Home » विपद् » Page 4
Category:

विपद्

चुरे क्षेत्रमा अब चिउरीका बिरूवा रोप्नका लागि यतिबेला सरकार दाताको पर्खाइमा छ । चुरेको माटोलाई भूक्षय हुनबाट जोगाएर चुरेबाट आर्थिक सुधारका लागि चिउरीका बिरूवा रोप्ने योजनामा रहेको सरकारले आन्तरिक स्रोतले नपुग्ने भएपछि आवश्यक पर्ने लागत जुटाउन दाता पर्खिएको हो ।

चुरेको संरक्षण तथा व्यवस्थापनको मुख्य अख्तियारी पाएको राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले अब चुरे जोगाउन र त्यसबाट आर्थिक उपार्जन गर्न विभिन्न बिरूवा रोप्ने योजना बनाएको छ । समितिले उक्त योजनाको प्रथामिकतामा चिउरी, बाँस, विभिन्न जातका फलफूलका बिरूवा रोप्ने योजना रहेको बताएको छ ।

तर चुरे क्षेत्रको संरक्षण तथा अर्थतन्त्र सुधारका लागि बाँसका बिरूवा रोप्ने योजनासहित प्रस्ताव गरिएका दातृ संस्था …

0 comment
0 FacebookTwitterEmail

शुक्लाफाँटा नगरपालिका चुरेफेदीको बस्तीमा विपद्जन्य गतिविधि बढ्दै जान थालेकामा बेलडाँडीका चन्द्रबहादुर चौधरी निकै चिन्तित छन् ।

बर्सेनि वर्षात्का बेला चुरे क्षेत्रमा निरन्तर जाने पहिरोबाट खोलामा बालुवा, गेग्रान, ढुङ्गालगायत भरिएर चौधरीको घरसम्म बाढीको पानी पुग्ने गरेको छ । खोला र जमिनको सतह बराबर भएपछि खोलाको पानी घरसम्म पुग्न थालेको उहाँ बताउनुहुन्छ ।

दुई वर्षदेखि बेलडाँडीमा वनहरा नदी र अनौखी खोलाको बाढी पस्न थालेको हो । “यस वर्ष भदौको अन्तिम साता बाढीको पानी गाउँमा पस्दा डुबान र पटानका कारण बालीनालीमा मात्र क्षति भयो, समयमै जानकारी पाइएपछि मानवीय क्षति हुन पाएन”, चौधरीले भन्नुभयो, “गत वर्ष चुरेमा वर्षा हुँदा राति १ः०० बजेको समयमा बाढी …

0 comment
0 FacebookTwitterEmail

बेथानचोक गाउँपालिका–३ पानटेखोलाका फडिन्द्रप्रसाद तिमल्सिनाले गत असोज दोस्रो साता घर बगाएपछि छिमेकीको शरणमा बसेको अढाई महिना भइसक्यो । घरमा भएको १० मुरी मकै, १० मुरी तोरी र रु ३२ हजार नगदसहित एकतले पक्की घर बाढीले बगाएपछि आफूसहित पाँच जनाको परिवारसहित छमेकीको घरमा बस्दै आउनुभएको हो । “छिमेकीको घरमा दुई परिवार बस्न निकै कठिनाई छ, छाप्रो हालेर बसौँ जाडो बढेकोबढ्यै छ, घर बनाउन सक्ने क्षमता छैन, बनाउन पनि कहाँ बनाउने घर बगाएको स्थानमा बनाउनहुन्छ कि, हुन्न कसैले हेरिदिएका छैनन्” तिमल्सिनाले भन्नुभयो ।

 

तिमल्सिनाले जाडोकै कारण पाल हालेर घर बगेकै ठाउँमा बस्न नसकिएकाले एक दुई महिना शरणमै बस्नुपर्ने बाध्यता रहेको सुनाउनुभयो …

0 comment
0 FacebookTwitterEmail

बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत मङ्सिर ६ गते बिहान कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दु बनाएर चार दशमवल दुई रेक्टरस्केलको भूकम्प गएको थियो ।

पछिल्लो समय नेपालमा भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ ।

नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पको जोखिमपूर्ण क्षेत्रका रूपमा लिने गरिन्छ ।

0 comment
0 FacebookTwitterEmail

बाढीपहिरोले बगाएको सडक र गोरेटो बाटो मर्मत नहुँदा जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका बासिन्दाले १८ महिनादेखि समस्या झेल्दै आएका छन् । यहाँका १० वटा बस्तीबाट बिरामीलाई ‘स्टेचर’मा स्वास्थ्य संस्था पुर्याउने बाटो पनि छैन ।

यहाँका मेवा खोलासहित उक्त खोलामा जोडिने मुरुङ्गा, देवीखोला र लम्बाखोलामा आएको बाढी तथा सयौँ स्थानमा खसेको पहिरोका कारण भौतिक संरचना क्षतिग्रस्त हुँदा गोरेटो बाटोसमेत अवरुद्ध छ । बाटो नहुँदा च्याङथापूका समरजुङ, मङ्गरडाँडा, खोलाघारी, मास्लोगाउँ, एकराते, चोक, फेदी, ढाँडगाउँ, याकलिङ र काङदाङका बासिन्दाले बिरामीलाई स्टेचरमा बोकेर सडकसम्म पुर्याउन कठिन भएको याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईले बताउनुभयो ।

जिल्लाको उत्तरी च्याङथापू बजारबाट पर्यटकीय क्षेत्र लामपोखरी जोड्ने सडकले यी …

0 comment
0 FacebookTwitterEmail

पूर्वी इन्डोनेसियामा एक ज्वालामुखी विस्फोट हुँदा कम्तिमा दश जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन् । अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ ।

फ्लोरेसको लोकप्रिय पर्यटक टापुमा अवस्थित माउन्ट लेवोटोबी लाकी–लाकीमा एक हजार ७०३ मिटरको दुइटा ज्वालामुखी विस्फोट हुँदा प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् ।

ज्वालामुखीले जलिरहेको चट्टान घरहरूमा फ्याक्न थालेपछि प्रभावित षेत्रका बासिन्दाहरूले आफुहरू भयभीत भएको बताएका छन् ।

इन्डोनेसियाको विपद् न्यूनीकरण एजेन्सी (बिएनपिबी) का प्रवक्ता अब्दुल मुहारीले पत्रकार सम्मेलनमा मृतकको सङ्ख्या पुष्टि गर्दै ज्वालामुखी विस्फोटबाट दश हजार २९५ जना प्रभावित भएको बताउनुभएको छ । उहाँका अनुसार विस्थापितको सङ्ख्या अझै गणना भइरहेको …

0 comment
0 FacebookTwitterEmail

अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा रु ३४ करोडभन्दा बढीको धान बालीमा क्षति पुगेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार रु ३४ करोड ४५ लाख ८५ हजार मूल्य बराबरको अन्न बालीमा क्षति पुगेको हो ।

वर्षाका कारण सबैभन्दा बढी धान बालीमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा यस वर्ष दुई लाख ७५ हजार दुई सय ६७ दशमलव ९८ हेक्टर जमिनमा धान रोपाइ भएकोे थियो, जसमध्ये पाँच हजार सात सय २२ दशमलव ७८ हेक्टर जमिनमा रु १७ करोड ६१ लाख ७५ हजार मूल्य बराबरको क्षति पुगेको खाद्य सुरक्षा तथा अनुगमन महाशाखा कोशी …

0 comment
0 FacebookTwitterEmail

धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन् ।

सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या भएको छ । प्रतिकुल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास सफल नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो ।

“हेलिकप्टर अवतरण गर्न र व्यक्ति हिँडेर पुग्न नसकिने ठाउँमा पाँच जनाको शव भेटिएको थियो,” उहाँले भन्नुभयो “मौसमको खराबी र प्रतिकुल भूगोलका कारण शव सङ्कलन गरेर घट्नास्थलबाट ल्याउने प्रयास सफल भएको छैन् ।”

बुधबार, बिहिबार र शुक्रबार शव ल्याउन गएको हेलिकप्टर रित्तै …

0 comment
0 FacebookTwitterEmail

गत साउन ३२ गते शुक्रबार बिहानदेखि खुम्बु क्षेत्रमा पानी परिरहेको थियो । हिमाली भेग तुवाँलाले ढाक्नाका साथै बर्सात भइरहेको बेला हुस्सु पनि लागेको हुन्छ । तीन हजार आठ सय मिटर उचाइमा पर्ने थामेमा करिब ६५ परिवारको बसोबास गर्दै आएका छन् ।

थामे क्षेत्र सुन्दर र मनोरम उपत्यकाका र पर्यटकीय स्थलका रुपमा परिचित छ । गत साउन ३२ गते गाउँको माथिबाट ठूलो आवाज गर्दै लेदोसहितको बाढीपहिरो आयो । उच्च समस्थली भूभाग, थामेमा कृषि उत्पादन हुने गह्रामा बाढीपहिरोसँगै आएका ठूलाठूला ढुङ्गाहरु बसेका खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पाछिरि शेर्पाले बताए ।

“संयोग भन्नुपर्छ दिउँसोको समयमा घटना भयो । अफसिजन भएकाले पनि पर्यटक थिएनन्

0 comment
0 FacebookTwitterEmail

दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा गएको पहिरोमा परी मृत्यु हुनेहरूको सङ्ख्या आठ पुगेको छ भने दुई जना अझै बेपत्ता छन् ।

यही भदौ ९ गते (आइतबार) बिहान गएको पहिरोमा परी चार घर बगाउँदा हराइरहेका १० मध्ये मङ्गलबारसम्म आठजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रदीपकुमार सिंहले जानकारी दिए ।

उनले मङ्गलबार एक महिलाको बायाँ गोडाको पैतालाको भागमात्र भेटिएपछि हराइरहेका आफन्तसँग अनुसन्धान गर्दा नङ पालिस लगाएको बाङ्गो औलाका आधारमा आफ्नी हराइरहेकी श्रीमती बिन्दा पहरीको भएको उनका श्रीमान् कुमार पहरीले स्वीकार गरेपछि सनाखत गरी परिवारको जिम्मा लगाइएको बताए ।

गत शनिबार राति परेको अविरल वर्षाका कारण सो गाउँपालिकाको वडा नं ३ …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved