Home » वातावरण/जलवायु » Page 3
Category:

वातावरण/जलवायु

पर्यावरण संरक्षणमा हात्तीको महत्त्वपूर्ण भूमिकालाई मध्यनजर गर्दै हात्ती संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। चौधौँ अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा चितवनको सौराहामा आयोजित हात्ती वनभोज कार्यक्रममा सहभागीहरूले हात्ती संरक्षणबिना पर्यावरण संरक्षण असम्भव रहेको बताएका छन्।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले हात्तीविना वन र वन्यजन्तुको संरक्षणको कल्पना गर्न नसकिने उल्लेख गरे। “हात्ती बुद्धिमान् र संवेदनशील जनावर हो। यसको संरक्षण नगरी वन-जङ्गल र अन्य वन्यजन्तुको रक्षा सम्भव छैन,” उनले भने। हात्तीले वनको पारिस्थितिक प्रणालीमा सन्तुलन कायम राख्न महत्त्वपूर्ण योगदान पुर्‍याउने भन्दै उनले हात्ती संरक्षणमा सबैको सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रममा वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठले हात्ती संरक्षणमा …

0 comment
0 FacebookTwitterEmail

दक्षिणी युरोपमा तीव्र तातो लहर र त्यसले निम्त्याएको जङ्गल आगलागीका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ। तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्दा इटाली, फ्रान्स, स्पेन, पोर्चुगल र बाल्कन क्षेत्रमा  चेतावनी जारी गरिएको छ। यी क्षेत्रमा तापक्रमले स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याएको छ।

स्पेनको मौसम सेवाले सेभिल र कोर्डोभामा तापक्रम ४४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरेको छ। स्पेनको त्रस कान्तोसमा आगलागीमा परेर एक घोडसवार केन्द्रका कर्मचारीको मृत्यु भएको छ। त्यहाँ ७० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको हावाले आगो फैलाउँदा सयौँ मानिस घर छोड्न बाध्य भए। स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले उद्धार टोलीहरू आगो नियन्त्रणमा अथक प्रयास गरिरहेको बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा …

0 comment
0 FacebookTwitterEmail

बर्खायाममा नदीजन्य पदार्थ ठेक्कामा निकाल्न नपाइने प्रावधान छ । गत असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था विपरीत बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकी नदीमा दोहन भइरहेको छ ।

कालीगण्डकी नदीको बागलुङ र पर्वततर्फको दर्जनभन्दा बढी स्थानमा अवैध रूपमा बालुवा निकालिएको छ । स्थानीयको आँखा छल्न क्रसर व्यवसायीले नदीजन्य पदार्थको मध्यरातमा समेत दोहन गरिरहेका छन् ।

शनिबार राति ९ बजे सहस्रधारा क्षेत्रको भाटेखोला बगरमा कालीगण्डकीको दोहन भइरहेको थियो । एउटा स्काभेटरले कालीगण्डकीबाट बालुवा निकाल्दै थियो भने पाँच वटा टिपरले बालुवा बोकेर लैजाँदै थिए । बागलुङको भाटेखोला बगर मात्रै हैन एक दर्जन स्थानबाट अहिले नदीजन्य पदार्थको दोहन गरेर …

0 comment
0 FacebookTwitterEmail

लगातारको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोक मार्गअन्तर्गत जयराम–हलेसी सडक खण्ड अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा आज बिहान सडकभन्दा करिब १०० मिटरमाथिबाट पहिरो झर्दा जयराम–हलेसी सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि काठमाडौँ तथा तराई जाने/आउने यातायातका सवारीसाधन तथा यात्रुहरूबिच सडकमै अलपत्र परेका छन् । जयराम–हलेसी सडक अवरुद्ध हुँदा ‘बोलबम’का लागि हलेसी आउने तीर्थालुसमेत बिच सडकमै अलपत्र परेका छन् ।

करिब १०० मिटर जति सडक पुर्नेगरी झरेको पहिरो पन्छाउन समय लाग्ने भएपछि उताबाट आउने यातायातका साधन जयराममा तथा यता (दिक्तेल) बाट जानेलाई दुर्छिममा रोकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले

0 comment
0 FacebookTwitterEmail

जलवायु परिवर्तनको विज्ञान लामो समयदेखि स्थापित छ। अब कानुन पनि त्यसै गरी स्थापित भएको छ। गएको जुलाई २३ मा संयुक्त राष्ट्रसङ्घको न्यायिक शाखा, अन्तर्राष्ट्रिय न्यायालय (आइसिजे) ले पहिलो पटक जलवायु सङ्कटलाई समाधान गर्न वा यसको विनाशकारी परिणामहरूको क्षतिपूर्ति गर्न यसको मूल कारण “जीवाश्म इन्धनको जलन”लाई सम्बोधन नगरी सम्भव छैन भन्ने कुरा स्वीकार गरेको छ ।

सन् २०२३ मा दक्षिण प्रशान्त टापु राष्ट्र वानुआटु र अन्य जलवायु-जोखिममा रहेका देशहरूले प्रशान्त टापुका विद्यार्थीहरूको सहयोगमा अन्तर्राष्ट्रिय न्यायालयलाई विद्यमान अन्तर्राष्ट्रिय कानुनले सरकारहरूलाई जलवायु परिवर्तनबारे के गर्नुपर्छ र यदि तिनीहरूले कानुन पालना गर्न असफल भएर गम्भीर हानि पुर्‍याएमा कस्तो कानुनी परिणाम भोग्नुपर्छ भनी स्पष्ट गर्न …

0 comment
0 FacebookTwitterEmail

वर्षाका कारणले सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ ।

आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्यूसेक पानीको बहाव मापन गरिएको थियो ।

आज बिहान गरिएको मापनमा कोशी ब्यारेजर भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।

अहिले ५२ मूल र चार नहरको गरेर ५६ ढोकामध्ये २३ खुल्ला गरिएको उनले जानकारी दिए । कोशी ब्यारेज भएर एक लाख ५० हजार भन्दामाथि पानीको बहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको संकेत स्वरुप रातो बत्ती बाल्ने गरिएको छ ।

सोही अनुसार रातो बत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले …

0 comment
0 FacebookTwitterEmail

लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसानमा रोपो जाग्ने आशा पलाएको छ । यो साता सोमबारयता लगातार पानी परेपछि उनीहरूमा रोपो जाग्ने आश बढेको हो । पछिल्लो पटक गए राति जिल्लाका अधिकांश ठाउँमा पर्याप्त चिस्यान हुनेगरी पानी परेको छ । यस्तै गत बिहीबार र सोमबार पनि पानी परेको थियो ।

“अबचाहिँ रोपो मरोइन, रोपिएको खेतमा यसअघि परेको चिरा पुरिएका छन्, रोपो पनि फेरिएको छ”, भङ्गाहा–३ कटैयाका किसान विजय यादवले भने, “पछिल्ला तीन दिनको वर्षाले रोपोलाई निकै राहत मिल्यो ।” यसअघि इनार, बोरिङ्गर स्यालोट्युवबेलबाट पम्पसेट लगाएर रोपेको धान अब भने जाग्ने आश बढेको किसानले बताएका छन् ।

पछिल्ला तीन दिन परेको …

0 comment
0 FacebookTwitterEmail

पाटे बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले उक्त घोषणा गरेसँगै ‘विश्व बाघ दिवस’ मनाउन थालिएको हो ।

उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो । नेपालमा पनि दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले विभिन्न कार्यक्रम गर्दै आएको छ । सन् २०२२ मा गरिएको पछिल्लो राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको सङ्ख्या ३५५ पुगेको छ ।

नेपालमा बाघको संख्या लक्ष्यभन्दा धेरै वृद्धि भएसँगै यिनको व्यवस्थापन, मानव–बाघ द्वन्द्व, बास स्थानलगायत विविध चुनौतीसमेत देखिएका छन् । मध्यवर्ती क्षेत्रका स्थानीय घाँस दाउरा, निहुरो टिप्न

0 comment
0 FacebookTwitterEmail

आज बिहानैदेखि काठमाडौँलगायत विभिन्न क्षेत्रमा वर्षा भएको छ । केही ठाउँमा भारी वर्षा मापन भएको छ, भने धेरै ठाउँमा भारी वर्षाको नजिक(मध्यमा) वर्षा भएको छ । तर तराई क्षेत्रमा अझै वर्षा भएको छैन ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिट ढकालले हाल देशभर साधरणतया बदली रहेको जानकारी दिए । उनका अनुसार तराईका उत्तरी भूभागमा थोरै वर्षा भएको छ । दक्षिण क्षेत्रमा पनि हल्का पानी परेको तर पर्याप्त नभएको बताए। अहिलेको प्रणाली त्यति ठूलो नरहेको पनि उनले बताए।

पछिल्लो ६ घण्टामा धनकुटाको मछुवाघाटमा ४२, गोरखाको आरु घाटमा ४२.२, कास्कीको लाम्पाटनमा ४४.८, मुगुको गमगढी श्रीनगरमा ४०.८ मिलिमिटर वर्षा
0 comment
0 FacebookTwitterEmail

हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसबाट न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।
आइतबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईमा हावाहुरी चल्ने सम्भावना रहेको छ। राति कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानहरूमा …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved