Home » समाज » Page 2
Category:

समाज

शिक्षकहरूको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन्। अभिभावकले विद्यार्थीको भविष्य अन्धकार भएको भन्दै पठनपाठन सुरु गर्न दबाब बढाएपछि आइतबारदेखि केही विद्यालय सञ्चालनमा आएका हुन्।

इलाम नगरपालिकाले पनि आइतबार एक विज्ञप्ति जारी गरी विद्यालय खुलाउन आह्वान गरेको थियो। इलाम नगरपालिका–३ पुवामझुवास्थित विणापाणी माध्यमिक विद्यालय आइतबारदेखि सञ्चालनमा आएको विद्यालयका शिक्षक विष्णुभक्त भण्डारीले बताए। “विद्यालयमा आज केही विद्यार्थी आए, नाम लेखाउने र पुस्तक वितरण गरियो”, उनले भने।

इलाम–१ स्थित नेपालटार माध्यमिक विद्यालयका शिक्षक निर्मल तिम्सिनाले अभिभावकको दबाबपछि आजदेखि विद्यालय सञ्चालनमा ल्याउनुपरेको बताउनुभयो। देउमाई नगरपालिका–९ जितपुरस्थित खान्द्रुङ माध्यमिक विद्यालय पनि आइतबारबाटै सञ्चालनमा आएको छ।

इलाम नगरपालिका–५ को अमर …

0 comment
0 FacebookTwitterEmail

गोरखा बारपाकी ६२ वर्षीया धनमाया गुरुङलाई १० वर्षयता वैशाख १२ कहिले पनि नआओस् जस्तो लाग्छ। बारपाकलाई केन्द्रबिन्दु बनाएर २०७२ वैशाख १२ मा गएको भूकम्पमा उनलाई आफ्नो सात वर्षीया भदैनी गुमाएको कुराले सधैँ पिरोल्छ। गहभरि आँसु पारेर धनमाया भन्छिन्, “न्यास्रो लागेर माइतीबाट भदैनी घर ल्याएको थिएँ। त्यही दिन भूकम्प आउनुपरेको। आँगनमा खेलीरहेकी भदैनी घर भत्किएर लग्यो। भदैनी भूकम्पमा पर्नुको दोषी म आफैँ हो जस्तो लाग्छ।”

धनमाया जस्तै भूकम्पमा आफ्न्त गुमाउने बारपाकवासीको पीडा उस्तै छ। धेरैले परिवारका सदस्य गुमाउनुपर्‍यो भने कति घाइते भएर जीवनभर अशक्त बन्नुपरेको छ। ३४ वर्षीय डोलमाया घलेले पनि त्यस दिनलाई बिर्सन सकेकी छैनन्। “आकास गर्जदा अझैँ पनि डर …

0 comment
0 FacebookTwitterEmail

सर्लाहीको हरिपुर्वा नगरपालिका–९, निवासी (नाम परिवर्तन) १८ वर्षीया सिमा खातुन कक्षा १२ मा पढ्छिन्। उनी हरिपुर्वा नगरपालिका–५, मा रहेको श्री केश्वरगरिब जनता माध्यमिक विद्यालयमा अध्ययनरत छिन्।

बागमती सेवा समाज नामक गैरसरकारी संस्थाको सहयोगमा उनी पछिल्लो समय बालविवाह हुन नदिन लागिपरेकी छिन्।

विभिन्न सङ्घसंस्थामा जोडिएपछि लैङ्गिक विभेद, परम्परागत कुरीतिका बारेमा जन्ने मौका पाएको र त्यसविरुद्ध लाग्ने अवसर पाएकी उनी क्रियशील बाल क्लबले गाउँमा बालविवाह, दाइजो प्रथालगायतको कुरीति हटाउन चेतनामूलक  गतिविधि सञ्चालन गर्दै आएकी छिन्। लामो समयदेखि जरो गाडेको बालविवाह, दाइजो प्रथा त्यति सजिलै अन्त्य नहुने उनी बताउछिन्।

मुस्लिम समुदायमा यो अभिशाप बनेको  छ। सोही समुदायकी  छोरी मान्छे बोल्नु नै गलत मान्ने …

0 comment
0 FacebookTwitterEmail

बजेट अभावका कारण कैलाली र कञ्चनपुरमा सञ्चालित खानेपानीका आयोजना वर्षौँदेखि अलपत्र परेका छन् । आर्थिक वर्ष २०७१/७२ देखि सञ्चालित संघीय सशर्त अनुदानका कैलाली र कञ्चनपुरमा ९० वटा आयोजना अझै सम्पन्न हुन सकेका छैनन् ।

यी आयोजनाबाट करिब रु. दुई अर्ब दायित्व सिर्जन भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीले जनाएको छ । प्रत्येक वर्ष न्यून बजेट विनियोजन हुने हुँदा आयोजना सम्पन्न भएकाले प्रतिफलसमेत प्राप्त नभएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर ग्रिष्म थापाले बताए ।

थापाका अनुसार जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनाअन्तर्गतका कैलालीमा ३२ र कञ्चनपुरमा २२ वटा खानेपानी आयोजना अधुरा छन् । यी आयोजनाका लागि पर्याप्त बजेट नआउँदा सम्पन्न हुन …

0 comment
0 FacebookTwitterEmail

पछिल्लो समय बेनी–जोमसोम–कोरला सडकमा आवतजावत गर्न सहज भएसँगै यहाँ चलचित्र छायाङ्कनको आकर्षक गन्तव्य बनेको छ।

संघीय राजधानि काठमाडौँबाट एक दिनमै यहाँ आउन सकिनेहुँदा जिल्लाका विभिन्न स्थानमा चलचित्र छायाङ्कन गर्नेक्रम बढेको हो।  साथै विभिन्न हलिउड, बलिउड र कलिउडका चलचित्र छायाङ्कन गर्नका लागि जनशक्ति, उपकरण र बन्दोबस्तीका सामान ढुवानी गर्न सहज भएसँगै मुस्ताङमा चलचित्र छायाङ्कन गर्नेहरु आकर्षित भएका हुन्।

जिल्लाको पृथक भूगोलमा छायाङ्कन गर्न पछिल्लो समय चलचित्रकर्मी निकै लालायित हुने गरेको पाइएको छ।  हिमाली शृङ्खला, प्राकृतिक भूगोल, जैविक तथा सांस्कृतिक विविधताका साथै यहाँको लोभलाग्दो कृषि र पशुपालन गर्ने संस्कृतिलाई चलचित्रको पर्दामा कैद गर्न पछिल्ला केही वर्षयता चलचित्रकर्मीको लर्को नै लाग्ने गरेको पाइएको …

0 comment
0 FacebookTwitterEmail

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा विसं २०८१ मा दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् ।

सोही अवधिमा झन्डै रु तीन करोड पाँच लाखभन्दा बढी भेटीघाटी सङ्कलन भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार, वर्षभरिमा दुई लाख २१ हजार ६०२ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका थिए ।

तीमध्ये सबैभन्दा बढी कात्तिकमा ६१ हजार १७३ भक्तजन पाथीभरा पुगेका थिए । उक्त अवधिमा कुल रु तीन करोड पाँच लाख ५६ हजार १२ भेटीघाटी सङ्कलन भएको समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार पछिल्लो समय भारतसहित विभिन्न देशबाट श्रद्धालुहरूको उल्लेखनीय आगमन भइरहेको छ ।

साथै, पारदर्शिता कायम राख्न मासिक …

0 comment
0 FacebookTwitterEmail

आइतबार साँझ परेको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पुर्‍याएपछि बाँकेका किसान चिन्तित भएका छन्। किसानले काटेर भित्र्याउन ठिक्क पारेको गहुँबालीमा बेमौसमी वर्षा र हावाहुरीले भिजाएर क्षति पुर्‍याएको डुडुवा गाउँपालिका–५ कम्दीका किसान सूर्यलाल यादवले बताए। खेतमा लगाएको गहुँ काटेर स्याहार्ने बेला वर्षाले भिजाएर ठुलो क्षति भएको उनको भनाइ छ।

नकाटेको ठाडो गहुँबालीमासमेत हुरी र असिना पानीले ठुलो क्षति पुर्‍याएको उल्लेख गर्दै यादवले भने,“यसपालि गहुँ राम्रो फलेको थियो, भित्र्याउने बेलामा हुरी र बेमौसमी वर्षाले क्षति पुर्‍यायो।”  नेपालगञ्ज–१७ थुकैला गाउँका किसान रामसुरत बर्माले असिनापानी र हुरीले गहुँबालीमा ठुलो क्षति पुर्‍याएको बताउनुभयो। उहाँले भन्नुभयो, “काटेको गहुँ भिजाएर काम नलाग्ने भएको छ, नकाटेको धान पानी असिना …

0 comment
0 FacebookTwitterEmail

आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराई बताउँछन् ।

‘विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थिति अनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ’, उनले भने ।…

0 comment
0 FacebookTwitterEmail

प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको स्वामित्वमा रहेको म्याग्दीमा अवस्थित सदार्वत गुठीको ठूलो हिस्सा जग्गा रैतानेमा परिणत गरिएको छ। म्याग्दीका साविक छ वटा गाविसमा रहेको मन्दिरको स्वामित्वमा रहेको जग्गा भोगचलनकर्ताहरूले प्रचलित सरकारी जग्गाको दरभाउअनुसार संस्थानलाई तोकिएको शुल्क बुझाएर आफ्नो बनाइसकेका छन्।

मुक्तिनाथ विकास समितिका सदस्यसचिव एवं मालपोत कार्यालय मुस्ताङका प्रमुख सूर्यप्रसाद अर्यालले म्याग्दीमा रहेको सदार्वत गुठी संस्थानको ठूलो क्षेत्रफल जग्गा निजी सरह बनाइसकेको जानकारी दिए।  म्याग्दीको राखुस्थित भगवती, पिप्ले, मौवाफाँट, कटुवाल, दोवा र दानामा अवस्थित गुठीको कुल २८ हजार ८९३ रोपनी क्षेत्रफल जग्गामध्ये १७ हजार ५४५ रोपनी जग्गा रैताने बनाइएको उनले जानकारी दिए। त्यसबेला म्याग्दीको राहुघाटसम्म मुस्ताङ जिल्ला रहेको सदस्यसचिव अर्यालले बताए।…

0 comment
0 FacebookTwitterEmail

बागलुङको निसीखोला गाउँपालिका–७ स्थित पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण गरिएको छ । बुर्तिवाङ बजारसँग नरसिंहकोटलाई जोड्ने गरी रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई सहज रुपमा नरसिंहकोट पुर्‍याउनका लागि पदमार्ग निर्माण गरिएको जनाइएको छ ।

पर्यटन तथा उद्योग कार्यालय बागलुङमार्फत पदमार्ग निर्माण भएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको १० लाख बजेटमा पदमार्ग निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका योजना अधिकृत नारायणप्रसाद रिजाले जानकारी दिए ।

उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण गरिएको हो । ढोरपाटन नगरपालिका–२ सेरादेखि करिब दुई सय ५० पक्की रेलिङसहित पदर्माण सम्पन्न भएको रिजालले बताए । बाइसे चौबिसे राज्यका …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved