Home » समाज » Page 26
Category:

समाज

नेपालको वर्तमान संविधानअनुसार हरेक ५ वर्षमा स्थानीय तह निर्वाचन हुने प्रावधान बमोजिम २०७४ सालपछि दोस्रो पटक २०७९ वैशाख ३० गते स्थानीय तहका ७५३ वटै तहमा निर्वाचन सम्पन्न भसकेको छ। स्थानीय तहको विकासको लागि पाँच वर्षको योजनासहित धेरै जनप्रतिनिधिहरू निर्वाचित भएका छन्। यो लेख तयार पार्ने वेलासम्म लगभग ७ सय ३० वटा स्थानीय तहको मत परिणाम पनि सार्वजनिक भइसकेको छ।

विगतदेखि राज्यका हरेक तहमा महिलाको सहभागिता र समावेशिताको विषय उठिरहेको छ। स्थानीय तहमा पनि हरेक नीति निर्माणमा र विकासमा महिलालाई समावेशीको आधारमा सहभागिता गराइएको छ। के साँच्चै महिलाको सशक्तिकरणका लागि २०७९ साल वैशाख ३० गतेको स्थानीय तह निर्वाचनले भूमिका खेलेको पाइयो …

स्थानीय तह निर्वाचन २०७९: अझै हावी छ– लैंगिक विभेद र पुरुषवादी सोच
0 comment
0 FacebookTwitterEmail

पोखरा घर हुनुभएको एक महिलाले इन्स्टाग्रामबाट हालैमा आफू ठगिएको महसुस गर्नुभयो। पहिचान नखुलाउने सर्तमा उहाँले आफूलाई इन्स्टाग्राम भेटिएको एउटा आइडीबाट २ लाख ८० हजार रुपैयाँ ठगिएको बताउनुभयो। उहाँले प्रहरीमा निवेदन पनि दिइसक्नुभएको छ र यस विषयमा प्रहरीको अनुसन्धान जारी छ।

यसअघि पोखरासहित देशका विभिन्न ठाउँमा इन्टरनेट सामाजिक सञ्जालको प्रयोग गरि ठगिएका घटनाहरू बाहिर आएका थिए। विशेषत विदेशी मूलका, केही भारतीय र केही नेपालीले नै सामाजिक सञ्जाल फेसबुक, इमो, ह्वाट्स एप, जिमेल, इन्स्टाग्रामको प्रयोग गरि लटरी अर्थात् चिठ्ठा परेको छ, पुरस्कार, उपहार पाएको छ भन्ने सन्देश टेक्स्टका साथै अडियोका माध्यममा पठाउने गर्दछन्। त्यसलाई नै …

पुराना पैसा बेच्न खोज्दा इन्स्टाग्राममार्फत ठगिएँ
0 comment
0 FacebookTwitterEmail

समाजमा देखिने प्रवृत्ति र व्यवहार नै समाजले गर्ने संवादहरू हुन् । यसैबाट बालबालिकाले सिक्छन् । त्यसैले बालबालिका सुधारगृह पुग्नुभन्दा अघि उसँग संवाद गरिरहेको समाजलाई सुधार्नु जरुरी छ ।

पोखरा सराङकोटस्थित बालसुधारगृहमा (बाल कारागार) पुग्दा बालबिजाइँको मुद्दामा कैद भुक्तान गरिरहेका बालकहरू कोही क्यारोमबोर्ड खेल्दै, कोही टिभी हेर्दै, कोही कक्षामा पढ्दै त कोही बरण्डाबाटै देखिने फेवातालतिर आँखा डुलाइरहेको भेटिए।
सुधारगृहमा रहेका ९९ जना बालकहरू जबरजस्ती करणी, कर्तव्य ज्यान, लागु औषध, डाँका, चोरी, सवारी ज्यानलगायतका मुद्दामा कैद सजाय भोग्दैछन्।
१८ वर्षभन्दा मुनिका बालबालिका जोे बालबिजाइँमा संलग्न भए उनीहरूको बानी बेहोरामा सुधार ल्याउन, उनीहरूको शिक्षालाई निरन्तरता दिन, स्वास्थ्यमा ख्याल राख्न र वयस्कको कारागारभन्दा …

परिवारको बेवास्ता र इन्टरनेटको दुरूपयोगले अपराधतर्फ उन्मुख बालबालिका
0 comment
0 FacebookTwitterEmail

सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेसँगै पहिले राजपत्रमा सूचना प्रकाशन गरी दिँदै आएको चाडपर्व बिदासमेत जोड्दा सरकारी कार्यालय वर्षभरिमा १२८ दिन बन्द हुनेछन् । यसमा कर्मचारीले पाउने अन्य बिदा जोड्दा वर्षमा एक कर्मचारी करिब १८२ दिन कार्यालयमा अनुपस्थित  रहनेछन्।

-0-0-0-

सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरेसँगै यो वर्ष कर्मचारीले साविकको भन्दा थप ५२ दिन बढी बिदा पाउने भएका छन् । सरकारी कर्मचारीले अन्य क्षेत्रका कर्मचारी भन्दा बढी नै बिदा लिएका कारण सेवा प्रवाह प्रभावकारी नभएको गुनासो उठिरहेका वेला थपिएको बिदाले सार्वजनिक सेवा प्रवाहमा समस्या पर्ने प्रशासनविद्को तर्क छ । सरकारले भने सातामा दुई …

वर्षमा १८२ दिन बिदाः कर्मचारीलाई मोज, सेवाग्राहीलाई बोझ
0 comment
0 FacebookTwitterEmail

बैठकको निर्णय बमोजिम नै यार्सागुम्बा संकलन गर्न पाउने भएपछि मनाङवासीलाई चटारो छ। जडीबुटी संकलन मनाङवासीको मुख्य आयस्रोत मानिन्छ। यार्सा सङ्कलनका लागि जिल्लावासी मात्रै नभएर बाहिरी जिल्लाबाट पनि आउने गर्दछन्।

0-0-0

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत मनाङमा मतदान र मतगणना कार्य सकिएको छ। स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन् तर मनाङवासीलाई भने निर्वाचनका साथै औषधीजन्य जडिबुडी संकलनको चटारो छ। उनीहरू मतदान सकिएसँगै औषधीजन्य जडिबुटी संकलनका लागि खर्क पुगेका छन्।

स्थानीय तह निर्वाचनका लागि आफ्नो क्षेत्रमा पुगेका मनाङवासी मतदान गरी सकेपछि खर्क पुगेर यार्सागुम्बा संकलन गर्न व्यस्त भएका छन्। मतदान सकिएपछि उनीहरू वैशाख ३१ गते खर्कतर्फ लागेका हुन्। मनाङवासीको आयस्रोत जङ्गली औषधीजन्य …

मतदान सकेर यार्सागुम्बा टिप्न खर्कतर्फ फर्किए मनाङवासी
0 comment
0 FacebookTwitterEmail

आज २५६५ औं बुद्ध जयन्ती। विश्वभरिका बौद्धजनका लागि उनले दिएका शिक्षा प्रति कृतज्ञता व्यक्त गर्ने दिन। उनले दिएको शिक्षाबाट आफूलाई पुनर्ताजगी गर्ने दिन। नेपालमा पनि आज वैशाख शुक्ल पूर्णिमाका दिन अर्थात् जेठ २ गते (१६ मे २०२२) का दिन मनाइँदैछ।

जन्म, बुद्धत्व र महापरिनिर्वाण
भगवान बुद्धको जन्म कपिलवस्तु राज्यको राजपरिवारमा राजा शुद्धोधन महाराज र राजमाता मायादेवीको कोखबाट भएको थियो। उनको जन्म भने कपिलवस्तुबाट मावली देवदह जाने क्रममा लुम्बिनी उद्यानमा भएको भनेर विभिन्न प्राचीन ग्रन्थहरूमा उल्लेख गरेको पाइन्छ। अहिलेको विश्वमानचित्रमा कपिलवस्तुको राजप्रासाद तथा लुम्बिनी उद्यान दुबै नेपालभित्र पर्दछन्।

जुन दिनलाई बुद्धजयन्ती भनेर मनाइन्छ त्यो बुद्धको जीवनको तीन प्रमुख घटनासँग सम्बन्धित …

विश्वमा कसरी मनाइन्छ बुद्ध जयन्ती ?
0 comment
0 FacebookTwitterEmail

आज २५६६ बुद्ध जयन्ती। बौद्ध धर्माबलम्बीहरूको लागि आजको दिन विशेष हो। नेपालको २०६८ को जनगणना अनुसार नेपालमा जम्मा ९ प्रतिशत मात्रै बौद्ध धर्मावलम्बी छन्। तर यसलाई बौद्ध धर्मावलम्बीहरूले ‘मित्थ्यांक’ भन्दै बुद्ध धर्म मान्नेहरू अझै धेरै सङ्ख्यामा रहेको दाबी गर्छन्। बुद्ध धर्मावलम्बीका साथै पोखराको पर्यटनका लागि एक विशेष महत्व बोकेको ठाउँ हो पोखरा महानगरपालिका वडा नं २२ अनदु डाँडामा रहेको विश्व शान्ति स्तूप। दैनिकी १ हजार देखि १५ सय सम्म पर्यटकहरू अवलोकनका लागि विश्व शान्ति स्तूप पुग्छन्। आजको विश्व शान्ति स्तूप बनाउनका लागि १८ वर्षसम्म यहाँका बौद्ध धर्मावलम्बीहरूले संघर्ष गर्नुपर्‍यो र अझै पनि विश्व शान्ति स्तूपलाई संरक्षण गरिरहन संघर्ष गरिरहेका छन्। …

एक पटक भत्काएर फेरि बनाइएको शान्ति स्तूपको १८ वर्षे संघर्ष गाथा
0 comment
0 FacebookTwitterEmail

बाँस काटिनु, त्यसमा पनि झ्याङहरूबाट ढलापडा, सुखडखडा बाँस हटाउनु कुनै समाचार होइन्। तर धरानको बुढासुब्बा मन्दिर परिसरको टुप्पो बिनाको बाँस काट्नु उँभौली पर्व नै पर्खनु पर्दछ। कहिल्यै नकाटिने घारीहरूबाट सुकेका, ढलेका बाँस हटाउने काम पनि वर्षमा एक पटक मात्र हुने गर्छ। काटिएका बाँसका टुक्राहरू प्रसादको रुपमा बाँडिने भएकाले बुढासुब्बाको बाँस काटिनु पर्वको तयारीको संकेत बन्दै आएको छ।

सत्रौँ पुस्ताका वर्तमान पुजारी उत्तम आले मगर भन्नुहुन्छ ‘भक्तजनहरू बाँसका टुक्रा घरमा राख्दा अनिष्टबाट रक्षा हुने विश्वास गर्दछन्, उहाँहरूलाई उँभौलीका दिन हुने विशेष पूजापछि हामी प्रसादका रुपमा बाँसका हाँगाहरू वितरण गर्दछौँ।’ वडा १४ विजयपुरको वडाध्यक्षका एमाले उम्मेदवार पनि रहेका पुजारी आले आइतबार मतगणनाको …

उँभौलीः बुढासुब्बाको टुप्पो बिनाका बाँस काटिँदै
0 comment
0 FacebookTwitterEmail

यी घोडचढी सालिकहरू नेपाली सम्पदा र इतिहासको खास कालखण्डका बिम्ब हुन्। यस्ता सम्पदाले युरोपेली मूर्तिकलाको अध्ययन र अध्यापनको बारेमा जानकारी दिने मात्र होइन, भावी पुस्तालाई इतिहास बुझाउन समेत मदत गर्छ तर तिनको उचित संरक्षण भने हुन सकेको छैन।

राणाकालमा विश्वभर कहलिएको एशियाकै विशाल परेड मैदान काठमाडौको टुँडिखेल। अहिले यो टुँडिखेल उहिलेको जस्तो रहेन। शताब्दी पुरुष सत्यमोहन जोशीका अनुसार टुँडिखेल २०१७ सालसम्म निकै विशाल थियो। अहिलेको जस्तो टुक्राटुक्रामा बाँडिएको थिएन।

रानीपोखरीको दक्षिणी रत्नपार्कदेखि हाल नेपाली सेनाको मुख्यालय रहेको स्थानसम्म यो मैदान फैलिएको थियो। अहिलेको दशरथ रङ्गशालालाई सानो टुँडिखेल मानिन्थ्यो। विशाल टुँडिखेलको बीचमा ऐतिहासिक खरीको बोट थियो। यो त्यही रुख थियो– जहाँबाट …

हेलचेक्रयाइँको सिकार घोडचढी सालिक
0 comment
0 FacebookTwitterEmail

नयाँ दिल्ली: एक तिहाइभन्दा कम ( ३२ प्रतिशत ) विवाहित महिला बाहिर काम गर्छन्, र ४४ प्रतिशत महिलालाई बजारमा एक्लै जान पनि दिइँदैन – भारतको राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षण ५ ( नेशनल फेमिलि हेल्थ सर्वे- एनएफएचएस -५ ) को यी निष्कर्षले महिला सशक्तिकरणको मामिलामा त्यति राम्रो तस्बिर प्रस्तुत गर्दैन। तर, भारतमा ८२ प्रतिशत महिलाले आफ्नो पतिसँग यौनसम्पर्क गर्न अस्वीकार गर्ने सक्ने भएको उक्त अध्ययनको  निष्कर्षले देखाएको छ ।

भारतका केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मण्डावियाद्वारा गत साता जारी गरेको प्रतिवेदनमा पाँचमध्ये चार जनाभन्दा बढी महिला ( ८२ प्रतिशत )ले आफूले पतिसँग यौन सम्पर्क गर्न नचाहेको खण्डमा अस्वीकार गर्न सक्ने उल्लेख गरेका …

भारतका ८२% महिला श्रीमानलाई यौन सम्पर्क गर्न अस्वीकार गर्न सक्षम: सर्वेक्षण
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved