Home » समाज » Page 3
Category:

समाज

धनुषामा लगाइएको कर्फ्यु आज बिहान दुई घण्टाका लागि खुकुलो बनाइएको छ। आज बिहान ६ बजेदेखि ८ बजेसम्म कर्फ्यु खुकुलो बनाइएको हो।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले एक सूचना जारी गर्दै दैनिक उपभोग्य वस्तु खरिद गर्नका लागि बिहान दुई घण्टा कर्फ्यु खुकुलो पारिएको जानकारी दिएका छन्।

यस अवधिमा सर्वसाधारणले दूध, तरकारी, फलफूल र खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरू खरिद गर्न पाउनेछन्। प्रशासनले निर्धारित समयभित्रै सामान खरिद गरी आफ्नो निवासमा फर्कन र कर्फ्युको पूर्ण पालना गर्न सबैमा अनुरोध गरेको छ।

कर्फ्युका बेला अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, पानी तथा दूध बोकेका सवारी साधनलगायतका अत्यावश्यक …

0 comment
0 FacebookTwitterEmail

जिल्ला प्रशासन कार्यालय दाङले गत आर्थिक वर्ष २०८२/८३ मा १८ हजार ७९ जनालाई नयाँ नागरिकता प्रदान गरेको छ।

कार्यालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार सो अवधिमा १८ हजार नौ जनाले वंशजका आधारमा, २२ जनाले आमाका नामबाट नागरिकता लिएका छन्। यस्तै, १४ जनाले गैरआवासीय नेपाली नागरिकता, ३४ जनाले वैवाहिक अङ्गीकृत नागरिकता र १० जनाले अङ्गीकृत नागरिकता प्राप्त गरेका छन्।

प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डेका अनुसार जिल्ला प्रशासन कार्यालय घोराहीबाट छ हजार ६७०, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट सात हजार १५५ र इलाका प्रशासन कार्यालय लमहीबाट चार हजार २५४ जनालाई नयाँ नागरिकता प्रदान गरिएको हो।

कार्यालयले एक वर्षको अवधिमा १४ हजार ७३७ वटा …

0 comment
0 FacebookTwitterEmail

यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको लर्को लागेको छ।

बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले जानकारी दिएकी छन्। साउने झरीको प्रवाह नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि पुगेका छन्।

यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनका लागि सहज, सुरक्षित तथा व्यवस्थित दर्शन र विशेष पूजाको प्रबन्ध मिलाइएको छ। साउन ४ गते परेको पहिलो सोमबारको तुलनामा आज पशुपति क्षेत्रमा थप व्यवस्थापन गरिएको छ। गत हप्ता नभ्याएका काम यस हप्ता पूरा गरिएको कोषले जनाएको छ।

दर्शन व्यवस्थापनलाई प्रभावकारी बनाउन कोषका पदाधिकारी र कर्मचारीका साथै मन्दिर पहरा गण, …

0 comment
0 FacebookTwitterEmail

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ, चतुव्र्युह नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो छ।

भगवान् विष्णुलाई पूजा आराधनासहित दर्शन गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको घुइँचो बढेको हो। आजका दिनदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वास छ। उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको जनाइएको छ। यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ। 

चार नारायणको आज र हरि बोधिनी एकादशीमा एकैदिन पूजा आजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। यसैले टाढाटाढाबाट पनि भक्तजन सवारी साधन रिजर्भ गरेर चार नारायणको पूजाआजा एवं दर्शनमा आउने गरेका छन्।…

0 comment
0 FacebookTwitterEmail

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा गत आर्थिक वर्ष राष्ट्रिय परिचयपत्रका लागि ७९ हजारभन्दा बढी नागरिकको विवरण सङ्कलन भएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीको आव २०८२–८३ को वार्षिक प्रगति विवरणअनुसार ७९ हजार ५६१ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरिएको थियो। तीमध्ये ३६ हजार २० वटा परिचयपत्र छपाइ भएर कार्यालयमा आए पनि चार हजार ७४० सेवाग्राही परिचयपत्र बुझ्न आएको स्थानीय प्रशासन शाखा प्रमुख राममूर्ति सिंहले जानकारी दिए।

दर्ता अभिलेख विवरण र परिचयपत्र नम्बर भएको डिजिटल कागजका आधारमा पनि आवश्यक काम गर्न सकिने भएकाले सेवाग्राही छफाइ भएका परिचयपत्र लिन समयमै नआएको हुनसक्ने उनको भनाइ छ।

त्यसैगरी गत आवमा कार्यालयले …

0 comment
0 FacebookTwitterEmail

सरकारले हरवाचरवा मुक्ति घोषणा गरेको चार वर्ष बितिसक्दा पनि आफूहरूको वास्तविक पहिचान र सामाजिक सुरक्षाको विषय अझै अधुरो रहेको हरवाहरवा समुदायले गुनासो गरेका छन्।

चौथो हरवाचरवा मुक्ति दिवसका अवसरमा शनिबार राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा समुदायले कानुनी रूपमा मुक्ति घोषणा भए पनि यस समुदाय अझै पहिचान, भूमि अधिकार, सामाजिक सुरक्षा, सम्मानजनक रोजगारी, आवास तथा आर्थिक पुनः स्थापनाबाट वञ्चित रहेका बताएका हुन्। हरवाचरवाको वास्तविक पहिचान र प्रमाणीकरणबिना सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्ने भन्दै मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले सरकारसँग चारबुँदे माग गरे।

अध्यक्ष मण्डलले ‘हरवाचरवा लगत सङ्कलन, प्रमाणीकरण तथा परिचयपत्र वितरण निर्देशिका, …

0 comment
0 FacebookTwitterEmail

कैलालीको गोदावरी नगरपालिका-१ विजयपुर शिविरका २२ मुक्तकमैया परिवारले दुई दशकअघि एउटा नयाँ जीवनको सपना देखेका थिए। सरकारले कमैया मुक्तिको घोषणा गरेसँगै आफ्नै घर, आफ्नै जमिन र सम्मानजनक जीवन पाउने उनीहरूको विश्वास थियो।

सरकारले उनीहरूलाई जग्गाको लालपुर्जा पनि दियो, तर त्यसको श्रेस्ता कायम भएन। त्यसयता मालपोत कार्यालय धाउँदा-धाउँदा वर्षौं बिते, समस्या भने जहाँको त्यहीँ छ।

“पुर्जा छ, तर श्रेस्ता छैन। त्यसैले आफ्नो जग्गा देखाएर कुनै काम गर्न पाएका छैनौँ”, मुक्तकमैया फूलमति डगौरा थारु भन्छिन्, “हाम्रो मात्रै होइन, यस्ता समस्या धेरै ठाउँमा छन्।”

फूलमतिको कथा एउटा परिवारको मात्रै होइन। कमैया मुक्तिको २६ वर्ष पूरा हुँदा पनि सयौँ मुक्तकमैया परिवारले अझै पुन:स्थापनाका विभिन्न …

0 comment
0 FacebookTwitterEmail

मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा र काठमाडौँबाट उद्धार तथा पुनःस्थापना गरिने व्यक्तिको उपचारका लागि ‘आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिस’ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० लाख रुपियाँ खर्च गर्ने भएको छ।

यसमध्येको २७ लाख रुपियाँ बालबालिकाको शिक्षाका लागि र १३ लाख रुपियाँ उद्धार गरिएका व्यक्ति आवश्यक सबैको स्वास्थ्योपचारका लागि खर्च हुनेछ। यसका लागि काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र सामाजिक समितिका संयोजक रामकुमार केसीको रोहवरमा महानगरपालिकाको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला, आइएडीपीका देशीय निर्देशक कविर खड्गी र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीबीच शुक्रबार त्रिपक्षीय सम्झौता भएको छ।

सम्झौता अवसरमा आइडीपीका देशीय निर्देशक खड्गीले मानव सेवा आश्रमका अध्यक्ष अधिकारीलाई …

0 comment
0 FacebookTwitterEmail

तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय गाउँ रामकोटतर्फ आकर्षित हुन थालेका छन् । बन्दीपुर बजारबाट करिब आठ किलोमिटर पश्चिममा रहेको रामकोटस्थित सामुदायिक घरबास (होमस्टे)मा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ ।

मगर समुदायको बाक्लो बसोबास र ढुङ्गाले छाएका मौलिक घर रहेको रामकोटमा २०७५ सालदेखि होमस्टे सञ्चालनमा आए पनि पर्याप्त प्रचारप्रसार र पूर्वाधारको अभावका कारण सुरुआती वर्षमा पर्यटकको चहलपहल कम थियो ।

गत वर्षदेखि यहाँ स्वदेशी तथा विदेशी पर्यटक उल्लेख्य रूपमा आउन थालेका छन् । हाल दैनिक १५ देखि २० जना तथा बिदाका दिन पर्यटक बास बस्न आउने गरेका छन् । बन्दीपुर आउने विदेशी पर्यटकसमेत …

0 comment
0 FacebookTwitterEmail

सर्लाहीको बरहथवा नगरपालिका–५ हात्तीडन्डाका दिनेश महतो यतिबेला धान रोपाइमा व्यस्त छन्। बिहीबार खेतमा भेटिएका उनी १५ कट्ठामा धान रोप्ने तयारीमा छन्।

समयमा पानी नपरेपछि धान रोपाइँ पनि ढिलो भएको उनले सुनाए। नहर मर्मतका कारण वाग्मती सिँचाइले समेत समयमा पानी छाडेन। अघिल्ला वर्षहरूमा उनले असारको २५ गतेभित्रै धान रोपिसक्थे।

यस वर्ष धानको बीउ राख्न ढिलाइ भएका कारण रोपाइँ ढिला भयो। समयमै रोपाइँ गर्न नसक्दा उत्पादन घट्ने र भित्र्याउने समयमा पनि मौसमले दुःख दिने उनलाई चिन्ता छ। अर्कातर्फ खेत जोताउन लागेको लागतले उनलाई चिन्तित: बनाएको छ। उनले भने, “लागत निकै बढेका कारण खेती गर्न नसक्ने अवस्था सृजना भएको छ।”

गत वर्ष प्रतिघण्टा …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved