Home » सुरक्षा/अपराध » Page 10
Category:

सुरक्षा/अपराध

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–९ को एउटा घरमा जीप ठोक्किदा सात जनाको मृत्य भएको छ। बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप अनियन्त्रित भई देवचुली नगरपालिका–९ गोरेघुम्तीमा सडक छेउको घरमा ठोक्किएको थियो।

आइतबार भएको सो दुर्घटनामा परी तीन महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा गम्भीर घाइते मध्यविन्दु नगरपालिका–२ का चिरन अर्यालको उपचारका क्रममा मृत्यु भएको हो।

गम्भीर घाइते अर्यालको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो । योसँगै दुर्घटनामा परी ज्यान जानेको सङ्ख्या सात पुगेको छ।

घटनास्थलमै मृत्यु भएका छ जनामध्ये …

0 comment
0 FacebookTwitterEmail

धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्का प्रहरी हेडक्वार्टर तानिएका छन् ।  खड्कालाई धनुषा प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालय तानिएको गृहमन्त्रालयको एक स्रोतले जानकारी दिएको छ।

धनुषामा मृत अवस्थामा फेला परेकी आरती साहको परिवारले खड्कालाई त्यहाँबाट हटाएर कारबाही गर्न माग गर्दै माइतीघरमा धर्ना बसिरहेका छन् ।

जेठ ३० गते आरती साहका परिवारले दिएको बयानमा हेरफेर भएको भन्दै हस्ताक्षर गर्न नमानेपछि झडप भएको थियो। झडपका क्रममा आरती साहकी बहिनी मनिषा, भाई प्रेम, बुबा विनोदप्रसादमाथि कुटपिट गरेको आरोप एसपी खड्कामाथि छ।

खड्का २०७९ पुस १२ मा धनुषामा सरुवा भएका थिए । सोमबार गृह मन्त्रालयले आरती साहको परिवारलाई वार्तामा आउन आग्रह गरेको

0 comment
0 FacebookTwitterEmail
Older Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved