विश्व सम्पदा सूचीमा रहेको काठमाडौं उपत्यकाका सातै सम्पदा स्थल अलि खुला केन्द्रको रूपमा रहेका छन्। सातमध्ये तीन मध्यकालीन ऐतिहासिक दरबार क्षेत्र भए पनि ती मन्दिर तथा कलाकृतिले भरिपूर्ण छन्। मानव बस्ती भित्रै रहेका यी सम्पदा स्थलमा एका बिहानैदेखि स्थानीय जनजीवनको चहलपहल सुरु हुन्छ र यो क्रम राति अबेरसम्म कायम रहन्छ। स्वदेशी तथा विदेशीहरूको घुमफिर तथा अध्येताहरूको अध्ययनले यी स्थलहरूको महत्ता दर्साउँछ। यी सम्पदा स्थलमा अनेक क्रियाकलाप भइरहेका हुन्छन् जसले सम्पदा क्षेत्रलाई जीवन्त राख्छन् तर कतिपय क्रियाकलाप अवाञ्छनीय हुन्छन्– तिनलाई रोक्नु अति आवश्यक छ।
पाटन दरबारक्षेत्रमा (२०७९ साल असार १४ गते मंगलबार) केही किशोरहरूको एउटा समूह पार्कर गर्न आए। दौडधुप गर्ने, …
