Home » समाज » Page 3
Category:

समाज

खानेपानीको चरम अभाव झेलिरहेको बस्ती झ्याल्टुङ डाँडामा खानेपानी पुगेपछि बसाइँ सर्ने क्रम रोकिएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–१० झ्याल्टुङ डाँडामा खानेपानीको समस्या भएपछि केही वर्षदेखि गाउँ छाड्ने क्रम बढ्दै गएकामा अहिले उक्त क्रम रोकिएको झ्याल्टुङडाँडा ,चिसोपानी, पोखरी ताल खानेपानी सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हेमबहादुर थापाले बताए ।

“गाउँ छाडेर जाने गइसके, खानेपानी सफल नभएको भए म पनि हिँड्थे, पानी आयो छाडेर जान पनि मन लाएको छैन । जग्गा छ, बस्तु पाल्न मिलेको छ , यही बस्ने हो  अब” हेमबहादुरले भने । विसं २०७६ मा सुरु भएको लिफ्टिङ खानेपानी योजना अहिले  आएर पूर्ण भएको संस्थाका अध्यक्ष थापाले …

0 comment
0 FacebookTwitterEmail

भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ मझौलेका स्थानीयको सामान्य स्वास्थ्य सेवा लिन घण्टौँ हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ। गाउँमा नै आधारभूत सामुदायिक स्वास्थ्य सेवा सञ्चालनमा आएपछि स्थानीयको समस्या हटेको हो।

नागरिकलाई सहज सेवा प्रदान गर्न तत्कालीन साबिक खावा गाउँ विकास समितिका–९, ८ र ७ का स्थानीयलाई लक्षित गरेर सामुदायिक स्वास्थ्य सेवामार्फत सेवा प्रवाह भइरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन्। नागरिकले पाएको सास्तीलाई समाधान गर्न आफूले जनप्रतिनिधि बन्दै गर्दा गरेको वाचा अनुसार नै स्वास्थ्य इकाई स्थापना गरेर  सेवा प्रवाह गरेको उनको भनाई छ।

“यहाँका नागरिक स्वास्थ्य सेवा लिन निकै समस्या थियो” उपाध्यक्ष राईले भनिन्, “सामान्य स्वास्थ्य सेवा लिन पनि तीनदेखि चार घण्टा हिँड्नुपर्ने …

0 comment
0 FacebookTwitterEmail

पछिल्ला केही महिनामा बर्दियामा चितुवाको आक्रमण बढ्दै गएको छ । फागुन र चैत महिनाका घटना हेर्दा विशेषगरी बालबालिका चितुवाको निसानामा पर्ने गरेका छन् । यस अवधिमा तीनजना बालक चितुवाको आक्रमणमा परेका छन् ।

डेढ महिनामा चितुवाको आक्रणबाट एक बालकको मृत्यु भएको छभने दुई बालक गम्भीर घाइते भएका डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामकुमारी चौधरीले जानकारी दिनुभयो । विसं २०८१ फागुन ३ गते साँझ करिब ८ बजे मधुवननगरपालिका–९ धर्मबस्तीमा दुई वर्षीय बालक रिहान चलाउने चितुवाको सिकार भए । ती बालक सानीआमाका घरमा पाहुना आएका थिए ।

यस्तै, यही चैत ९ गते मधुवन नगरपालिका–४ स्थित सरस्वती सामुदायिक वनबाट आएको चितुवाले माया …

0 comment
0 FacebookTwitterEmail

धुलिखेलको महाभारत गाउँपालिका–५ मुख्य टोलका नीरज पुलामीले कफीखेतीबाट आम्दानी लिन थाल्नुभएको तीन वर्ष भयो । मकैको तुलनामा कफी खेतीबाट धेरै आम्दानी हुने भएपछि अहिले उहाँ मकै छाडेर कफी खेतीमा लाग्नुभएको छ ।

यसअघि उहाँ मकै खेतीको भरमा हुनुहुन्थ्यो । तीन वर्ष अगाडि छ सय बोट कफी रोपेर खेती सुरु गर्नुभएका उहाँले हाल नयाँ बोटहरु रोप्ने तयारीमा बारीभरि खाल्डो खन्नुभएको छ । “यसवर्ष मात्रै चार सय किलो फल्यो”, उहाँले भन्नुभयो, “केही बिक्री भयो, केही बाँकी छ ।” दाजुभाईकोसहित गरेर उहाँहरुले १८ रोपनीमा कफी लगाउनुभएको छ । कफी काँचो प्रति केजी रु एक सय ३० र सफा गरेर सुकाएपछि रु आठ सय …

0 comment
0 FacebookTwitterEmail

मकरजुङका ९३ वर्षीय तुलसीराम अधिकारीलाई आँगन छेउको बाटो कालोपत्र भइरहेको देख्दा सपना जस्तै लागिरहेको छ। सडक छेउमा उभिएर स्तरोन्नति भइरहेको सडक नियाल्दै अधिकारीले भन्नुहुन्छ,“हाम्रो गाउँको बाटो यतिको काइदा हुन्छ भन्ने कल्पना पनि थिएन। सपना हो कि विपना हो जस्तो लागिरहेको छ।”

उहाँमात्र होइन हिलो, धुलो र खाल्डाखुल्डीले आजित भएका यहाँका सबैजसो नागरिक स्थानीय सरकारले सडक स्तरोन्नति हुन थालेपछि उत्साहित देखिएका छन्। सूर्योदय नगरपालिकाका प्रत्येक वडामा एक–एकवटा ‘अल वेदर’ सडक छन्। वडाका सबै गाउँमा जोडिने बाह्रमासै सञ्चालन हुने ‘अल वेदर रोड’ लाई प्राथमिकतामा राखेर स्तरोन्नति सुरु गरेको नगरपालिकाले यतिबेला ती सडक कालोपत्रको चरणमा पु¥याएको छ। गाउँमा सडक धमाधम कालोपत्र हुन थालेका …

0 comment
0 FacebookTwitterEmail

तराई मधेसमा बिस्तारै गर्मी बढ्दै गएको छ। मौसम परिवर्तन, जलवायु परिवर्तनको असरका कारण अघिल्ला वर्षभन्दा पछिल्ला वर्षहरू निरन्तर ताता हुँदैछन्। यस वर्ष त झन् सुक्खा हिउँदको असरस्वरुप गर्मी बढ्ने भन्दै आमनागरिक चिन्तित छन् तर यहाँका उखुको जुस व्यापारी भने उत्साहित हुँदै महोत्तरीका बजार क्षेत्रका चोकचोकमा देखिन थालिसकेका छन्।

गौशाला–५ का मोहम्मद साबिर चैत लागेसँगै दैनिकजसो करिब एक क्विन्टल उखु पेलेर जुस बेच्न थालेको र गर्मी बढ्दै जाँदा व्यापार पनि थपिँदै गएको बताउनुहुन्छ। “अहिले राम्रो बिक्री छ, कुनैकुनै बेला त ग्राहकको भीड नै लाग्छ”, बर्दिबासचोक र आसपास ठेलामा घुमन्ते व्यापार गर्दै आएका उहाँले भन्नुभयो, “मध्याह्नपछि जुस खोज्ने बढी हुन्छन्। चैत लागेयता …

0 comment
0 FacebookTwitterEmail

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका युवा व्यवसायी सुरेश विश्वकर्माले लामो समयदेखि नर्सरी व्यवसाय गर्दै आउनुभएको छ।  उहँँले यो व्यवसायबाट मासिक रु ४० हजार बचत गर्दै आउनुभएको हो।

केही समय पहिले विश्वकर्माले काठमाडाैँमा बिरुवासम्बन्धी काम गर्दै आएको एउटा कम्पनीमा जागिर गरी कामको अनुभव लिएर नर्सरी व्यवसाय सुरु गर्नुभएको हो। उहाँले वार्षिक रु एक लाख ५० हजार तिर्ने गरी चार कट्ठा जमिन भाडामा लिइ व्यवसाय गर्दै आउनुभएको छ। हालसम्म रु ५० लाख लगानी भएको बताउँदै उहाँले यो व्यवसायबाट मासिक रु ४० हजार बचत गर्दै आएको जानकारी दिनुभयो।

उहाँको परिवारमा श्रीमान्, श्रीमती, बुवाआमा र दुई छोराछोरी छन्। परिवारको सम्पूर्ण लालनपालनका साथै छोराछोरीको शिक्षादिक्षा …

0 comment
0 FacebookTwitterEmail

“आउनुहोस्, भाँडा र जानकारीमध्ये कम्तीमा एउटा लैजानुहोस्”, स्टलमा आउने सबैजसो ग्राहकलाई विजयसालका भाँडा देखाउँदै कञ्चनपुरका गणेशराज बोहोराले भन्नुभयो, “यी भाँडामा पानी राखेर खाँदा फाइदै फाइदा छन् ।”

भारतको देहरादूनमा शुक्रबारदेखि सुरु इन्डो–नेपाल व्यापार मेलामा अकलोकनकर्तालाई बोहोराले विजयसालका भाँडामा पानी राखेर खाँदाका अनेकन फाइदा एक–एक गरी सुनाउनुभयो । “रातभर यी भाँडामा पानी राखेर बिहान खाली पेटमा पिउँदा मधुमेह, उच्च रक्तचाप, कोलेस्टोरेल, शरीरको दुःखाइ निको पार्छ, शरीरको दुखाइ तौल नियन्त्रण गर्न पनि राम्रो हुन्छ”, उहाँले भन्नुभयो ।

उपभोक्ताले उहाँका कुरा चाख मानेर सुनिरहेका थिए । “भाँडा बनाउनेले आयुर्वेदका कुरा गरेको नसुहाउला, म त धेरै जान्दिन, यसबारे इन्टरनेटमा सर्च गर्नु त”, उहाँले थप्नुभयो …

0 comment
0 FacebookTwitterEmail

हेटौँडाका सामुदायिक वनको खाली स्थानमा खेती गरेर महिलाले मनग्य आम्दानी गर्दै आएका छन् । मनहरी गाउँपालिकास्थित पशुपति, डिपाट र सुनाचुरी सामुदायिक वन क्षेत्र भएर जाने विद्युत् प्रसारण लाइन विस्तारका लागि ठूला रूख हटाएर खाली भएको ठाउँमा उहाँहरूले खेती गर्नुभएको हो।

पुनः ठूला रूख रोप्न नसकिने सामुदायिक वनका ती जग्गामा अदुवा, बेसार र जडीबुटीखेती गरिएको छ । आफ्नै बारी नभएका विपन्न महिलाले यही खाली जग्गाको उपयोग गरिरहेका हुन् । आफ्नो जमिन नभएकी दलित समुदायकी चम्पामाया परियारले खेतीबाट राम्रो आम्दानी गरिरहनुभएको छ ।

पशुपति सामुदायिक वन उपभोक्ता समूहले गठन गरेको लालीगुराँस जडीबुटी महिला आयआर्जन समूहकी अध्यक्ष चम्पामाया बिहान सबेरै घरको काम सकेर …

0 comment
0 FacebookTwitterEmail

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजदेखि शुक्र अस्त शुरु हुने जनाएको छ । चैत ६ गते बुधबार राति ७ः२५ बजेदेखि पश्चिममा अस्त हुने शुक्र यही चैत १० गते आइतबार दिउँसो १ः१७ बजे पूर्वमा उदय हुने समितिले जनाएको छ ।

यसअवधिमा विशेष कार्य जस्तै विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सवलगायतका कार्य गर्न नहुने जनाइएको छ । तर, नित्यकर्म, पूजापाठ, जप, हवन, तर्पण, नित्य दान आदि नैमित्तिक कम, न्वारन, पास्नी, श्राद्ध, मासिक काम भने गर्न हुन्छ । काम्य कर्र्म विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सव आदि गर्नु हुँदैन ।

शास्त्रीय मान्यताअनुसार बृहस्पति देवताका गुरु हुन् भने दैत्यका गुरु शुक्राचार्य हुन् …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved