नेपाली युवा पुस्ता लतमा फस्दै गएको भेप भनेर चिनिने विद्युत् चुरोट (ई–सिगरेट) निषेध गर्ने सरकारको तयारी छ। नेपाल विकास अनुसन्धान प्रतिष्ठान र स्वास्थ्य पत्रकार मञ्च नेपालले २३ चैतमा संयुक्त रुपमा गरेको सूर्तीजन्य पदार्थको नियन्त्रणसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा कानुनमा नै ई–सिगरेटलाई बन्देज गरिएकाले निषेध गर्ने तयारी गरिएको स्वास्थ्य सेवा विभाग, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा भक्तबहादुर केसीले जानकारी दिनुभयो।
“उद्योग, वाणिज्य तथा उद्योग मन्त्रालयले निषेध गर्ने काम गर्ने हो”, उहाँले भन्नुभयो, “उद्योग मन्त्रालयको के छ नियम त्यो हामीले हेर्दैछौँ। हाम्रो तर्फबाट सबै प्रक्रिया पूरा गरिसकेका छौँ।”
उहाँका अनुसार सूर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण …
