बुधवारदेखि तमोर नदीको किनार साँवासेराको जङ्गलमा डढेलो लागेपछि जङ्गल नजिकै घर भएका गाउँले समस्यामा थिए । अकस्मात डढेलो आइपुग्यो भने खर (फुस)को छानो भएका घर गोठ जोगाउने कुनै उपाय नहुने पीर गाउँलेमा थियो ।
सुक्खाले अत्यधिक प्रभावित यस स्थानमा वर्षा नभएको पनि छ महिना भइसकेको छ । वर्षा नहुँदा सुक्खाले पात पतिङ्गर सबै सुकिसकेका छन । त्यसमाथि हावाहुरी अत्यधिक चलिरहेको थियो ।
बुधवारदेखि सल्किएको डढेलो गाउँ आइपुग्न धेरै समय लागेन । साँवासेरामा लागेको डढेलो शुक्रबार कुम्मायक गाउँपालिका–१ यासोकको टङटङे र लेकेताम वनसम्म आइपुगेको थियो ।
डढेलो गाउँमा जानबाट रोक्न अग्नि रेखा निर्माण भएको थिएन । सुक्खाले प्रभावित गाउँमा आगो निभाउने …
