Home » वातावरण/जलवायु » Page 12
Category:

वातावरण/जलवायु

घोराही उपमहानगरपालिका-१८ घोरदौराबासीले वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आइरहेका छन्। यहाँ गर्मी मौसममा अझ धेरै खानेपानीको समस्या हुने गरेको छ। आठ किलोमिटर टाढाबाट ल्याइएको पानीको मुहान गर्मी बढेसँगै सुकेपछि समस्या हुने गरेको हो। उपल्लो घोरदौरा निवासी सरस्वती विक घरनजिकैको धारामा पानी सुकेपछि ४५ मिनेट टाढा धरमपानी बाट पानी बोकेर ल्याउने गरेको बताउनुहुन्छ। हरेक दिन खानेपानी जोहो गर्नै समस्या हुने गरेको उहाँले बताउनुभयो।  विकले भन्नुभयो, “गर्मी बढेसँगै गाउँमा पानीको सङ्कट हुन्छ।” पानी लिन आउँदा ओरालो भए पनि फर्किंदा डेढ घण्टा उकालो हिँड्नुपर्ने उहाँले सुनाउनुभयो।

घोरदौराकै झिनीगाउँ निवासी सिर्जना भण्डारी वर्षा सुरु भएसँगै खानेपानीको दुःख भएको बताउनुहुन्छ। एउटै धारमा पालो कुरेर पानी भर्दा …

0 comment
0 FacebookTwitterEmail

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मृतावस्थामा बाघ भेटिने क्रम बढेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष प्राकृतिक कारणबाट धेरै बाघ मरेका निकुञ्ज कार्यालयले जनाएको छ।

गत आवमा तीनवटा मृत भेटिएकामा यस आवमा भने सातवटा बाघ मृतावस्थामा भेटिएका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो। उहाँका अनुसार सबैजसो बाघ प्राकृतिक कारणले मरेका हुन्। तिमध्ये अधिकांश एकापसमा जुधेर मरेका हुन्। बाघ एक्लै बस्न रुचाउने जनावर भएकाले बासस्थानको रक्षा र आहाराको खोजीका क्रममा एकापसमा जुध्ने गरेको उहाँले बताउनुभयो।

“बाघको सङ्ख्या बढ्दा बासस्थानको खोजीका क्रममा जुध्ने गरेका छन्। अहिलेसम्म बूढो भएर र जुधेर मरेका बाघ मात्रै भेटिएका छन्। चोरी सिकारी र बिरामी …

0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यसपालिको मनसुनमा १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ।

प्राधिकरणले आज सार्वजनिक गरेको विवरणअनुसार बढी पानी पर्ने अनुमान गरिएको यसपालीको मनसुनमा १८ लाख एक हजारभन्दा बढी मानिस प्रभावित हुने जनाइएको छ।

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले कूल चार लाख १२ हजार घरघुरीका १८ लाख एक हजारभन्दा बढी मानिस कुनै न कुनै रुपमा प्रभावित हुने अनुमान गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुने र १८ हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने अवस्था आउने आँकलन गरिएको छ।

गतवर्ष १२ लाख मानिस प्रभावित हुने अनुमान गरिएको थियो। …

0 comment
0 FacebookTwitterEmail

उदयपुरको कटारी नगरपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा चोरीसिकारी बढेको छ। कटारी नगरपालिका–१, २, ३, ५ र ६ का सामुदायिक र सरकारी वन क्षेत्रमा चोरीसिकारी बढेको हो।

सिकारीले वन क्षेत्रमा दिनहुँजसो निलगाई, बँदेल, मृग, मयुर, कालिज, धनेसजस्ता पशुपक्षीहरू सिकार गर्ने गरेको कटारी–३ का स्थानीय डबबहादुर परियारले जानकारी दिनुभयो। “२० नाल जति भरुवा बन्दुक लिएर सिकारीहरू आउने गर्छन्”, उहाँले भन्नुभयो, “पानी पर्न थालेपछि जन्तुहरूको पाइला हेरेर सिकार गर्न सजिलो हुने रहेछ त्यसैले अहिले सिकारीहरू जङ्गलभरि सक्रिय छन्।” चुरे वनमा डढेलो लगाउने पनि सिकारी रहेको स्थानीयवासीको अनुमान छ । आगो लगाएपछि सिकार खेल्न सजिलो हुने स्थानीयको भनाइ छ। दैनिक वनमा बन्दुक पड्केको आवाज सुनिने …

0 comment
0 FacebookTwitterEmail

यस वर्षको मनसुन यही जुन १३ अर्थात जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने आँकलन गरिएको छ। यद्यपी मनसुन भित्रिने सरदर मितिभन्दा केही दिन तलमाथि पर्ने जल तथा मौमस विज्ञान विभागले जनाएको छ।

मनसुन हाल भारतको उत्तर पूर्वी भू–भाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालको पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ आँकलन गरिएको भए पनि त्यसअघि नै भित्रिने देखिन्छ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले नेपालमा मनसुन जुन १३ आसपास भित्रिने बताउनुभयो। हाल मुलुकका विभिन्न भू–भागमा भईरहेको वर्षा मनसुनी वायुको प्रभाव नभई स्थानीय प्रणाली, पश्चिमी वायु र उत्तर प्रदेश तथा बिहार आसपासको न्यून …

0 comment
0 FacebookTwitterEmail

हिमाल आरोहणको जेठो हिमाल अन्नपूर्णमा मानव पाइला परेको जुन ३ को दिनले अन्नपूर्ण आरोहण दिवसका रुपमा चासो र चर्चा कमाएको छ। सन् १९५० मा जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोग र लुई लचेनलले अन्नपूर्ण प्रथम हिमालमा पाइला टेकेपछि मात्रै विश्वमा हिमाल आरोहणको सुरुवात भएकाले पनि यस दिनको गरिमा र महत्व चुलिएको हो।

फ्रान्सेली टोलीद्वारा आरोहण गरिएको अन्नपूर्ण प्रथम हिमालको उचाइ आठ हजार ९१ मिटर रहेको छ। अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै सन् १९५३ मे २९ तारिखको दिन विश्वको सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सफल आरोहण गरेर कीर्तिमान कायम गरेका थिए।

सर्वोच्च शिखर सगरमाथाभन्दा अन्नपूर्ण प्रथम …

0 comment
0 FacebookTwitterEmail

प्रतिनिधिसभा सदस्यहरूले चुरे क्षेत्रको विनाशका कारण खानेपानीको मुहान सुक्दै गएकाले तराईवासीले खानेपानीको चरम अभाव सामना गरिरहेका भन्दै समयमा नै चुरे जोगाउनुपर्नेमा जोड दिनुभएको छ।

आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न आज बसेको बैठकमा सांसदहरूले तराईको खानेपानीसम्बन्धी समस्या दीर्घकालीनरुपमा समाधान गर्न चुरे बचाउनुपर्नेमा जोड दिनुभएको हो।

सांसद रामप्रकाश चौधरीले चुरे संरक्षण गरेर यस क्षेत्रका जनतालाई खानेपानीको समस्याबाट मुक्त गराउनुपर्नेमा जोड दिनुभयो। “‘चुरे बचाऊ र पानी देऊ’ भनेर २५ दिन पैदल हिँडेर तराईका महिला तथा पुरुष माइतीघर आउनुभएको छ, पानीको माग राखेर धर्नामा बस्नुभएको छ”, उहाँले भन्नुभयो, “यस विषयमा सरकारको ध्यान आकर्षण भएको छैन।” धर्नामा बसेका मानिसको …

0 comment
0 FacebookTwitterEmail

ऊर्जालाई किफायती तवरले प्रयोग गरी ऊर्जाको खपत कम गर्न, ऊर्जाको आयात कम गर्न, ऊर्जाको पहुँच वृद्धि गर्न, कार्बन उत्सर्जन कम गर्न तथा ऊर्जा सुरक्षामा वृद्धि गर्न ऊर्जा दक्षतामा जोड दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आयोजनामा यहाँ सम्पन्न सरोकारवादाहरूबीच ‘ऊर्जा दक्षतासम्बन्धी क्रियाकलापहरूको समन्वय, योजना र कार्यान्वयन अवधारणा’ विषयक दुईदिने कार्यशालामा सहभागीहरूले सबै जनतामा ऊर्जाको समुचित पहुँच तथा ऊर्जा सुरक्षामा योगदानबाट मात्रै देशले ऊर्जा दक्षता क्षेत्रको विकासमा सामूहिक प्रयासबाट मात्रै फड्को मार्ने गर्न सक्ने धारणा राखेका थिए।

कार्यशालामा ऊर्जा दक्षतासम्बन्धी कार्यहरू अझ चुस्तदरुस्त रुपमा अगाडि बढाउन सरकारले ल्याएको राष्ट्रिय ऊर्जा दक्षता रणनीति २०७५ कार्यान्वयनमा सरकारी निकाय, प्राज्ञिक, निजी …

0 comment
0 FacebookTwitterEmail

खानेपानी खानेपानी अभावका कारण  महोत्तरीका गृहिणी रातभरि जाग्राम बस्नुपरेको छ। अत्यधिक गर्मी र सुख्खा मौसमका कारण पानीको सङ्कट चुलिँदै जाँदा महोत्तरीका गृहिणीले पानीको जोहो गर्न रातभरि जाग्राम बस्नुपरेको हो।

“तीन दिनयता दिनभरि धारामा पानी झरेको छैन, राति झर्छ कि भन्ने आशमा धाराछेउमा पानी पर्खेर रात कटाइयो”, बर्दिबास–२ ॐ शान्तिचोककी गृहिणी फूलमाया मगर भन्नुहुन्छ, “धन्न, गए राति मध्यराततिर धारामा तुरुरु पानी झरेपछि जाग्राम बसेको प्रतिफल मिल्यो।” फूलमायाजस्तै उहाँका छिमेकी पर्मिला ठाकुर, नगिना महतो र वृन्दा भण्डारीले पनि मध्यराततिर बोतल, गाग्री, तसला, बाल्टिनसहितका भाडामा पानी भरेपछि एक दिनलाई ढुक्क भएको बताउनुभयो।

पानीका मुहान सुक्दै जाँदा यहाँका बस्तीमा पानीको सङ्कट पनि बढ्दै गएको …

0 comment
0 FacebookTwitterEmail

महोत्तरीमा चुरेबाट निस्केर दक्षिण बग्ने १० भन्दाबढी नदी तथा खोला छन्। ती खोला बालुवा र गेग्रान थुप्रिँदै गएपछि नजिकका बस्ती र अन्य संरचनाभन्दा अग्ला हुन थालेका छन्। जसले बर्सायाममा डुबान र भौतिक संरचना भत्कने जोखिम बढ्दै गएको छ।

यहाँ बाँके, टुटेश्वर, खयरमारा, मरहा, जङ्घा, ढोलनखोला, बेलगाछी, ढुङ्ग्रे, गढन्ता, भब्सी, लक्ष्मीखोला, शिरखोला, बडहरी र रातुसहितका नदी चुरेबाट निस्केर महोत्तरी हुँदै बग्ने गरेका छन्। यीमध्ये रातु र बाँकेका नदीका शिर धनुषा र सर्लाहीसँगको साँधमा छन्। बाँके भारतीय सीमासम्मै सर्लाहीसँगको सीमा भएर बग्छ भने रातु पूर्वपश्चिम राजमार्गमुनि महोत्तरी भएर भारत पस्ने गरेको छ। यीबाहेक सबैजसो नदी महोत्तरीको बर्दिबास नगरपालिका क्षेत्रमा पर्छन्।

जिल्ला विपद् …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved