

सशस्त्र प्रहरीका डिआइजी अञ्जनी पोखरेलका घुमुवा सशस्त्र प्रहरी सहायक निरीक्षक सिकेन्द्र कुँवरको मिलेमतोमा लामो समयदेखि हुँदै आएको काठ तस्करीको जालो शनिश्चरे प्रहरी चौकीका प्रहरी नायव निरीक्षक कुमार खड्काले तोडेका छन् ।
दक्षिणी इलामका सामुदायिक वन र अर्जुनधारा नगरपालिका क्षेत्रभित्र पर्ने सामुदायिक वनबाट हुँदै आएको काठ तस्करी रोक्न प्रहरी नायव निरीक्षक खड्का तस्कर नियन्त्रणमा उत्रिएसँगै सशस्त्र प्रहरीसँगको मिलेमतोमा हुँदै आएको काठ तस्करी रोकिएको हो ।
अर्जुनधारा–५ बाँसबारीस्थित भित्री सडक खण्डबाट काठसहित ट्याक्टर नियन्त्रणमा लिएर जिल्ला वन कार्यालय झापालाई बुझाएसँगै सशस्त्र प्रहरी बल शनिश्चरे र सशस्त्र प्रहरी बल खुदुनावारीसँगको मिलेमतोमा लामो समयदेखि काठ तस्करी हुँदै आएको विषय सतहमा आएको हो ।
सशस्त्र …
उहाँका अनुसार भारतीय एक सय ३५, चिनियाँ २९, पाकिस्तानका १७, दक्षिण अफ्रिकाका १४, बगङ्लादेश नौ, थाइल्याण्ड आठ, बोलिभिया पाँच, मलेसिया चार, फिलिपिन्स तीन, अमेरिका तीन, जर्मनी तीन, सुडान तीन रहेका छन् ।
विभिन्न समयमा नेपालबाट चोरी गरी अमेरिका पुराइएका चार वटा पुरातात्त्विक मूर्तिहरू अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ ।
अमेरिकाको म्यानहट्टन जिल्ला न्यायाधिवक्ता एल्भिन एल ब्राग, जुनियरले आज एक विशेष समारोहबिच चार पुरातात्त्विक वस्तुहरू हस्तान्तरण गरेको बताउनुभयो ।
नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र युएस होमल्यान्ड सेक्युरिटी इन्भेष्टिगेशन (एचएसआई) का डेपुटी स्पेशल एजेन्ट क्रिस्टोफर लाउसहितको उपस्थितिमा ती पुरातात्त्विक वस्तुहरू फिर्ता गरिएको हो ।
न्युयोर्कस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा नेपाली महावाणिज्य दूतावास मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिएकोमा दुई वटा भैरव मास्क रहेका छन् साथै शिव पार्वती (उमा महेश्वर) र दुर्गाको ढुङ्गाको मूर्ति रहेका छन् । ती मूर्तिहरू १६ औँ र १७ …
नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले सुनाएको थुनछेक आदेशविरुद्ध दायर पुनरावलोकन निवेदनमाथि उच्च अदालत पाटनले आजै (शुक्रबार) आदेश दिने सम्भावना छ।
न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा बिहीबार सुनुवाइ सकिएको थियो। जिल्ला अदालतको थुनछेक आदेशानुसार पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तका कानुन व्यवसायीले जबाफी बहस सकेपछि बिहीबार सुनुवाइ पनि सकिएको थियो। उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले उक्त मुद्दामा शुक्रबार आदेश हुनसक्ने जानकारी दिनुभयो ।
काठमाडौं जिल्ला अदालतले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म १६ जना अभियुक्तहरूलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न भन्दै असार १ गते थुनछेक आदेश जारी गरेको थियो। यस्तै, २ अभियुक्तलाई तारेख तथा धरौटीमा रिहा गर्ने जिल्लाको आदेशविरुद्ध …
हामीलाई लाग्छ नजिकका नातागोता, आफन्त इष्टमित्र तथा चिनजानका व्यक्तिबाट यौनजन्य दुर्व्यवहार, हिंसा तथा असुरक्षाका घटना हुन सक्दैन । तर वास्तविकता भने निकै भयानक छ । महिला तथा बालबालिका विरुद्ध हुने विभिन्न हिंसा तथा यौन दुर्व्यवहारका अधिकांश घटना नाता–सम्बन्ध र चिनजानका व्यक्तिबाटै हुने गर्छ ।
प्रहरीको तथ्याङ्क अनुसार ८८.२ प्रतिशत नाता–सम्बन्ध र चिनजानका व्यक्तिहरू नै यस्ता घटना भइरहेका छन् । प्रहरीको एक वर्षको अध्ययनले नाता–सम्बन्धबाटै भएका यौनजन्य हिंसाका घटनाको भयानक चित्रण गरेको छ । प्रहरीले एक वर्षमा ८८.२ प्रतिशत अर्थात् तीन हजार दुई सय ४३ जना चिनजानका अभियुक्तलाई पक्राउ गरेको छ । जसमा आठ सय १० जना पारिवारिक नातासँग जोडिएकै व्यक्ति …
बल्खुमा युवा संघ र दुर्गा प्रसाईं कार्यकर्ताबिच झडप भएको छ । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो ।
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ । त्यही बेला युवासंघको र्याली बल्खुमा पुगेको थियो । युवा संघले भने तीनकुनेमा प्रदर्शन गर्दैछ ।
झडपपछि प्रहरीले माइकिङ गरेर आआफ्ना कार्यक्रम स्थलमा जान भनेको छ । ‘तपाईहरुको कार्यक्रम बल्खुमा हो भने जानुहोला, तीनकुने हो भने तीन कुनेमा जानुहोला चोकमा नबस्नुहोला’, माइकिङ गर्दै प्रहरीले भनेको छ ।
झडपका क्रममा युवा संघका कार्यकर्ता चढेका र सडकछेउमा …
इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले हमासले बन्धक बनाई गजातर्फ लगेकाहरूमा नेपालका विपिन जोशी पनि रहेको जानकारी दिएको छ।
इसराइलस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा आइडिएफका प्रवक्ताले हमासको बन्धकमा हुनेहरूमध्ये विपिन जोशी समेत रहेको दूतावासलाई जानकारी दिएको उल्लेख छ।
गत असोज २० गते इजरायली भूमिबाट उनी हमास समूहको कब्जामा रहेका थिए। इजरायलस्थित नेपाली दूतावासले उनी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको रिपोर्टिङ परराष्ट्र मन्त्रालयलाई गरेको हो ।
इसराइलस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा आइडिएफका प्रवक्ताले हमासको बन्धकमा हुनेहरूमध्ये विपिन जोशी समेत रहेको दूतावासलाई जानकारी दिएको हो ।
दक्षिणी ईजरायलको किब्बुज-अलुमिम मा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरु भध्येमा नेपाली विद्यार्थी श्री …
भारतको उत्तर प्रदेश, आगराको ब्रह्मकुमारी आश्रममा बस्ने दुई दिदीबहिनीले एक साता अगाडि धनतेरसको रात (गत शुक्रवार १० नोभेम्बर) राती गरेको आत्महत्याले भारतका ब्रह्माकुमारी आश्रममा हलचल मच्चिएको छ, मानिसहरूले विभिन्न किसिमका प्रश्न उठाइरहेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार ३८ वर्षीय दिदी एकता सिंघल र ३२ वर्षीय बहिनी शिखा सिंघलको शव झुन्डिएको अवस्थामा फेला परेको थियो। घटनास्थलमा दुई वटा सुसाइड नोट पनि भेटिएको छ। यसमा माउन्ट आबु र ग्वालियरमा रहेको केन्द्रसँग सम्बन्धित दुई जनासहित चार जनामाथि उत्पीडनको आरोप लगाइएको छ। उत्पीडनका कारण आत्महत्या गरेको प्रहरीले जनाएको छ।
…सुसाइड नोटमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई सहयोगको लागि अनुरोध गरिएको छ। दुवै दिदीबहिनीले आफूलाई उत्पीडन
सस्तो तर असुरक्षित सवारीसाधन टेम्पो दुर्घटनाका बुधबार राती भएका दुई छुट्टाछुट्टै घटनामा अछाम र सुनसरीमा तीन जनाको मृत्यु हुनुका साथै सातजना घाइते भएका छन्। खतरनाक पहाडी बाटोमा तीब्र गति, अनावश्यक स्थानमा ओभरटेक गर्ने, चाँडै पुग्ने प्रतिस्पर्धा, मदिरा पिएर सवारी चलाउने लगायतका लापर्वाहीले दुर्घटना बढी भइरहेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ।
अछामको समाचार अनुसार टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र०१००१ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार नगरपालिका–४ का दीपक बोहरा र वडा नं २ का जनक …
सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com