संकटग्रस्त देशहरूमा विद्यालय जाने उमेरका २२ करोड २० लाख बालबालिकाको शैक्षिक सहायता आवश्यक रहेको संयुक्त राष्ट्र संघको एउटा नयाँ प्रतिवेदनले जनाएको छ। यो संख्या सन् २०१६ मा ७ करोड ५० लाख थियो।
तीमध्ये, ७ करोड ८२ लाख बालबालिका त दीर्घकालीन द्वन्द्व र आपतकालीन कारण विद्यालय जानबाट वञ्चित रहेको संयुक्त राष्ट्र संघले जुन २१, २०२२ मा प्रकाशित आफ्नो प्रतिवेदनमा भनेको छ।
ग्लोबल इस्टिमेटः नम्बर अफ क्राइसिस अफेक्टेड चिल्ड्रेन एण्ड एडोलसेन्ट इन नीड अफ एजुकेसन सपोर्ट ( शैक्षिक सहायताको आवश्यकता रहेका संकटग्रस्त बालबालिका र किशोरकिशोरीसम्बन्धी विश्वव्यापी अनुमान ) शीर्षकको विश्लेषण अनुसार विद्यालय जानबाट वञ्चित बालबालिकामा लगभग ५४ प्रतिशत बालिका छन्, १७ प्रतिशत …
