Home » विचार » Page 42
Category:

विचार

अहिले काठमाडौँ लगायत नेपालका मुख्य बजारमा जताततै प्राङ्गारिक (अर्गानिक) उत्पादनका विज्ञापन गरिएका पसल फैलिएका–फैलियै छन्। यी विज्ञापन तथा आकर्षक प्रचारप्रसार भित्र कति सत्यता लुकेको छ, खास कुरा के हो? के साच्चै तिनले प्राङ्गारिक (अर्गानिक) उत्पादन बेचिरहेका छन् ?

अहिले प्राङ्गारिक (अर्गानिक) व्यापार जुन हिसाबले अगाडि बढिरहेको छ, त्यो गम्भीर अनुसन्धानको विषय भएको छ। सरकारी निकायले यो सबै विषयको खोजिनिति शुरूवातबाट गर्नुपर्ने देखिन्छ किनकि यो विषय सिधै उपभोक्ता ऐनसँग सम्बन्धित छ।

अन्तर्राष्ट्रिय नियमन निकायहरूले बेला बेलामा गर्ने निरिक्षण आफ्नो ठाउँमा छ, त्यो भइरहेको पनि होला। नेपालमा भइरहेको यो विधि कति राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप भएको छ भन्ने विषयमा पनि सरकारको …

0 comment
0 FacebookTwitterEmail

सप्तरीको महदेवा गाउँमा जन्मेका सिके अर्थात चन्द्रकान्त राउतलाई उनका समर्थकहरूले नामको अगाडि डाक्टर नलगाएर सम्बोधन गरेमा नमिठो मान्ने गर्छन । कुनै समयमा मधेसलाई सार्वभौम र स्वतन्त्र राष्ट्र घोषणाको मागसहित आन्दोलन गरेका राउतले पछिल्लो समयमा प्रदेश २ को राजनीतिमा आफ्ना गतिबिधिले धेरैको ध्यान आफुतिर पार्न सफल छन् । अघिल्लो मधेश आन्दोलनको राप उत्कर्षमा रहेको बेला ‘सार्वभौम र स्वतन्त्र मधेश राष्ट्र’ सम्बन्धी उनको माग सबभन्दा बढी क्रान्तिकारी र ‘मधेश नारा’को सर्वाधिक नयाँ संस्करण थियो । राउतले आफ्नो पृथक्तावादी अभियान परित्याग गरेर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारसँग वार्ता गरेर मुलधारको राजनीतितिर आए ।यसलाई केपी शर्मा ओलीसमक्ष आत्मसमर्पण गरेको भनेर केही समर्थकले सिके …

0 comment
0 FacebookTwitterEmail

रणबहादुर शाहले विसं १८६० मा गोर्खाली छ थरी भारदार र मुख्यकाजी दामोदर पाँडेलाई मारेर भीमसेन थापालाई मुख्य काजी बनाए। भीमसेन थापा मुख्य काजी भएपछि २/३ वटा घटना भए। एउटाचाहिँ दरबारमा दाजुभाईको झगडा पर्‍यो। रणबहादुर शाह र  उनका मठ्या भाई शेरबहादुर शाह र विदुर शाहबीचमा झगडा पर्‍यो। रणबहादुरले शेरबहादुरलाई मृत्युदण्ड दिने घोषणा गरे। “मलाई मृत्युदण्ड दिने तिमीलाई नै म मृत्युदण्ड दिन्छु” भनेर सभामा नै शेरबहादुरले रणबहादुरलाई काटिदिए। रणबहादुर त्यतिबेला जोगी भइसकेका थिए तैपनि राजकाजमा दखल दिइनै रहन्थे। रणबहादुर काटिएपछि भीमसेन थापाले राजा मार्ने यीनै हुन भनेर ७७ जना पुरूष मारे, भेटेजति त्यही सभाहलमा मारे नभेटेकालाई घरबाट ल्याएर पनि मारे। १६ जना …

0 comment
0 FacebookTwitterEmail

सन् २०१४ यता भारतमा राज्य र संघीय स्तरको चुनाव र चुनावी अभियान कसरी सञ्चालन हुन्छन् भन्ने विषयमा सामाजिक सञ्जालको भूमिका केन्द्रीय बन्न पुगेको छ। फेसबुक, ट्वीटर र ह्वाट्सएप रणनीति राजनीतिक पार्टीहरूका लागि अत्यावश्यक बन्न पुगेको कुरा उक्त वर्ष सामाजिक सञ्जालमा राजनीतिक विज्ञापनका लागि ५ अर्ब भारतीय रूपैयाँ (करिब ६ करोड ६० लाख अमेरिकी डलर) खर्च हुनुबाट स्पष्ट हुन्छ। चुनावमा सामाजिक सञ्जालको प्रभावलाई धेरै अध्ययनहरूले औँल्याएका छन्। त्यस्तै किसिमको एक अध्ययनले सन् २०१९ को चुनावको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमा भएको राजनीतिक विज्ञापनले पहिलो पटक मत दिन गइरहेका युवाहरूमाथि विशेष प्रभाव पार्ने देखाएको थियो। सन् २०१४ र २०१९ को चुनावमा सफलता पाएको …

0 comment
0 FacebookTwitterEmail

 

पछिल्लो दशकमा सूचना प्रविधिको द्रूततर विकास र विस्तार भएसँगै अनलाईन/डिजिटलस्पेसमा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास निकै सहज भएको छ। यसले सार्वजनिक चासोका विषयमा हुने बहसलाई व्यापक जनस्तरसम्म फैलाउन मद्दत गरेको छ। नीति निर्माण तहमा नागरिक स्तरबाट हुने निगरानी र सुधारका लागि यस्ता बहसले योगदान दिने क्षमता राख्छन्।

एकातिर सूचना तथा सञ्चार प्रविधिमा आएको क्रान्तिका कारण नेपालमा इन्टरनेट मुख्य सञ्चारमाध्यमको रुपमा विकास भएको छ र  मानव अधिकारको अभ्यासमा सहजता आएको छ भने अर्कोतिर इन्टरनेट÷डिजिटल प्लेटफर्ममा हुने कतिपय अवाञ्छित क्रियाकलापले साइबर अपराध बढाएको भन्ने तर्क पनि उत्तिकै पेचिलो हुन थालेको छ। यस पृष्ठभूमिमा विद्युतीय कारोबार ऐन, २०६३ र केही विद्यमान …

0 comment
0 FacebookTwitterEmail

आधुनिक नेपालको इतिहासमा २००७ साल फागुन ७ गतेको विशेष महत्व छ। त्यो त्यही दिन हो जुन दिन यस देशमा १०४ वर्षसम्म निरंकुश तानाशाही चलाइरहेको राणा परिवारको अधिनायकवादी शासन सत्ताको सधैँका लागि अन्त्य भएको थियो। त्यसका साथै त्यसै दिन सदियौँदेखि वंशानुगत कुशासनको अँध्यारोमा रुमल्लिइरहेका नेपाली जनताले आफ्नालागि जनप्रतिनिधिमूलक शासन प्रणालीको स्थापना गर्न पहिलो राजनीतिक मार्गचित्र पनि कोरेका थिए। हुन त त्यो मार्गचित्रको घोषणा त्यतिबेला गद्दीनशीन रहेका निरंकुश राजा त्रिभुवनबाटै गरिएको थियो तर त्यसमा एक व्यक्ति वा परिवारको महत्वाकांक्षाको सट्टा व्यापक जन-भावनाको प्रतिविम्बन भएको थियो।  राजाले त्यस दिन जारी गरेको शाही फरमानमा “हाम्रा प्रजाको शासन अब उप्रान्त निजहरूले निर्वाचन गरेको एक वैधानिक …

0 comment
0 FacebookTwitterEmail

२००७ सालमा राजा त्रिभुवन दिल्ली गइसकेपछि राणा सरकारको प्रतिनिधिमण्डल पनि दिल्ली पुग्यो,  सौदाबाजीका लागि। नयाँदिल्लीका शासक, राणा र राजा त्रिभुवनका बीचमा कस्ता खालका चलखेल भए?

नेपालमा क्रान्ति सुरु भएपछि

सन् १९५० नोभेम्बर २६ मा राणा सरकारको प्रतिनिधिमण्डलले भारत पुगेदेखि नै भारतका प्रधानमन्त्री, गृहमन्त्री र विशेषत् सर गिरिजाशंकर बाजपेयीलाई पटक पटक भेटिसकेको थियो। यी भेटमा भारतले दिदै आएको सुझावअनुरुप नै नेपाली पक्षले राजनैतिक सुधार गर्ने, जनप्रतिनिधिहरूलाई सरकारमा सरिक गराउने कुरा स्वीकार गरी तुरुन्त लागु गर्ने कुरा व्यक्त गरेको थियो। तर राजा ज्ञानेन्द्रको सट्टा राजा त्रिभुवनलाई राजा मान्ने कुरालाई भने स्वीकार गरेका थिएनन्। त्यसैले भारत सरकार मुख्यत जवारलाल नेले कुनै प्रतिक्रिया जनाएका …

0 comment
0 FacebookTwitterEmail

के नेपालमा लोकतन्त्र छ? छ भने सबल छ कि संकटमा छ? यो लोकतन्त्र भन्ने प्रणालीको परिभाषा र व्यवहारमा यति ठूलो अन्तर किन देखिंदैछ?

सत्र सालमा राजा महेन्द्रकृत प्रजातन्त्रको चीरहरण नदेखेको, तर छयालीस सालको आन्दोलनमा सहभागी युवापुस्ता यतिबेलाको गणतन्त्र कालमा अधवैंशको ओराली हिंड्दै छ।

तीन दशक भन्दा बढी लामो राजनीतिक उथलपुथल, दुई वटा आन्दोलन र युगान्तकारी परिवर्तनको साक्षी यो पुस्ता नेपाली लोकतन्त्रको विद्रूप तस्वीर देखेर आक्रोशित छ भने यो आक्रोश अस्वाभाविक छैन।

संबिधानको चिसो अक्षरमा जेसुकै लेखिएको होस्, व्यवहारत: मुलुकमा लोकतन्त्र छैन। यदि छ भने पनि त्यो खतरामा छ। तर यो खतरा पुराना दरवारिया शक्ति, सामन्त वा सैनिक जनरलहरूबाट छैन। लोकतन्त्र, …

0 comment
0 FacebookTwitterEmail

अहिले राजनीतिमा महिला उपस्थिति कमजोर छैनअब बेला महिलाले आफ्नो क्षमता देखाउने र आफ्नो नेतृत्वमा दम छ भनेर प्रमाणित गर्ने हो।

महिला सशक्तिकरणको नारा जति लोकप्रिय छ; त्यो भन्दा चुनौतिपूर्ण छ महिलालाई सशक्त वनाउने काम। गएको स्थानीय तहको निर्वाचनमा १८ प्रमुख र ७०० उप-प्रमुख पदमा महिला निर्वाचित भएका थिए। हाम्रो अपेक्षा त अब हुने निर्वाचनसम्म यिनै उपमेयरमा निर्वाचित महिला अनुहारहरू नेतृत्वमा पुग्नेछन् भन्ने हो।अनुभवि भइसकेकाले नेतृत्वमा पुगेर ती महिलाले सक्षम रूपमा स्थानीय सरकार हाँकेर आमुल परिवर्तन गर्नेछन् भन्ने चाहना राख्नु नाजायज होइन।यो एउटा अवसर पनि हो। महिलाको विषयमा भाषणमा सशक्तीकरणको नारा दिन नथाक्ने प्रमुख राष्ट्रिय पार्टीका नेतृत्वले अहिले यो …

0 comment
0 FacebookTwitterEmail

ईतिहास प्रायः दोहोरिदैन्। तर नेपालमा ईतिहास दोहोरिराख्छ। २०५२ साल पुनः आएको छ। त्यस वर्ष नेपालमा माओवादीको उदय भएको थियो। देशमा प्रजातान्त्रिक व्यवस्था थियो। आफूलाई लागेको कुरा भत्र पाउँ थे। निर्वाचनको व्यवस्था थियो। कसैले त्यसमा भाग लिन पाउँ थे। वाक् स्वतन्त्रता प्रचलित थियो। दलीय व्यवस्था आएको थियो। दल खोल्न पनि सबैले पाएका थिए। तर निस्कियो माओवादी। हतियार सहित। मान्छे मर्न थाले। मार्न थाले। आखिर १७,००० मानिस मारिए। किन मारिए भने माओवादीले त्यस बेलाको प्रजातान्त्रिक पद्धतिमा परिवर्तन चाहन्थे। राष्ट्रहित विपरित भएका सबै सन्धि सम्झौताहरू खारेज गर्न चाहन्थे। १० वर्ष सम्म सो गृहयुद्ध चल्यो। तर हाथ लाग्यो शुन्य।

प्रजातन्त्र भएको मुलुकमा हथियार लिएर …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved