कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा आठ वर्षअघि निर्माण भएको लिफ्ट सिँचाइ आयोजना अलपत्र परेको छ। सिँचाइ आयोजना पूर्णरूपमा सम्पन्न नगरी अलपत्र छाडिएको हो। आयोजनाका लागि संरचना निर्माण गरिए पनि किसानको खेतमा भने पानी पुग्न सकेको छैन।
विसं २०७२ मा निर्माण प्रारम्भ गरिएको आयोजनाको काम विसं २०७३ मङ्सिरमा सम्पन्न भएको जनाइएको छ। सिँचाइ आयोजनाका लागि पाइपलाइन बिच्छ्याउने काम पूरा नगरीकनै निर्माण व्यवसायीले भुक्तानी लिएर गएपछि आयोजना सञ्चालनमा आउन नसकेको स्थानीय उपभोक्ताको भनाइ छ।
नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबी)को संयुक्त लगानीमा सामुदायिक सिँचाइ आयोजना (सिआइपी) कञ्चनपुरअन्तर्गत रु ४४ लाख ६१ हजार नौ सय ७२ को लागतमा ठेक्का प्रक्रियामार्फत सिँचाइ आयोजना निर्माण …
