बागलुङको ढोरपाटन सिकार आरक्ष क्षेत्रमा निर्माणाधीन नगर अस्पताल अलपत्र परेको छ। ढोरपाटन नगरपालिका–९ पाखाथरमा १९ महिना अगाडि निर्माण सुरु भएको नगर अस्पतालमा अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता नहुँदा अलपत्र परेको हो।
निर्माण कम्पनीले ५० प्रतिशत काम सम्पन्न गरिसकेको छ। आधा काम गरिसक्दा पनि भुक्तानी नपाएपछि अहिले अस्पतालको काम ठप्प भएको हो। गत माघसम्म ठूलो सङ्ख्यामा कामदार लगाएर काम गरिरहेको निर्माण कम्पनीले अहिले काम छाडेको छ।
ढोरपाटन क्षेत्रका नागरिकलाई लक्षित गरी निर्माण सुरु गरिएको १५ शय्याको नगर अस्पतालको काम रोकिएपछि सरकारले बजेट व्यवस्थापन गरेर अस्पताललाई पूर्णता दिनुपर्ने स्थानीयको माग छ। विसं २०८२ असार २३ सम्ममा सक्नेगरी सम्झौता गरिएको थियो।
काम सुरु गर्दा …