पोखराका ३१ वर्षीय अमित बराल नेपालका प्रसिद्ध फेसन डिजाइनर हुनुहुन्छ । नेपालका टप मोडलदेखि चलचित्रसम्म धेरैका लागि फेसन डिजाइनरको रूपमा उहाँले काम गर्नुभएको छ । उहाँ यस क्षेत्रमा रमाउनुहुन्छ तर बेलाबखत उहाँमाथि भएका यौन हिंसाका घटनाले उहाँ यस क्षेत्रमा असुरक्षित पनि महसुस गर्नुहुन्छ । फेसन डिजाइनको सुरुवातको समयमा एक चलचित्रको निर्देशकसँगको पहिलो भेटमा हात मिलाउँदा (ह्यान्ड सेक) उहाँले आफ्नो शरीर चिसो भएर आएको महसुस गर्नुभयो । सामान्य हात मिलाइ र त्यस निर्देशकको हात मिलाइमा फरक थियो । निर्देशकले उहाँलाई खराब आशयले हात मिलाएको बरालले महसुस गरेकै कारण प्रतिक्रियाविहीन भएर उहाँ अन्यौलमा पर्नुभयो । बराल भन्नुहुन्छ– “अरुले यो घटना सुन्दा पक्कै …
