Home » समाचार » फिचर
Category:

फिचर

भारत र पाकिस्तानबीच चलिरहेको तनावले दक्षिण एसियाको भूराजनीतिक परिदृश्यमा गम्भीर तरंग पैदा गरेको छ। जम्मू-कश्मीरको पहलगाममा अप्रिल २२, २०२५ मा भएको आतंकवादी हमलापछि यी दुई आणविक शक्ति सम्पन्न राष्ट्रहरूबीचको सम्बन्ध चरम तनावको अवस्थामा पुगेको छ। उक्त हमलामा एक नेपालसहित २६ व्यक्तिको मृत्यु भएको थियो, जसमा अधिकांश हिन्दु पर्यटक थिए। द रेसिस्टेन्स फ्रन्ट (टीआरएफ)ले यो हमलाको जिम्मेवारी लिए पनि भारतले यसको पछाडि पाकिस्तानको हात रहेको आरोप लगाएको छ। यसले दक्षिण एसियाली क्षेत्रमा शान्ति र स्थिरताको लागि गम्भीर चुनौती खडा गरेको छ।

तनावको पृष्ठभूमि

पहलगाम हमलापछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ। भारतले पाकिस्तानसँगको कूटनीतिक सम्बन्धलाई न्यून तहमा झारेको छ, व्यापार बन्द …

0 comment
0 FacebookTwitterEmail

रुपन्देहीको देवदह–९ मा रहेको जनप्रिय सामुदायिक वन २०६६ सालमा महिलाको हातमा हस्तान्तरण भयो । सामुदायिक वनमा महिला नेतृत्वसँगै संरक्षणमा स्थानीय महिलाको जीवनको एक महत्वपूर्ण पाटो बनेको छ । हस्तान्तरणको समयदेखि हालसम्म वनलाई महिला नेतृत्वले हाँकिरहेका छन् ।

रुपन्देहीको देवदह–९ मा रहेको यो सामुदायिक वन दुई सय ३७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । देवदह–९ मा वन कार्यालय रहे पनि वडा नं ९ र १० का चार सय ८० घरधुरी उपभोक्ता यसमा समेटिएका छन् । वनबाट वन पैदावरसँगै स्थानीयको आवश्यकता पूरा गर्दै महिलाहरुको आत्मविश्वास र आत्मबल बढाएको सामुदायिक वनका अध्यक्ष रुका सापकोटाले बताउनुभयो । महिलाको समूहले वन जोगाउँदै स्थानीयका आवश्यकता पूरा गरिरहेको …

0 comment
0 FacebookTwitterEmail
जिल्लाको माथागढी गाउँपालिका बहादुरपुरकी यमिश्वर जर्घाको १५ वर्ष हुँदा प्रेम विवाह भयो । अहिले उहाँ २४ वर्षकी हुनुभयो । उहाँको काखमा एक वर्षको छोरा छन् । विद्यालयमा कापी कलम लिएर पढ्न जाने समयमा जर्घा बच्चा स्याहार्दै घर व्यवहार चलाउँदै आउनुभएको छ । कक्षा ५ मा पढ्दै गर्दा उहाँको विवाह भएको हो । हाँस्दै खेल्दै पढ्ने उमेरमा जर्घा एक सन्ताको आमा हुनुहुन्छ ।

जिल्लाकै निस्दी गाउँपालिका मित्यालकी शान्ती सारुको १३ वर्ष हुँदा मागी विवाह भयो । अहिले उहाँ २२ वर्षकी हुनुहुन्छ । सारुका चार वर्षका छोरा छन् । उहाँलाई अहिले सानैमा विवाह भएकोमा पछुतो छ । उमेर नपुगी विवाह भएकाले उहाँले

0 comment
0 FacebookTwitterEmail

विसं २०७७ साउन ३ गते चितवनको माडी नगरपालिका–९ कुसुमखोलामा बसोबास गर्दै आएका १० भन्दाबढी चेपाङ समुदायको घर हात्ती लगाएर भत्काउँदै जलाइयो । उक्त कार्यमा चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेनको टोलीसहित सेनाको सङ्लग्नता थियो । निकुञ्जको जग्गा मिचेको आरोपसहित उनीहरुको बस्तीमा आगो लगाइएको थियो ।

सो घटनापश्चात विभिन्न मानवअधिकारवादी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले आपत्ति जनाए । माडी नगरपालिकाले एक सय ६० घरधुरी चेपाङलाई नयाँ बस्तीमा स्थानान्तरण गरे पनि अझै केही घर पुरानै क्षेत्रमा छन् । “चेपाङहरु जङ्गल आसपास बस्न मन पराउने भएकाले केही घरधुरीलाई हामीले अनुरोध गर्दा पनि सर्न मान्नुभएको छैन”, सो वडाका वडाध्यक्ष घनश्याम दवाडीले भन्नुभयो, “अहिले पनि वर्षमा एक–दुई

0 comment
0 FacebookTwitterEmail

 टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानीमा निरन्तरको सङ्कुचनको असर उनीहरुको पुँजीगत खर्चमा देखिएको छ । घट्दो आयसँगै पूर्वाधार निर्माणमा बजेट विनियोजन कम हुँदाको असर सेवा विस्तार तथा स्तरोन्नति तथा गुणस्तरीय सेवा प्रवाहलगायतमा देखिएको छ । साथै, कम्पनीहरुको भविष्यसमेत सुखद नदेखिएको जानकारहरु बताउँछन् ।

कुनै समय कुल आम्दानीको झन्डै आधा रकम पूर्वाधार विकासमा खर्च गर्ने टेलिकम कम्पनीहरुले अहिले उक्त खर्चलाई १० प्रतिशतको हाराहारीमा सीमित गरेका छन् । ओभर द टप (ओटिटी) प्लेटफर्मलगायतका कारणले घट्दो आम्दानी, आवश्यक कानुनमा संशोधन नहुनु, चर्को नवीकरण शुल्क र सञ्चालनमा सहजीकरण नहुँदा टेलिकमले पूर्वाधारमा आवश्यक लगानी गर्न हिच्किचाइरहेको टेलिकम क्षेत्रका विज्ञहरुको बुझाइ छ ।

तथ्याङ्क हेर्दा टेलिकम कम्पनीहरुले सन् …

0 comment
0 FacebookTwitterEmail

बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ । क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन् ।

कृषि ज्ञानकेन्द्रको तथ्याङ्कअनुसार यहाँ किसानले अलैँची बिक्रीबाट एक आर्थिक वर्षमा रु छ करोड भित्र्याउन सफल भएका छन् । राम्रो मूल्य पाउने आशामा प्रत्येक वर्ष अलैँचीखेती विस्तार भइरहेको जैमिनी नगरपालिका वडा नं २ का कृषक बलिभद्र सापकोटाले बताउनुभयो । उहाँका अनुसार अन्य जिल्लाको तुलनामा बागलुङका कृषकले अलैँचीको मूल्य कम पाएका छन् । यहाँ प्रतिकेजी रु एक हजार २५० का दरले अलैँची बिक्री भएको छ ।

उत्पादनबाट राम्रो आम्दानी हुने भएकाले यहाँ हरेक वर्ष किसानको आकर्षण बढिरहेको छ …

0 comment
0 FacebookTwitterEmail

नेपालबाट सङ्गठित रूपमा अमेरिकामा मानव तस्करी हुने गरेको छ । नेपालका विभिन्न स्थानबाट  काठमाडौँमा मानिसहरू जम्मा गर्ने र प्रतिव्यक्ति ३० देखि ५० लाखसम्म लिएर मानव तस्करी हुने गरेको घटना समय समयमा बाहिर आइनै रहेको छ । नेपालबाट मानव तस्करले अमेरिकासम्म पुर्‍याउन विभिन्न रुट प्रयोग गर्ने गरेको विषय सार्वजनिक हुँदै आएको छ ।

यस्तै मानव तस्करीमा परि विभिन्न सङ्घर्ष गर्दै लामो लडाई पछि आफू र परिवारलाई तस्करको जालबाट निकाल्न सफल भई अमेरिकामै स्थापित हुन सफल भएका व्यक्ति हुन् भारतीय मूलका अमेरिकी नागरिक ह्यारोल्ड डिसुजा । पछिल्लो समय नेपालबाट भइरहेको मानव तस्करीको विषयमा अवगत रहेका डिसुजाले यस विषयमा जनचेतना फैलाउन र आफ्नो …

0 comment
0 FacebookTwitterEmail

नेपाल नेत्रज्योति सङ्घले  देशैभर रहेका आफ्ना आँखा अस्पताल र  उपचार केन्द्रमार्फत वार्षिक ३० लाखभन्दा बढी मानिसलाई आँखा जाँच सेवा प्रदान गरिरहेको छ।

सन् २०२३ मा सङ्घले आफ्नो मातहतका आँखा अस्पताल, उपचार केन्द्रहरूका साथै विभिन्न बाह्य कार्यक्रमका माध्यमबाट कूल ३३ लाख छ हजार २६ जनाको आँखा जाँच तथा उपचार गर्नुका साथै दुई लाख ६५ हजार आठ सय ८५ जनाको आँखाको शल्यक्रिया गरेको थियो। सङ्घको सञ्जालमार्फत आठ लाख पाँच हजार तीन सय १६ विदेशी नागरिकले  सेवा प्राप्त गरेका थिए।

सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले स्थापनादेखि हालसम्म सङ्घले आफ्ना सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कूल चार करोड ३६ …

0 comment
0 FacebookTwitterEmail

भूकम्पबाट क्षति भएको जाजरकोट, रुकुमपश्चिमका महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको छ। जाजरकोट, रुकुमपश्चिमका साथै सल्यानका महिला तथा बालबालिकामा भूकम्पपछि कुपोषणको जोखिम बढेको हो ।

भूकम्प प्रभावित क्षेत्रमा तीन महिनासम्म सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट उक्त कुरा पत्ता लागेको नेपाल परिवार नियोजन सङ्घले जनाएको छ। सङ्घकाअनुसार महिलामा इच्छा नभएरै गर्भवती हुने दर पनि बढेको छ।

गत मङ्सिरदेखि माघसम्म परिवार नियोजन सङ्घले सञ्चालन गरेको ‘आधारभूत स्वास्थ्य सेवा कार्यक्रम’ शिविरमा सेवा लिन आएका अधिकांश महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको पाइएको कार्यक्रमका संयोजक वसन्त खनालले बताउनुभयो।

उहाँका अनुसार कार्यक्रमअन्तर्गत जाजरकोट र रुकुमपश्चिममा ४६ वटा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। विपद्का समयमा पोषिलो खानेकुरा …

0 comment
0 FacebookTwitterEmail

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मेलमिलापबाट देशभित्र मात्र नभई अन्तरदेशीय विवादको सामाधानका गर्न सकिने बताउनुभएको छ।

सर्वोच्च अदालत बार एसोसिएसन, मेलमिलाप समिति र बङ्गलादेश इन्टरनेसनल मिडिएसन सोसाइटीको आयोजनामा फागुन ११ गते आयोजित मेलमिलापसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँले मेलमिलाप विवाद समाधानको महत्वपूर्ण औजारका रुपमा स्थापित हुँदै गएको र यो पद्धतिको अवलम्बनसम्बन्धी अन्तर्राष्ट्रिय मानक वा मापदण्डको विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।

“विवादहरूको प्रकृतिमा आएको विविधीकरणले न्याय निरुपणका सन्दर्भमा राष्ट्रिय सीमाको मान्यतासमेत क्रमशः खुकुलो बन्दै गएको छ, खासगरी, व्यापार, व्यवसाय र विश्वव्यापीकरण एवम् निजी अन्तर्राष्ट्रिय कानुनको विकासले त्यस प्रकारको अवस्था सिर्जना गरिरहेको म देख्दछु,” प्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, “अहिले मेलमिलाप देशभित्र मात्र होइन, अन्तरदेशीय विवादहरूको समाधानका लागिसमेत …

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved