उत्तर दक्षिण (मूलघाट–दोभान–ओलाङचुङगोला) सडक आयोजनाका

0 comment
0 FacebookTwitterEmail

रुपन्देही लुम्बिनी प्रादेशिक अस्पतालमा ६ अर्ब १८ करोड ७५ लाखको लगानीमा नयाँ १० तले एक हजार दुई सय शय्याको आधुनिक अस्पताल भवन बन्ने भएको छ।

अस्पतालको संरचना निर्माणका लागि ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार एक सय ९९ रुपैयाँ २३ पैसा बराबरको लागत अनुमान गरिएको थियो । निर्माण कम्पनीले ६ अर्ब १८ करोड ७५ लाखमा निर्माण सुरु भएको पाँच वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरेको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन नभएको, कहिले ठेक्का प्रक्रिया नमिलेको त कहिले के भन्दै रोकिएको लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना अनुसारको पुराना संरचना हटाएर नयाँ बन्ने कार्य रोकिएको थियो।
यस क्षेत्रको एक सय १४

0 comment
0 FacebookTwitterEmail
सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य रहेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कोइला अभाव भएकाले उत्पादन हुन नसकेको उद्योग प्रशासनले जनाएको छ ।

सिमेन्ट उत्पादन नभएपछि प्राविधिक तथा प्रशासनिक कर्मचारी र श्रमिक कामविहीन भएका छन् । विगत चार आर्थिक वर्षदेखि निरन्तर घाटामा रहेको उक्त उद्योगबाट सिमेन्ट उत्पादन नहुँदा थप आर्थिक समस्या बढ्दै गएको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले बताउनुभयो । रकम अभावले कोइलासमेत खरिद गर्न समस्या भइरहेको उहाँको भनाइ थियो ।

रकम अभाव भएपछि अवकाशप्राप्त कर्मचारीले पाउने सेवा सुविधासहितको उपदान नपाएको गुनासो आइरहेको छ । उक्त उपदान नपाउने कर्मचारीको सङ्ख्या १५ रहेको उद्योग प्रशासनले जनाएको
0 comment
0 FacebookTwitterEmail

काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदामा सूचीकृत हुने अन्तिम चरणमा पुगेको छ। विशेष गरी पनौतीको वडा नं ७ (बजार क्षेत्र)लाई विश्व सम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्र सङ्घीय अङ्ग (युनेस्को)को मापदण्ड पूरा गर्ने कार्य अन्तिम चरणमा पुगेको नगरले जनाएको छ।

उक्त ऐतिहासिक क्षेत्र विश्व सम्पदामा सूचीकृत गर्न युनेस्कोद्वारा २५ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो। विश्व सम्पदामा सूचीकृत हुने तयारी अन्तर्गत सूचीकृत हुनुपूर्व आवश्यक सम्पूर्ण प्रक्रिया अन्तिम चरणमा पुगेको जनाइएको हो। युनेस्कोको मापदण्डका अधिकांश पूरा भइसकेकाले आवश्यक कागजात पुरातत्व विभाग हुँदै युनेस्कोमा पठाइने नगरप्रमुख रामशरण भण्डारीले बताउनुभयो। उहाँले भन्नुभयो, “नगरद्वारा व्यवस्थापकीय तयारी भइरहेको छ, करिब दुई महिनामा उक्त …

0 comment
0 FacebookTwitterEmail
बुटवलको पार्किङ समस्या व्यवस्थापनको लागि गठित कार्यदलले पार्किङ स्थानको खोजी तथा त्यसको व्यवस्थापनमा जुटेको छ ।

गठित कार्यदलको बुटवल उद्योग वाणिज्य सङ्घमा बसेको बैठकले पार्किङ स्थल निर्माण गर्न सम्भावित क्षेत्रहरूको पहिचान गरी त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा स्थलगत निरीक्षण गरेर एउटा निष्कर्षमा पुग्ने गरी तयारी गरिएको कार्यदलका सदस्य सचिव तथा बुटवल उद्योग वाणिज्य सङ्घका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनुभयो ।

बुटवलको पार्किङ समस्या समाधानको लागि बुटवल उद्योग वाणिज्य सङ्घको अग्रसरतामा बुटवल उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठको संयोजकत्वमा सर्वपक्षीय पार्किङ व्यवस्थापन कार्यदल गठन गरिएको थियो ।

सोही कार्यदलको बैठकले पार्किङ समस्या समाधानको लागि स्थानको पहिचान गरी ती
बुटवलमा पार्किङको समस्या: व्यवस्थापन गर्न स्थानको खोजी
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved