Home » साहित्य/कला/संस्कृति » Page 11
Category:

साहित्य/कला/संस्कृति

बालबालिको भविष्यको सुनिश्चितताका लागि अभिभावकले सबै त्याग गर्ने गर्दछन् । बालबालिकाको भविष्य निर्माणका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्यको खोजीमा बसाइँसराइ गर्ने गर्दछन् । यसले गर्दा स्थायीरुपमा बसाइँसराइ नगरे पनि अस्थायी सर्ने गर्दछन् ।

विकट जिल्ला मनाङका गाउँमा बालबालिकाको बसोबास नहुँदा ज्येष्ठ नागरिक चिन्तामा छन् । गण्डकी प्रदेशको विकट क्षेत्र मानिने नार्पाभूमि गाउँपालिका–१, २ र ३ मा बालबालिका भेटिँदैनन् । उनीहरुको बसोबास गाउँमा हुँदैन । त्यसले गर्दा यहाँका ज्येष्ठ नागरिक चिन्तित छन् ।

नारगाउँका ८६ वर्षीय याङ्चु कर्मा लामा भन्नुहुन्छ, “गाउँमा बच्चा नै भेटिदैनन्, हामी बाँच्दासम्म मात्रै हाम्रो परम्परा, संस्कार, संस्कृति रहन्छ होला, अहिलेका बच्चाहरु सबै पढ्न र काम गर्ने गरी अन्तै …

0 comment
0 FacebookTwitterEmail

मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ कन्सर्टको बेलायतमा आयोजना हुँदैछ। यही वैशाख २३ गते बेलायतको क्यामवर्लीस्थित लेकसाइड कन्ट्री क्लवको हलमा आयोजना हुने सो कन्सर्टका लागि गायिका आनी छोइङ र मानवसेवा आश्रमका संस्थापक एवम् केन्द्रीय अध्यक्ष रामजी अधिकारी आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ।

मानवसेवा आश्रम युके च्याप्टरको आयोजनामा बेलायतमा मे ५ मा कन्सर्ट र मे १९ सम्म मानवता प्रवर्ध्दनसम्बन्धी विभिन्न रचनात्मक कार्यक्रमहरू आयोजना हुने आयोजक संस्थाका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो। विगतमा पनि आश्रमद्धारा बेलायतमा आमा सेमिनारलगायत मानवता प्रवद्र्धनसम्बन्धी कार्यक्रम सम्पन्न भइसकेका अधिकारीको भनाइ छ। यसपटक हुनलागेको कन्सर्ट मानवसेवा आश्रमको बेलायतमा तेस्रो कार्यक्रम हो। ‘इनर मेलोडी फर …

0 comment
0 FacebookTwitterEmail

नेपाली चलचित्रमा अभिनेत्रीको भूमिका प्रायः अभिनेता केन्द्रीत हुनेगर्छ। अर्थात् उनीहरू अभिनेताको जोडी बनेर मात्र पर्दामा देखिने गरेका छन्। केही चलचित्रमा मात्र कथालाई ‘लिड’ गर्ने कार्यभार अभिनेत्रीले पाएका छन्। किनकी धेरै निर्देशक आफ्नो कथाको  मुख्यपात्र ‘हिरो’ अभिनेतालाई नै बनाउने गर्छन्। तर, यसलाई तोड्ने पछिल्लो एक चलचित्र हो, ‘बोक्सीको घर’। यसमा प्रायः कलाकार महिला छन्।

केकी अधिकारीले निर्माण गर्नुभएको चलचित्रमा चिनिने अनुहार उहाँ मात्र हुनुहुन्छ। यद्यपि चलचित्रले व्यावसायिक रुपमा सफलता प्राप्त गरिरहेको छ। निर्माण पक्षले उपलब्ध गराएको तथ्याङ्कअनुसार शुक्रबारदेखि सोमबारसम्म चलचित्रको व्यापार रु तीन करोड २४ लाख भइसकेको छ। चलचित्रले चार दिनमै लगानी सुरक्षित गरेर घरेलु बजारमै मुनाफा प्राप्त गरिसकेको छ।

यो …

0 comment
0 FacebookTwitterEmail

अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित हुनुहुन्छ। उहाँले निर्देशन गर्नुभएको चर्चित नाटक हो ‘डिग्री माइला’। त्यही नाटकको मूल कथालाई टेकेर बनेको डिग्री माइला अहिले चलचित्रका रुपमा प्रदर्शनरत छ। नाटक निर्देशनकै बेला उहाँले शैक्षिक बेरोजगारीको कथालाई रोज्नुभएको थियो। डिग्री माइलामार्फत पनि सामाजिक, शैक्षिक र राजनीतिक विषयमा व्यङ्ग्य गरिएको उहाँले बताउनुभयो।

“हामीले तयार गरेको डिग्री माइला गाउँमा देखेको पात्रकै प्रतिनिधित्व हो किनकि उनीहरू आफूभन्दा अघिल्लो पुस्तासँग घुलमिल हुन सक्दैनन् र नयाँसँग विचार मिल्दैन”, उहाँले भन्नुभयो, “त्यसैकारण माइलामार्फत कथा भन्न मन लागेको हो। नाटक बन्दा नै यसलाई ठूलो पर्दामा ल्याएर धेरै दर्शकलाई देखाउनुपर्छ भन्ने लागेको थियो। ”

डिग्री माइला …

0 comment
0 FacebookTwitterEmail

वैशाख १४ देखि नेपाली चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन गरिएको छ। अभिनेत्री केकी अधिकारीले निर्माण गर्नुभएको चलचित्रमा मुख्य भूमिकामा उहाँ नै हुनुहुन्छ।

चलचित्र क्षेत्रमा स्थापित नाम बनिसक्नुभए तापनि उहाँ उक्त भूमिका निर्वाह गर्न अभिनयको कक्षा लिएर चरित्र निर्माणका लागि छ महिना कार्यशालामा बस्नुभएको थियो। त्यसपछि अडिसनमार्फत् निर्देशक तथा लेखक सुलक्षण भारतीले अभिनेत्री अधिकारीलाई शीर्ष भूमिकामा सहमति दिनुभएको हो। सयौँ साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) मा अभिनय गरेपछि झन्डै डेढदशक अगाडि ‘स्वर’ चलचित्रमार्फत अभिनेत्रीको रुपमा ठूलो पर्दामा आउनुभएकी अभिनेत्री अधिकारीले यस किसिमको अनुभव पहिलो पटक सङ्गाल्नु भएको हो।

“मलाई त्यो भूमिका निर्वाह गर्नु थियो। मैले गरिरहेको काम भन्दा फरक भएकाले मैले नयाँ कलाकार …

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—१४

पाण्डवहरूकी एकमात्र आधिकारिक पटरानीका रुपमा द्रौपदी स्वीकार गरिएकी भए पनि महाभारतमा अरु पनि मातृशक्तिहरूको भूमिका देखिन्छ। महाभारतमा को मुख्य पात्र भन्ने प्रश्न आफैँमा अनुत्तरित नै छ। झन त्यसमा पनि महिला पात्र को मुख्य भन्ने प्रश्न पनि आउने गर्छ।

त्यसो त जय नामक महाकाव्य, जसलाई पछि गएर महाभारतको नाम दिइयो, त्यसमा सबै पात्रहरूको आफ्नै आप्mनै भूमिका पाइन्छ। जस्तो कि गङ्गाको भूमिका महाकाव्यमा एकदम कम देखिन्छ तर उनलाई महाभारतबाट यदि हटाएमा देवब्रतको जन्म हुने थिएन र तिनै देवब्रत पछि गएर कुरुवंशका शिरोमणिको रुपमा हस्तिनापुरका अभिभावक बनेका थिए। महाभारतको युद्धमा १८ अक्षौहिणी सेना जम्मा भएका थिए जसमा हस्तिानपुरका …

0 comment
0 FacebookTwitterEmail

विगतमा बागलुङमा लाग्ने चैतेदसैँको मेलामा अत्यधिक बिक्री हुने ठेका, नाङ्ला र मादालजस्ता उत्पादनको व्यापार घटेको छ । पछिल्लो समय आँसी, बाउँसो, मदानी, मान्द्रो र मादलको व्यापार बर्सेनि खस्कँदै आएको व्यापारीहरुको भनाइ छ ।

विगतमा चैतेदसैँको अवसरमा लाग्ने बेलामा यस्ता सामग्रीको व्यापार उच्च हुने गरेकोमा अहिले बिक्री शून्यप्रायः रहेको व्यापारीहरुको भनाइ छ । यद्यपि परम्परा धान्नकै लागि भने यसप्रकार घरेलु सामग्रीको उत्पादन भने भइरहेको उनीहरुले बताएका छन् ।

बागलुङको बडिगाड गाउँपालिका–४ खिमबहादुर विकले पुर्खाको परम्परा धान्नकै लागि आठ वर्षयता निरन्तर चैतेदसैँ मेलामा डालो, नाङ्लो र डाली बिक्री गर्न आइरहेको सुनाउनुभयो । उहाँले एक सय डाला बिक्री गर्न पनि मुस्किल परेको गुनासो …

0 comment
0 FacebookTwitterEmail

तीस वर्षअगाडि रोजगारीको सिलसिलामा भारत पुग्नुभएका हेम रानाले नेपालमा ‘भारतको सामूहिक अभिव्यक्ति’को पहिलो प्रदर्शनी गरिरहनुभएको छ। गत वर्षको अन्तिममा बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा सुरु गरिएको प्रदर्शनीमा अमित कल्ला, सिआर एम्ब्राम, हिम्मत ग्यारी, एमडी सुलेमान, रवि ठाकुरलगायत १२ चित्रकारका चित्र छन्।

रङ्गमञ्च र चित्रकलालाई मनोरञ्जनका प्रारम्भिक क्षेत्र मानिए पनि युवाको आकर्षण भने कम देखिन्छ। यद्यपि भारतमा केही वर्षयता प्रदर्शनी व्यवस्थापन गर्ने काम (क्युरेट) गरिरहनुभएका रानाले लामो प्रयासपछि नेपालमा भारतीय कलाकारका अमूर्त शैलीका चित्र प्रदर्शनी गर्न सम्भव भएको बताउनुभयो।

“भारतमा चित्रकला प्रदर्शनी गरे पनि नेपालमा आउन समय नै लाग्यो। मलाई सिद्धार्थमै प्रदर्शनी गर्नु थियो। गत वर्षदेखि योजना बनाएर अहिले प्रदर्शनी भइरहेको छ”, …

0 comment
0 FacebookTwitterEmail

काठमाडौँ महानगरपालिकाले चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने काम सुरु गरेको छ। ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा कामपाले सार्वजनिक स्थानका पर्खालमा कलात्मक चित्र लेखनको काम थालेको हो। उक्त कार्यका लागि कामपा र प्रतिष्ठानबीच २०८० फागुन १७ गते सम्झौता भएको थियो।

सम्झौताबमोजिम चित्र लेखनका लागि कलाकार र यससँग सम्बन्धित सङ्घसंस्थाको छनोट प्रतिष्ठान आफैँले गरेको हो। अहिले सुन्धारा क्षेत्रमा चित्र बनाउने काम भइरहेको छ। यसपछि त्रिपुरेश्वर रङ्गशालाको भित्तो, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्तो, प्रदर्शनी मार्गका भित्तो, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर, बानेश्वर, मीनभवन, लैनचौर समाजकल्याण परिषद्को भित्ता चित्र कोरिने कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो।

उहाँका अनुसार चित्र लेखन गर्दा स्थानअनुसारका आकृतिलाई प्राथमिकता दिइनेछ। रङ्गशाला …

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—१३

पाण्डवहरूका वैध सन्तानहरूमध्ये सबैभन्दा जेठो सन्तान कुन हो भन्ने महाभारतले स्पष्ट रुपमा भनेको पाइँदैन। कति सन्तानहरू थिए र कति रानीहरू थिए भन्ने पनि स्पष्ट हुँदैन तर पनि हिडिम्बाबाट जन्मेको सन्तान घटोत्कच नै पहिलो सन्तान हो भन्नेचाहिँ स्पष्ट हुन्छ। त्यो बेलाको राज्यको नियमले घटोत्कचलाई भीमको सन्तानको दर्जा दिएको त पाइन्छ तर राज्यको राजा हुने अधिकार भने नभएको देखिन्छ। हिडिम्ब अथवा हिडिम्बासुर जो निशाचरहरूमध्येको राजा थियो। जब लाक्षागृह जलाएर पाण्डवहरू माता कुन्तीसहित सुरुङ्को बाटो वारणावत सहर बाहिर निस्कँदै थिए। एकातिर आफ्नो परिचय खुल्ने डर, अर्कोतिर बाँचेर शक्ति सञ्चय गरेर हस्तिनापुरमा आफ्नो अधिकारको राज्य फिर्ता लिने उपायको खोजी …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved