तारानाथ दाहाल
सञ्चार स्वतन्त्रता र नागरिक अधिकारविरुद्ध सुरुदेखि नै प्रहार गरेर केपी ओली सरकारले अधिनायकवादी रबैया देखाउन थालेको थियो । त्यही क्रममा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण र सञ्चालनलाई व्यवस्थित गर्ने अभिप्रायले ओली सरकारले २०७३ चैत ७ गते अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३ लागू गरेको थियो । २०७३ जेठ ३१ मा पनि तत्कालीन ओली सरकारले यस्तै प्रकृतिको अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका लागू गरेको थियो । तथापि उक्त निर्देशिकाले संविधानप्रदत्त आमसञ्चार तथा विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार उल्लङ्घन भएको भन्दै व्यापक विरोध खेप्नु परेकाले त्यतिबेला सरकारले सोको कार्यान्वयन रोकेको थियो तर पछि फेरि सोही प्रकृतिको निर्देशिका जारी गरियो …
