Home » ताजा खबर » Page 4
Category:

ताजा खबर

सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान छ दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ ।

खानी तथा भूगर्व विभाग मातहतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो ।

राजधानी काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको धक्का पूर्वी नेपालका केही जिल्लामा समेत महसुस गरिएको छ ।

भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिससमेत खुला स्थानमा निस्केका थिए ।

 

0 comment
0 FacebookTwitterEmail

पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी) मा फैलिएको हिंसाले गत महिनादेखि ‘सात हजारभन्दा बढी देशवासी’ मारिएको र तीमध्ये धेरै सर्वसाधारण रहेको कङ्गोका प्रधानमन्त्रीले सोमबार बताउनुभएको छ ।

रुवान्डा समर्थित एम२३ सशस्त्र समूहले कङ्गोली सेनाको सीमित प्रतिरोधको सामना गर्दै गोमा र बुकाभुका मुख्य सहरहरूसहित खनिज–समृद्ध पूर्वी डिआरसीको ठूलो भाग कब्जा गरेको छ ।

“पूर्वी डिआरसीको सुरक्षा अवस्था चिन्ताजनक स्तरमा पुगेको छ”, प्रधानमन्त्री जुडिथ सुमिनवा तुलुकाले जेनेभामा संयुक्त राष्ट्र मानव अधिकार परिषद्लाई भन्नुभयो । उहाँले जनवरीदेखि ‘सात हजारभन्दा बढी देशवासीको मृत्यु’ दर्ता गरिएको जानकारी दिनुभयो ।

“तिनीहरूमा दुई हजार पाँच सयभन्दा बढी शव पहिचान नगरी गाडिएका छन्”, उहाँले थप एक हजार पाँच सय …

0 comment
0 FacebookTwitterEmail

महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई साजसजावट गरेर आकर्षक बनाउन थालिएको छ । पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर क्षेत्र, घाट क्षेत्र, राममन्दिर, मृगस्थलीलगायतको स्थान झिलिमिलि बत्तीले सिँगारिएको छ ।

बत्तीका कारण रातभर पशुपति क्षेत्र जाज्वल्यमान देखिन थालेको छ । विभिन्न स्थानमा नेपालको झन्डा आकारमा बनाइएका बत्तीले भक्तजनलाई थप आकर्षित गरिरहेको छ । भुवनेश्वरीमार्गदेखि नै बत्ती र फूलले आकर्षक सजावट गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताउनुभयो ।

बत्ती र फूलले सजावट गरिएको पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा गरिएको रङरोगन पनि अन्तिम चरणमा पुगेको छ । रङरोगनले पशुपति क्षेत्र आकर्षक बेनेको छ । नेपालको झन्डा आकारमा सजाइएका …

0 comment
0 FacebookTwitterEmail

ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात भएको छ । गएराति तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरालगायत क्षेत्रमा बाग्लो हिमपात भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी तथा स्तानीय राजेन्द्र महतका अनुसार गत पुस महिना पहिलो पटक पाथीभरा क्षेत्रमा सामान्य हिमपात भएको थियो । त्यस्तै फागुन महिनामा दोस्रो पटक सामान्य हिमपात भएको थियो । गएराति भने निकै बाग्लो हिमपात भएको छ । महतले भन्नुभयो, “यसभन्दा अगाडि भएको हिमपात माथिल्लो फेदीसम्म पुगेको थियो । तर अहिले हिमपात काफ्ले पाटीसम्म पुगेको छ । यस वर्षकै बाग्लो हिमपात भएको छ ।”

पाथीभरा क्षेत्रमा बाग्लो हिमपात भएपनि पाथीभरा दर्शन गर्न जानुहुने …

0 comment
0 FacebookTwitterEmail

इजरायलको बिबास परिवारले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुमाथि शुक्रबार हमासको सन् २०२३ को आक्रमण अवधिमा आफ्ना प्रियजनहरूको रक्षा गर्न र उनीहरूलाई घर फिर्ता ल्याउन असफल भएको आरोप लगाएको छ ।

प्यालेस्टिनी लडाकू समूहले दावी गरेअनुसार बिहीबार हमासबाट प्राप्त शव सिरी बिबासको नभएको इजरायलले घोषणा गरेपछि परिवारको यो पहिलो टिप्पणी हो ।

हस्तान्तरण गरिएका अन्य तीनवटा शव अनुभवी शान्ति कार्यकर्ता ओडेड लिफसिट्ज र सिरीका दुई साना छोराहरू कफिर र एरियलका थिए भन्ने पुष्टि भएको छ ।

सिरीकी भाउजू ओफ्री बिबासले इजरायली अधिकारीहरू विशेष गरी प्रधानमन्त्रीले बन्धकहरूको रक्षा गर्न असफल भएको र उनीहरूलाई त्यागेको आरोप लगाउनुभयो ।

“उनीहरूलाई जीवितै फिर्ता ल्याउनु इजरायलको जिम्मेवारी र …

0 comment
0 FacebookTwitterEmail

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानका साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली …

0 comment
0 FacebookTwitterEmail

पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकारको विषयलाई लिएर आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा १३ जना घाइते भएका छन् । आज केबलकार निर्माणस्थलमा भएको झडपमा प्रहरीसहित १३ जना घाइते भएका हुन् ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्र शर्माका अनुसार केबलकारको विरोध गर्दै आएको पक्ष र प्रहरीबीच झडप हुँदा ११ जना प्रहरी, एक जना आन्दोलनकर्मी र एक जना सर्वसाधारण घाइते भएका छन् । प्रहरीतर्फ घाइते हुनेमा नेपाल प्रहरी र सशस्त्र प्रहरी छन् ।

‘नो केबलकार समूह’ले पूर्वघोषित कार्यक्रमअनुसार आज पाथीभरा क्षेत्रमा पदयात्रासँगै केबलकारविरूद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा आन्दोलनरत पक्ष केबलकार निर्माणस्थलतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । आन्दोलनरत पक्षको …

0 comment
0 FacebookTwitterEmail

वासिङ्टनले मेक्सिकाली कार्टेलहरूलाई आतङ्कवादी सङ्गठनका रूपमा घोषणा गरेपछि राष्ट्रपति क्लाउडिया सेनबामले बिहीबार संयुक्त राज्य अमेरिकाद्वारा आफ्नो राष्ट्रिय सार्वभौमिकताको ‘आक्रमण’ कहिल्यै सहन नगर्ने चेतावनी दिनुभएको छ ।

“यो अमेरिकाका लागि हाम्रो सार्वभौमिकतामाथि आक्रमण गर्ने अवसर हुन सक्दैन”, उहाँले भन्नुभयो, “मेक्सिकोसँग, यो सहयोग र समन्वय हो, कहिल्यै अधीनता वा हस्तक्षेप होइन र यहाँ सम्म कि कम आक्रमण पनि ।”

उहाँले मेक्सिकोले अमेरिकी हतियार निर्माताहरू विरुद्धको कानूनी कारबाही विस्तार गर्ने बताउनुभयो । अमेरिकी हतियार निर्माताहरूलाई उहाँको सरकारले लागूपदार्थ तस्करहरूको हातमा पर्ने हतियारको बिक्रीमा लापरवाही गरेको आरोप लगाएको छ ।

यो मुद्दाले आतङ्कवादी समूहहरूसँग कथित संलग्नताको नयाँ आरोप लगाउन सक्ने उहाँले बताउनुभयो ।

अमेरिकी …

0 comment
0 FacebookTwitterEmail

नेपालको इतिहासमा एउटा महत्त्वपूर्ण दिन हो -फागुन ७ गते अर्थात् प्रजातन्त्र दिवस। यो दिनले नेपाली जनताको बलिदानपूर्ण सङ्घर्षको सम्झना गराउँछ, जसले १०४ वर्ष लामो निरङ्कुश राणा शासनको अन्त्य गर्दै लोकतन्त्रको स्थापना गर्‍यो। प्रजातन्त्र दिवसले हामीलाई हाम्रो देशको लागि आफ्नो जीवन अर्पण गर्ने ज्ञात अज्ञात वीर शहीदहरूको त्याग र समर्पणको स्मरण गराउँछ। यो दिन हामीलाई लोकतन्त्रको मूल्य र महत्त्वको बारेमा सोच्न र यसलाई जोगाउनको लागि प्रेरित गर्दछ। यस विशेष दिनमा, हामीले आफ्नो देशलाई अझ राम्रो र समृद्ध बनाउनको लागि आफ्नो प्रतिबद्धतालाई नवीकरण गर्नुपर्छ। हामीले लोकतन्त्रका मूल्यहरूलाई सम्मान गर्नुपर्छ र सबैको लागि न्याय र समानता सुनिश्चित गर्नुपर्छ। प्रजातन्त्र दिवसको शुभकामना!

प्रजातन्त्र दिवसको …

0 comment
0 FacebookTwitterEmail

आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुने कार्यक्रम छ ।

कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गर्नुभएका ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ ।

प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम छ । सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ ।…

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved