Home » वातावरण/जलवायु » Page 13
Category:

वातावरण/जलवायु

जलवायु परिवर्तनले निम्ताएको विभिन्न असरका कारण हिमाली क्षेत्रको अस्तित्व नै सङ्कटमा परेको भन्दै सरोकार भएकाले असर न्यूनीकरणका उपायसम्बन्धी कार्यक्रमले प्राथमिकता पाउनुपर्नेमा जोड दिनुभएको छ।

राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा जेठ १८ गते आयोजित ‘जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको असर एवं न्यूनीकरणका उपायहरू’ विषयक छलफलमा सहभागी वक्ताहरूले जलवायु परिवर्तनले निम्त्याएको सङ्कटबाट हिमाल बचाउन पहल थाल्नुपर्नेमा जोड दिनुभएको हो।

समितिका सभापति सोनाम गेल्जेन शेर्पाले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएको समस्या न्यूनीकरण गर्न केन्द्र, प्रदेश र स्थानीय तहका सरकारले पहल थाल्नुपर्नेमा जोड दिनुभयो।

“संयुक्त राष्ट्रसङ्घ (युएन)का महासचिव अन्टोनियो गुटेरेस हिमाली भेगका जनताले भोगिरहेका समस्यालाई नजिककबाट अवलोकन गर्दा भावुक भएर अन्तराष्ट्रियस्तरमा समेत …

0 comment
0 FacebookTwitterEmail

नेपालगञ्जमा १७ जेठ अधिकतम तापक्रम ४४ दशमलव दुई डिग्री मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् गोविन्द झाले साँझ ६ बजे प्राप्त अभिलेखमा नेपालगञ्जको ‘रेकर्ड’ यो वर्षकै सबैभन्दा बढी भएको बताउनुभयो। उहाँका अनुसार आज दिउँसो धनगढीमा ४४ दशमलव १ डिग्री तापक्रम रेकर्ड भएको थियो। त्यसलाई उछिनेर नेपालगञ्जले ‘रेकर्ड ब्रेक’ गरेको हो। यसअघि अघिल्लो महिनामा भैरहवामा ४३ दशमलव ६ डिग्री रेकर्ड भएको थियो। आज विराटनगरमा ४१ डिग्री, दाङको घोराहीमा ४० दशमलव २ डिग्री तापक्रम अभिलेख भएको छ।

काठमाडौँ र पोखरामासमेत तापक्रम बढिरहेको छ। जेठ १७ गते पोखरामा ३४ र काठमाडौँमा ३४ दशमलव ४ डिग्री …

उफ गर्मी ! कयौँ स्थानमा स्कुल बन्द
0 comment
0 FacebookTwitterEmail

“पोखरालाई अनुशासन र नैतिकताको सहर बनाउनुपर्छ, यसलाई स्वस्थ, सुरक्षित र धुलोरहित सहरका रुपमा विकास गर्नु आवश्यक छ।” पोखरा महानगरपालिका सहरी योजना आयोगद्वारा आयोजित पर्यटन राजधानी पोखरा एकीकृत रणनीतिक कार्ययोजना निर्माणसम्बन्धी परामर्श बैठकमा रुपाताल पुनःस्थापना तथा मत्स्य सहकारी संस्थाका अध्यक्ष शिवराज अधिकारीले भन्नुभयो।

‘युएसएआइडी’को प्राविधिक सहयोगमा महानगरपालिकाले तयार गरिरहेको रणनीतिक कार्ययोजनाका सम्बन्धमा आयोजित परामर्श कार्यक्रममा सरोकारभएका क्षेत्रका प्रतिनिधिले अधिकारीजस्तै पोखरालाई विश्वकै उत्कृष्ट गन्तव्य बनाउन आआफ्ना तर्फबाट विभिन्न सुझाव दिएका थिए।

तालैतालको सहरको उपमा पाएको पोखराका तालबाट रु ३० करोड बराबरको स्वस्थवर्द्धक माछा उत्पादन गर्न सकिने अधिकारीले बताउनुभयो। पर्यापर्यटनका लागि पोखरा उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै उहाँले ठूलो सङ्ख्याका विदेशी चराहरू रुपातालमा …

0 comment
0 FacebookTwitterEmail

चन्द्रागिरि नगरपालिकाले सवारी प्रदूषण नियन्त्रण गर्न कडाइ गर्ने भएको छ। यसका लागि नगरपालिकाले यातायात व्यवस्था विभाग, सवारी परीक्षण कार्यालय टेकुसँग सहकार्य गरी घुम्ती सवारी प्रदूषण परीक्षणलाई उच्च प्राथमिता दिएको छ।

यस्ता परीक्षणमा ‘फेल’ भएका सवारी साधनलाई नगर क्षेत्रमा प्रयोग गर्न नदिनेसम्मको सोच नगरपालिकाले बनाएको छ। साथै सवारी परीक्षण कार्यालय, ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा नगरपालिकाले पेट्रोल, ग्यास र डिजेलबाट चल्ने सवारी साधनमा ‘हरियो स्टिकर’ अनुगमनलाई तीव्रता दिने जनाएको छ।

विश्व स्वास्थ्य सङ्गठनले वायु प्रदूषणलाई विश्वकै प्रमुख वातावरणीय जोखिमका रुपमा लिएको छ। स्टेट अफ ग्लोबल एयर २०२० ले सन् २०१९ मा नेपालमा वायू प्रदूषणका कारण ४२ हजार एक सयजनाको अकालमा मृत्यु भएको …

0 comment
0 FacebookTwitterEmail

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा बाढीले क्षति पुर्‍याएको छ। ह्युम कन्सल्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाको कालोखोलास्थित बाँध र इन्टेकमा बाढी पसेर क्षति पुगेको हो।

आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले मङ्गलबार रातिदेखि रेलेखोलामा आएको बाढीले इन्टेक पुरिँदा भौतिक संरचनामा क्षति पुगेको बताउनुभयो। “खोपारा क्षेत्रको पाखोमा पहिरो गएपछि दुई घण्टासम्म खोला सुक्ने र बाढी आउने गरेको थियो”, उहाँले भन्नुभयो, “गेग्रानसहितको बाढीले इन्टेकमा थुप्रिएर बाँधको भौतिक संरचनामा क्षति पुगेको हो।”

दुई वर्षअघि निर्माण सुरु भएको उक्त आयोजनाले आगामी असारभित्र परिक्षण उत्पादन गर्ने तयारी गरेको थियो। करिब ९० प्रतिशत भौतिक प्रगति भएको आयोजनामा बाढीले पुर्‍याएको क्षतिका कारण …

0 comment
0 FacebookTwitterEmail

कास्की जिल्लाको मादी गाउँपालिका–१२ लिपेयानीमा यतिखेर बाँदर देखिएका छैनन्। स्थानीय गिरेन्द्र गुरुङले बनाएको बन्दुक पड्काएपछि यस क्षेत्रमा बाँदर देखिन छाडेका हुन्।

“रूखमा आएको बाँदर नियन्त्रणका लागि बन्दुक पड्काउँदा लागेको गुच्चाको गोलीले एउटा बाँदर घाइते भएको थियो,” गुरुङले भन्नुभयो, “घाइते बाँदरसहित सम्पूर्ण बथान कराउँदै भागे त्यसपछि यस क्षेत्रमै देखापरेका छ्रैनन्।” लामो समयदेखि बाँदरले खेतबारी मात्र हैन घरभित्र पसेर भण्डारण गरेको अन्न समेत खाने, महिला एवं बालबालिकालाई आक्रमण गर्न थालेपछि विकल्पका रुपमा दुई महिनाअघि बन्दुक बनाएको उहाँले बताउनुभयो।

“हाते पम्प, ग्यास लाइटको कक, काठ, युपिभिसी पाइपलगायत सामानबाट निर्माण भएको बन्दुकको नालमा एउटा गुच्चा राखेर बीच भागमा रहेको प्वालमा सेनिटाइजरको सहायताले आगो लगाएर …

0 comment
0 FacebookTwitterEmail

भारतको राजस्थान तीव्र गर्मीको चपेटामा छ। उक्त क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियस पुगेपछि मृत्युको खबर पनि आउन थालेको छ ।  राजधानी जयपुरमा आठ वर्षयताकै उच्च ४६ डिग्रीभन्दा माथि तापक्रम मापन गरिएको थियो ।  तापक्रमका कारण सर्वसाधरणको  मृत्यु मृत्यु हुन थालेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

राजस्थानका फलोदी सहरमा ५० डिग्री सेल्सियस तापक्रम पुगेको हो । राजस्थानको लगभग सबै ठाउँमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको छ । स्थानीय सरकारले गर्मी मौसममा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

राजस्थानमा ‘हिट स्ट्रोक’ बिरामीहरूको सङ्ख्या तीन हजार भन्दा बढी पुगेको छ । मौसम विभागले पहिले नै मानिसहरूलाई गर्मीको जोखिमबाट बच्न र

0 comment
0 FacebookTwitterEmail

पन्ध्रौँ आवधिक योजनाले वन घनत्वसम्बन्धी निर्धारण गरेका ११ सूचकमध्ये छमा न्यून र चारमा शून्य प्रगति देखिएको छ। महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० मा ११ वटा सूचकमध्ये एउटामा मात्रै उल्लेख्य प्रगति देखिएको छ।

प्रतिवेदनअनुसार जङ्गल घनत्वमा ९७ दशमलव ७२ प्रतिशत प्रगति देखिएको छ भने छ सूचकमा प्रगति सातदेखि ५० प्रतिशत प्रगति भएको छ। त्यसैगरी वैज्ञानिक वन व्यवस्थापन भएको क्षेत्रफल, दर्ता भएका निजी वन विकास, प्लाष्टिक पुनः प्रशोधन गरी तयारी वस्तु उत्पादन गर्ने उद्योग र बायो इन्जिनियरिङ गरेको क्षेत्रफल सूचकमा भने प्रगति शून्य देखिएको छ।

आव २०७९/८० मा लिएको लक्ष्यमध्ये वृक्षारोपण गरिएको क्षेत्रफलको प्रगति दश दशमलव १२ प्रतिशत, विरुवा उत्पादन …

0 comment
0 FacebookTwitterEmail

नेपाल सरकारले मुलुकभित्र बिक्री वितरण हुने पेट्रोल तथा डिजेलमा प्रतिलिटर एक रुपैयाँ ५० पैसाका दरले प्रदूषण नियन्त्रण शुल्क लगाई असुल गर्दै आएको छ। सो व्यवस्थाअनुसार सरकारले आर्थिक वर्ष २०६५/६६ देखि २०७९/८० सम्म रु १९ अर्ब ६० करोड २९ लाख राजस्व असुल गरी सञ्चित कोष दाखिला गरिसकेको छ। प्रदूषण शुल्कबापतको यति ठूलो रकम भने प्रयोजनहीन अवस्थामा छ।

सो रकम प्रत्यक्ष रूपमा प्रदूषण नियन्त्रण एवं रोकथाम गर्न कार्यमा खर्च नगरेको महालेखापरीक्षको कार्यालयको प्रतिवेदनले औँल्याएको छ। जेठ १३ मा सार्वजनिक गरिएको महालेखाको ६१औँ वार्षिक प्रतिवेदनले जुन प्रयोजनका लागि शुल्क उठाएको हो सोही कार्यक्रममा खर्च गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

गत आवमा छ

0 comment
0 FacebookTwitterEmail

दक्षिण एसियाली राष्ट्रहरूमध्ये सबैभन्दा बढी वन क्षेत्र भुटानको कूल भूभागको ६९.७१ प्रतिशत रहेको छ भने सबैभन्दा कम अफगानिस्तानको १.८५ प्रतिशत रहेको छ।  वन तथा वातावरण मन्त्रालयको तथ्याङ्कअनुसार दक्षिण एसियाली मुलुकमध्ये भुटानपछि नेपालको ४५.३१ प्रतिशत, श्रीलङ्काको ३४.१ प्रतिशत, भारतको २१.७१ प्रतिशत, बङ्गलादेशको १२.८ प्रतिशत, पाकिस्तानको ४.८ र मालदिभ्सको २.७ वन क्षेत्र रहेको छ।

विश्व खाद्य तथा कृषि सङ्गठनका अनुसार विश्वको कूल भूभागको ३१.० प्रतिशत बन क्षेत्रले जोगेटेको छ। जम्मा वन क्षेत्रको करिब ५४.० प्रतिशत वन ब्राजिल, क्यानाडा, चीन, रसिया र अमेरिकामा रहेको छ। छिमेकी राष्ट्र चीनको कूल भू–भागको २२.९६ प्रतिशत वन क्षेत्र रहेको छ।

नेपालमा वन क्षेत्रले ६१ लाख ६६ हजार  …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved