Home » वातावरण/जलवायु » Page 11
Category:

वातावरण/जलवायु

पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमाधम ‘रिचार्ज’ पोखरी निर्माण हुँदैछन्। जलवायु परिवर्तनका असरले मुहान सुक्न थालेपछि संरक्षण गर्न जिल्ला डिभिजन वन कार्यालयले १५ वटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण सुरु गरेको हो।

हलेसी तुवाचुङ नगरपालिकाका चार, दिक्तेलरूपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउँपालिकाका दुई–दुई, जन्तेढुङ्गा गाउँपालिकाका तीन तथा रावाबेँसी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाका तीनवटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माणको थालिएको डिभिजन प्रमुख पशुपति दाहालले राससलाई बताउनुभयो। “मुहानको शिरमा वर्षाको पानी जमाउने र जमिनलाई रिचार्ज गरेर मुहान सुक्नबाट जोगाउन रिचार्ज पोखरी उपयोगी हुन्छ। वर्षाको पानीबाट हुने जमिन कटान रोकथाम गर्दै  मुहान संरक्षण गर्न रिचार्ज पोखरी निर्माणको काम सुरु …

0 comment
0 FacebookTwitterEmail

बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनमा गएकाहरूबाट सरकारले रू एक करोड २५ लाख ८७ हजार पाँच सय सय  राजस्व सङ्कलन गरेको छ।  शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार डोल्पा तथा मुगुका पाटन क्षेत्रमा यस वर्ष सात हजार चार सय जना यार्सा सङ्कलनमा गएका छन्। उनीहरूबाट उक्त रकम सङ्कलन भएको हो।

गत वर्ष यहाँ यार्सा टिप्न करिब चार हजार मानिस आएका थिए। उनीहरूबाटरू ८५ लाख राजस्व सङ्कलन भएको थियो। तर यसपटक गत वर्षको तुलनामा यार्सा सङ्कलन र राजस्व दुवै बढेको निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताउनुभयो।

गत वर्षको तुलनामा यसपटक दोब्बर यार्सा सङ्कलककर्ता पाटन प्रवेश गरेको र राजस्व पनि गत वर्षको तुलनामा …

0 comment
0 FacebookTwitterEmail

धादिङको सिद्धलेक गाउँपालिकामा कृषि फार्म र सडक निर्माणको नाममा अवैधरूपमा सञ्चालन भइरहेको उत्खनन तत्काल रोक्न धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले सरोकार भएकालाई निर्देशन दिनुभएको छ।

अवैधरूपमा खानी सञ्चालन गरी बालुवा निकासी गरेको र पालिकामा तिर्नुपर्ने वातावरण शुल्कसमेत नबुझाएपछि स्थानीय तीन दल र बहुमत कार्यपालिका सदस्यले छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेसँगै प्रमुख जिल्ला अधिकारी पाण्डेले काम तत्काल रोक्न प्रहरीलाई निर्देशन दिनुभएको हो।

सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष सविता अर्यालको अध्यक्षतामा बहुमत कार्यपालिका सदस्यको बैठकले विभिन्न आठ वटा निर्णयको प्रतिलिपिसहित अनुसन्धान र कारबाही गर्न अनुरोध गरेको छ।

गाउँपालिका कमिटीअन्र्तगत नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष रामहरि बराकोटी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी …

0 comment
0 FacebookTwitterEmail

बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि खानेपानीको व्यवस्था गर्न हालसम्म ८३ वटा कृत्रिम पोखरी निर्माण गरिएको छ। बाँकेमा अत्यधिक गर्मी हुने र सोही कारणले वनमा रहेका पानीका स्रोत सुकेर जाँदा वन्यजन्तुलाई खानेपानीको समस्या भएकाले निकुञ्जभित्र ८३ वटा कृत्रिम पानीपोखरी निर्माण गरिएको हो।

राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहका अनुसार चालु आर्थिक वर्षभन्दा पहिले निकुञ्जभित्र ८० वटा पोखरी निर्माण भएको थियो। चालु अवमा तीन वटा बोरिङसहितको पोखरी निर्माण गरिएको जनाउँदै तीन ठाउँमा बोरिङ मात्रै गरेर खाल्डोमा पानी सङ्कलनको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो।

वन्यजन्तुको चहलपहल हुने क्षेत्रमा गर्मीको बेला पानीको खोजीमा जनावर भौँतारिने गरेकाले कृत्रिम पोखरी निर्माण गरिएको संरक्षण अधिकृत साहको …

0 comment
0 FacebookTwitterEmail

नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान’बाट पाँच वर्षको अवधिमा सर्वोच्च शिखर सगरमाथासहित प्रमुख हिमालबाट १२ शव र एक सय आठ मेट्रिकटन फोहर सङ्कलन गरिएको छ। नेपालमा रहेका हिमालको स्वच्छता कायम राख्ने उद्देश्यले सन् २०१९ देखि सुरु भएको अभियानका क्रममा हालसम्म चारवटा अस्थिरपञ्जर सङ्कलन गरिएको सेनाले जनाएको छ।

सन् २०२४ मा सञ्चालित अभियानअन्तर्गत विभिन्न हिमालबाट ११ मेट्रिकटन फोहर, चारवटा शव तथा एउटा अस्थिरपञ्जर सङ्कलन तथा व्यवस्थापन गरिएको छ। सगरमाथा, ल्होत्से र नुप्से हिमालका विभिन्न स्थानबाट दुई हजार दुई सय २६ किलो कुहिने र आठ हजार सात सय ७४ किलो नकुहिने गरी कूल ११ हजार किलोग्राम फोहर सङ्कलन गरिएको राष्ट्रिय निकुञ्ज …

0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय मानवअधिकार आयोगले वातावरण प्रदूषणमा संलग्नलाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन तीनै तहका सरकारलाई आग्रह गरेको छ। आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले विश्व वातावरण दिवसका अवसरमा जेठ  २३ मा जारी गरेको प्रेस विज्ञप्तिमा वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट क्षतिपूर्ति भराउने संवैधानिक व्यवस्थाको सुनिश्चितता गर्न सरकारसँग आग्रह गरिएको छ।

“स्वच्छ वातावरणीय अधिकारको सुनिश्चितताका लागि आयोगले विगतमा गरेका सिफारिस एवं सुरक्षित, स्वस्थ र स्वच्छ वातावरणको संवैधानिक तथा कानुनी हकको कार्यान्वयन गर्न जरुरी छ”, आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “त्यसका लागि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारको समन्वयात्मक पहल हुन, मानव अधिकारमुखी विकास पद्धतिमा जोड दिन, प्रकृतिको अनियन्त्रित र अवैज्ञानिक …

0 comment
0 FacebookTwitterEmail

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फोहोरमैलालाई मजाकको विषय नबनाउन सम्बद्ध सबैको ध्यानाकर्षण गर्नुभएको छ। विश्व वातावरण दिवसका अवसरमा ‘राष्ट्रका लागि दुई घण्टे अभियान’ले  जेठ  २३ भक्तपुरमा आयोजना गरेको अरनिको राजमार्ग सफाइ अभियानको बेलुन उडाएर उद्घाटन गर्दै अध्यक्ष ओलीले फोहोरमैला व्यवस्थापनमा अभियानमा सबैको साथ सहयोग हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “फोहोरमैला मजाकको विषय होइन, फोहोरमैला प्रतिशोधको विषय पनि होइन, यो गैरजिम्मेवारी प्रदर्शन गर्ने विषय पनि होइन, फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी हामी सबैको हो। यसलाई कर्तव्यका रूपमा लिई फोहोरमैला व्यवस्थापन अभियान सफल बनाउन सबैसँग अनुरोध गर्दछु।”

उहाँले वातावरण दिवसका दिन एक–दुई गोष्ठी, सभासम्मेलन र औपचारिक …

0 comment
0 FacebookTwitterEmail

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व वातावरण दिवसका अवसरमा प्रकृति र वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री दाहालले जेठ २३ गते जारी गरेको शुभकामना सन्देशमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष जुन ५ तारिखमा मनाइने विश्व वातावरण दिवस, २०२४ को अवसरमा सम्बद्ध सबैमा शुभकामना व्यक्त गर्नुभएको छ

“मरुभूमिकरण र खडेरीबाट भूमिको पुनःस्थापना गरी पारिस्थितिक प्रणाली पुनःस्थापना गर्ने विषयमा केन्द्रित रहेको यस दिवसले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न तथा वर्तमान र भविष्यका पुस्ताका लागि दिगो र स्वच्छ वातावरण प्रत्याभूत गर्न थप उत्प्रेरित गर्ने विश्वास लिएको छु”, प्रधानमन्त्री दाहालको शुभकामना सन्देशमा भनिभएको छ, “नेपालको संविधानले प्रत्येक …

0 comment
0 FacebookTwitterEmail

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा पूर्वाधार विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्दै वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना दिनुभएको छ।

राष्ट्रपति पौडेलले विश्व वातावरण दिवस, २०२४ को अवसरमा जेठ २३ गते जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ।

“वातावरण संरक्षण तथा सुधारका लागि नेपालले अवलम्बन गरेको राष्ट्रियस्तरका वन, वातावरण तथा जलवायु परिवर्तन नीतिहरूबाट निर्देशित विभिन्न कार्यक्रमले वन तथा वातावरणको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको छ”, राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा भनिएको छ, “मानिसले प्राकृतिक स्रोतको अधिक दोहन गरेका कारण हामी वरिपरिको पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएको …

0 comment
0 FacebookTwitterEmail

वातावरण विभाग, वातावरण संरक्षणकर्मी, विभिन्न स्थानीय निकाय प्रतिनिधि तथा सरोकारवालाले वातावरण संरक्षणका लागि प्रतिबद्धता जनाउँदै प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन्। विश्व वातावरण दिवसको अवसरमा वातावरण विभागको आयोजनामा सम्पन्न सरोकारवाला निकायसँगको छलफल तथा अन्तक्रियामा सामूहिक प्रतिबद्धता जनाइएको हो।

आफू सम्बद्ध निकायको वार्षिक नीति तथा कार्यक्रममा प्रदूषण नियन्त्रण तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रमलाई समावेश गरी प्राथमिकताका साथ कार्यान्वयन गर्न प्रतिबद्ध रहने विषयमा सरोकारवालाले प्रतिबद्धता जनाएका हुन्। वातावरण संरक्षणका लागि जनचेतना तथा सन्देशमूलक क्रियाकलाप सञ्चालन गर्नुका साथै आफ्नो टोल, बस्ती वा समुदायमा सरसफाइ तथा प्रदूषण नियन्त्रणको कार्यमा सधैँ सक्रिय र प्रतिबद्ध रहने   सामूहिक प्रतिबद्धता जनाइएको छ।

वातावरण विभागका महानिर्देशक भूपाल बरालले नेपालको संविधानमा मौलिक हकको …

फोहर खुलारुपमा जलाउने कार्यलाई निरुत्साहित गर्ने प्रतिबद्धता
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved