Home » अर्थतन्त्र/विकास » Page 19
Category:

अर्थतन्त्र/विकास

बिहीबारदेखि जनकपुरधाम जारी जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको चौथो दिन आज विभिन्न चार वटा विषयमा विमर्श गरिएको छ। पाँच दिवसीय यो महोत्सवमा माघ २१ गते विदेश जाँदै मधेस, मिथिला चित्रकलामा समकालीनता, भाषाको सीमा र अनुवाद, लालित्य र लोकसरोकार भन्ने विषयमाथि छुट्टाछुट्टै सत्रमा विमर्श भएका महोत्सव आयोजक मिथिला विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिनुभयो।

त्यसैगरी दुई वटा नाटक प्रदर्शन र प्रतिष्ठित स्थानीय तथा अन्य क्षेत्रबाट आएका कलाकर्मीहरुबाट नाटक, साङ्गीतिक प्रस्तुतिलगायत कार्यक्रम पनि भएका अध्यक्ष चौधरीले बताउनुभयो।  यस क्रममा ‘विदेश जाइत मधेस (विदेश जाँदै मधेस)’ शीर्षकमाथिको विमर्शका वक्ताहरुले मधेसजस्तो उर्बर तथा समथर भूमिमा रोजगारीका अवसर सृजना गर्ननसक्दा युवा दिनप्रतिदिन …

0 comment
0 FacebookTwitterEmail

इलाम नगरपालिकाले दुग्धजन्य पदार्थको निकासी र बजारीकरणमा देखिएको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ। इलाम नगरपालिकाले २४औँ नगरसभाले विशेष प्रस्ताव पारित गर्दै दुग्ध विकास संस्थान (डिडीसी) विराटनगर शाखाबाट किसानलाई भुक्तानी दिनुपर्ने बक्यौता रकम भुक्तानीको व्यवस्था मिलाउन कोशी प्रदेश सरकार र नेपाल सरकारसग माग सो माग गरेको हो। डिडिसीले इलामका किसानलाई २०८० साउनदेखि पुस महिनासम्मको रु नौ लाख ५६ हजार पाँच सय ६० लिटर दूधको भुक्तानी दिन बाँकी छ।

डिडीसिले बिब्ल्याँटेस्थित दूग्ध चिस्यान केन्द्रलाई दुई लाख ११ हजार ५० लिटर, तीनघरेस्थित दूग्ध चिस्यान केन्द्रलाई  दुई लाख ६१ हजार छ सय १० लिटर, फिक्कलस्थित दूग्ध चिस्यान केन्द्रलाई  एक लाख ८२ हजार …

0 comment
0 FacebookTwitterEmail

खोटाङ, दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका आठ सय घरका उपभोक्तालाई खानेपानी उपलब्ध गराउने गरी सुरु गरिएको ‘दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना’को काम तीव्र गतिमा अगाडि बढेको छ।

खानेपानी मन्त्रालयको भ्याटसहित रु ३१ करोड १८ लाख ९२ हजार छ सय ५६ लगानीमा बतासेका आठ सय बासिन्दाको घरघरमा एक/एक खानेपानीको धारा उपलब्ध गराउने गरी डेढ वर्षअघि ‘दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना’को काम ठेक्कामार्फत सुरु गरिएको हो।

सगरमाथा ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनीले निर्माणको ठेक्का लिएको आयोजनाको काम ४० प्रतिशत पूरा भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालयका प्रमुख इञ्जिनियर विपुलकुमार लालदासले जानकारी दिनुभयो। “दिप्रुङ लिफ्टिङ खानेपानी आयोजनाको मुख्य संरचना निर्माणको काम सम्पन्न भइसकेको छ, तोकिएकै …

0 comment
0 FacebookTwitterEmail

सङ्खुवासभाको भोटखोला गाउँपालिकामा रहेको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको वरुण नदीबाट विद्युत् उत्पादन गर्ने भएपछि यस नदीको अस्तित्व खतरामा पर्ने भएको छ।

मौलिक पहिचानका साथै अलौकिक शक्ति रहेको भनिएको उक्त नदी संरक्षण हुन नसक्दा यसको महत्व गुम्ने खतरा बढेपछि विद्युत् उत्पादनमा रोक लगाइएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले बताउनुभयो। उहाँका अनुसार गाउँपालिकाको १३औँ बैठकबाट धार्मिक तथा सांस्कृतिक सम्पदा क्षेत्रअन्तर्गत पर्ने वरुण नदीबाट विद्युत् उत्पादन रोक लगाउने निर्णय भएको थियो।

नदीबाट १३२ मेगावाटको जलविद्युत् आयोजना निर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत कात्तिक २३ गते निर्माण कम्पनीलाई अनुमति दिएको थियो।

विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागले धार्मिक तथा सांस्कृतिक सम्पदा …

0 comment
0 FacebookTwitterEmail

सन् १९९१ को दशकको प्रारम्भमा, प्रत्येक अमेरिकी जागिरे युवा र सेवा निवृत्त दम्पतीले इलेक्ट्रिक पाउरोटी बनाउने मेसिन किन्न थाले  जसले गर्दा छोटो समयमै त्यो मेसिनको ४० लाख थान बिक्री भयो । तर घरमा आफैले पाउरोटी बनाउन समय बढी लाग्न थाल्यो । आफैले बनाउँदा भन्दा नजिकको बेकरीबाट किन्दा समय र पैसाको बचत हुने देखेपछि यसको माग चाडै घट्यो।

के विद्युतीय सवारी साधनहरू पाउरोटी बनाउने मेसिनहरू जस्तै  हुने त होइनन् ?

टेस्लाका संस्थापक एलन मस्कको उद्यमशील प्रतिभा, विद्युतीय सवारी साधनहरूलाई सरकारी अर्बौँ डलरको अनुदानका बाबजुद पनि उपभोक्ताहरू अझै पनि आफ्नो ग्यारेजमा विद्युतीय चार्जिंग फिट गर्नु भन्दा पेट्रोल पम्प जान रुचाउँछन्। जेडी पावरको

0 comment
0 FacebookTwitterEmail

आगामी वैशाख १६ र १७ गते यहाँ आयोजना हुने तेस्रो लगानी सम्मेलनका लागि कानुनी सुधारको सिफारिस गर्न गठिन कार्यदलले विभिन्न एक दर्जन ऐन तथा नियमावली संशोधन गर्न सिफारिस गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक तथा पूर्वाधार क्षेत्रको जिम्मेवारी पाउनुभएका सचिव एकनारायण अर्यालको संयोजकत्वमा गठित सुझाव कार्यदलले यस्तो सुझाव दिएको हो। मुलुकमा स्वदेशी एवं विदेशी लगानी आकर्षित गर्न एक दर्जन कानुन र नियमावलीमा संशोधन प्रस्तावसहित कार्यदलले आज मुख्यसचिव डा बैकुण्ठ अर्याललाई सुझाव पेश गरेको छ।

औद्योगिक व्यवसाय ऐन २०७६, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, विशेष आर्थिक क्षेत्र ऐन २०७३, वन ऐन २०७६, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन …

0 comment
0 FacebookTwitterEmail

हिमाली जिल्ला मनाङमा पहिलो पटक राष्ट्रिय प्रशारण लाइनमा जोडिने गरी जलविद्युत् आयोजना निर्माण हुँदैछ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रमा नै एक सय ३५ मेगावट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण हुने भएको छ।

गत मङ्गलबारको मन्त्रिपरिषद्को बैठकमा जलविद्युत् आयोजनाको संरचना निर्माणका लागि वन क्षेत्रको जग्गा दिने निर्णय भएको आयोजनाका प्रबन्धक प्रतीक महर्जनले जानकारी दिनुभयो। यसका साथै आयोजना निर्माणका लागि वन क्षेत्रमा पर्ने एक हजार आठ सय ३९ रुख काट्न र पोल हटाउन स्वीकृति पाएको उहाँले बताउनुभयो।

मन्त्रिपरिषद्को बैठकबाट आयोजना निर्माणस्थलमा भएका रुख काट्न र पोल हटाउन स्वीकृति दिने निर्णय भएसँगै प्रशासनिक र कानुनी तवरबाट जग्गा प्राप्तिको कामलाई प्राथमिकता …

0 comment
0 FacebookTwitterEmail

कुखुराको सफा र स्वस्थ्यकर मासु उत्पादन गरी उपभोक्तालाई  वितरण गर्ने उद्देश्यले पर्वतमा स्थापना गरिएको वधशाला लामो समयदेखि प्रयोगविहीन छ। पर्वतको कुश्मा नगरपालिका–४ स्थित अर्मादीमा एक निजी कृषि फार्मले रु तीन करोड लागतमा स्थापना गरेको वधशाला प्रयोगविहीन बनेको हो। स्थानीय किसान लालबहादुर हरिजनले रु तीन करोडको लगानीमा वधशाला स्थापना गर्नुभएको थियो।

किसान हरिजनले पाँच वर्ष पहिले इटलीबाट खरिद गरी सञ्चालनमा ल्याएको वधशालातर्फ मासु उत्पादक र विक्रेताको आकर्षण हुन नसक्दा बन्द गर्नुपरेको हो। वधशाला ऐन, २०५५ लागू गर्न सरकारले कुनै चासो नदेखाउँदा समस्या भएको हरिजनले बताउनुभयो। कुखुराको मासु अव्यवस्थित रूपमा बिक्री वितरण भइरहेको अवस्थामा आधुनिक स्वचालित मेसिन रहेको वधशाला बन्द गर्नुपरेको भन्दै …

0 comment
0 FacebookTwitterEmail

मुलुकको वैदेशिक व्यापारका सूचक घटिरहेको अवस्थामा कूल राजस्व सङ्कलनमा भने सकारात्मक परिवर्तन आएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्म रु एक खर्ब ८८ अर्ब १७ करोड राजस्व सङ्कलन भएकामा चालु आव २०८०/८१ को सोही अवधिमा रु दुई खर्ब १० करोड राजस्व सङ्कलन भएको छ। जुन छ दशमलव ३४ प्रतिशतले वृद्धि भएको हो।

राजस्व सङ्कलन भन्सार प्रशासनको महत्वपूर्ण कार्यका रुपमा लिइने गरिएको छ। मुलुकको कूल राजस्वको करिब ५० प्रतिशत राजस्व भन्सार प्रशासनले सङ्कलन गर्दै आएको छ। चालु आवको छ महिनाको वैदेशिक व्यापारको तथ्याङ्कलाई हेर्दा राजस्व योगदानमा मुख्यतः डिजेल, पेट्रोल, जिप, कार, भ्यान, तयारी कपडालगायत वस्तु रहेका …

६ महिनामा ७ खर्बको व्यापार घाटा, आयात ३.०९ र निर्यात ७.२३ % ले घट्यो, तैपनि राजस्व सङ्कलन ६.३४% ले वृद्धि
0 comment
0 FacebookTwitterEmail

अर्थमन्त्री डा प्रकाशशरण महतले राजनीतिक परिवर्तन पछि अब आर्थिक समृद्धि र पूर्वाधार निर्माणका कामलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ। नेपाल मार्केटिङ एशोसियनले माघ १३ गते काठमाडौँ यहाँ आयोजना गरेको एनमए मार्केटिङ समिटको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै डा महतले अर्थतन्त्र विस्तारै लयमा फर्किएकाले अब पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको हो।

“देशको अर्थतन्त्र समस्यामा थियो, विस्तारै सुधार हुँदैछ। हामीले धेरै राजनीतिक आरोह–अवरोह पार गरिसक्यौं, राजनीतिक पूर्वाधार तयार पारिसक्यौं। अब अर्थतन्त्रको पूर्वाधार तयार पार्न आवश्यक छ। यो पूर्वाधार हामी तयार पार्न सक्छौं भन्ने कुरामा विश्वस्त छौं” मन्त्री डा महतले भन्नुभयो, “हाम्रो आर्थिक सूचाङ्क सकारात्मक छन्। मूल्यवृद्धि नियन्त्रणमा छ। ब्याजदर घटिरहेको छ। शेयर बजारमा सुधार …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved