Home » समाचार » Page 38
Category:

समाचार

नेपालले आज काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतको सामना गर्दै छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने फाइनल खेल साँझ ५ बजेदेखि शुरु हुने छ ।

मंगलबार सम्पन्न सेमिफाइनल खेलमा नेपालले इरानलाई सोझो सेटमा ३-० ले पराजित गरेको थियो । त्यस्तै पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।

लिग चरणमा नेपालले भारतलाई पराजित गरिसकेको हुनाले आज फाइनलमा नेपाल उच्च मनोबलका साथ खेल्दै छ । फाइनल खेलमा खेलाडीको मनोबल बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीसमेत उपस्थिति हुने भएका छन् ।

त्यस्तै आजै तेस्रो स्थानको खेल इरान र श्रीलंकाबीच दिउँसो २ बजेदेखि हुने छ ।

0 comment
0 FacebookTwitterEmail
हाल देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको बाह्रबिसेमा सबैभन्दा धेरै वर्षा भएको छ ।

सिन्धुपाल्चोकमा नाकोटेको मेलम्ची नदी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । जलसतह बढ्दो क्रममा रहेकाले मेलम्ची बजारलगायत तल्लो नदी तटीय क्षेत्रमा बाढीको जोखिम बढेको हुँदा सतर्कता अपनाउन बाढी महाशाखाले आग्रह गरेको छ ।

काठमाडौं उपत्यकामा अहिले पानी पर्न रोकिएको छ । तर, दिउँसो भने काठमाडौंमा पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार रातिदेखि परेको वर्षाका कारण मंगलबार बिहान काठमाडौं उपत्यका जलमग्न भएको थियो । आज दिउँसो पनि मधेशबाहेक देशभर

0 comment
0 FacebookTwitterEmail

काठमाडौँमा जारी काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनलका खेल आज हुँदैछन् ।

जस अन्तर्गत पहिलो सेमिफाइनल भारत र श्रीलंकाबीच हुनेछ । यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा दिउँसो ३ बजे सुरु हुनेछ ।

यस्तै, दोस्रो सेमिफाइनल नेपाल र इरानबीच अपराह्न सवा ५ बजे सुरु हुनेछ ।

समूह चरणको खेलमा भारत १० अंकसहित शीर्षस्थानमा र नेपाल ९ अंकसहित दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका हुन् ।

त्यस्तै, इरान ७ अंकसहित तेस्रो तथा श्रीलंका ४ अंकसहित चौथो हुँदै सेमिफाइनलमा पुगेका हुन् । माल्दिभ्स भने लिग चरणबाटै बाहिरिसकेको छ ।

0 comment
0 FacebookTwitterEmail

बेलायतमा गत साता सुरु भएको हिंसात्मक प्रदर्शनमा अहिलेसम्म झण्डै ४०० जना पक्राउ परेका छन् ।

राष्ट्रिय प्रहरी प्रमुख काउन्सिलले यस्ता गिरफ्तारी दिनानुदिन बढ्न सक्ने बताएको छ ।

यसअघि प्रधानमन्त्री किएर स्टार्मरले स्थिति नियन्त्रणमा लिन विशेषज्ञ प्रहरी अधिकारीहरूको टोली तैनाथ गरिएको बताएका थिए।

प्लाइमाउथमा प्रहरीले हिंसात्मक प्रदर्शनका क्रममा धेरै प्रहरी अधिकारीहरू समेत घाइते भएको बताएको छ।

बेलायतको साउथपोर्टमा चर्चित गायिका टेलर स्विफ्टको थिममा गरिएको डान्स पार्टीमा छुरा प्रहारबाट तीन बालिकाको मृत्यु भएपछि हिंसात्मक प्रदर्शन भएका हुन् ।

यस प्रदर्शनका क्रममा धेरै ठाउँमा अति दक्षिणपन्थी, आप्रवासी विरोधी र आप्रवासी समर्थक समूह आमनेसामने भएको समाचारमा जनाइएको छ ।

0 comment
0 FacebookTwitterEmail

बङ्गलादेशमा जारी विभेद विरुद्धको विद्यार्थी आन्दोलन हिजो एकाएक जनविद्रोहमा परिणत भएपछि प्रधानमन्त्री शेख हसिनाले सत्ता त्यागका साथै निवास (गोनो भवन)समेत छोडी हिँडेकी छन् । उनी भारतको कोलकत्तातर्फ लागेको समाचार एजेन्सीहरूले अनुमान गरेका छन् ।

आज दिउँसो १५ सय भन्दा बढी प्रदर्शनकारीहरूले प्रधानमन्त्री निवास कब्जामा लिएका छन् भने लाखौँ प्रदर्शनकारीहरू देशका विभिन्न भागबाट ‘ढाका चलो’ अभियानमा राजधानीमा जम्मा भइरहेका छन् ।

विद्यार्थी आन्दोलनकारीहरूले प्रधानमन्त्रीको राजीनामा नभई आन्दोलन परित्याग नगर्ने घोषणा गरेर हिजोबाट एकाएक जनविद्रोहको अवस्था सिर्जना गरेका थिए । प्रधानमन्त्रीले सत्ता छोडेर हिँडेपछि बङ्गलादेश सेना प्रमुखले अहिले केही बेरमा देशवासीलाई सम्बोधन गर्ने र विपक्षी राजनीतिक दलहरूलाई बैठकका लागि आह्वान गरेका छन् …

0 comment
0 FacebookTwitterEmail

प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै आएका हजारौँ बङ्गलादेशी प्रदर्शनकारीहरू र सरकार समर्थक समर्थकहरूसँग झडप हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

प्रदर्शनकारीहरूले एउटा बख्तरबन्द कारको छतमा नृत्य गरेका थिए । बारम्बार घातक कारबाहीका साथ अन्त्य हुने गरेका अघिल्ला महिनाको र्यालीहरूको विपरीत धेरै मामिलामा सैनिक र प्रहरीले प्रदर्शनकारीहरूमाथि हस्तक्षेप गरेनन् ।

एएफपीद्वारा प्रमाणित सामाजिक सञ्जालमा देखाइएका भिडियोअनुसार ढाकामा खचाखच भीडले घेरिएको बख्तरबन्द कारमाथि प्रदर्शनकारीहरूले बङ्गलादेशी झन्डा लहराएका थिए र त्यसलाई सैनिकले हेरिरहेका थिए ।

निजामती सेवामा आरक्षण प्रणालीविरुद्धको र्यालीहरूले जुलाईमा हिंसात्मक रूप लिएको थियो । उक्त प्रदर्शनमा हसिनाको १५ वर्षको कार्यकालको सबैभन्दा खराब अशान्तिमा दुई सयभन्दा बढी व्यक्तिको मृत्यु …

0 comment
0 FacebookTwitterEmail

पर्वतको जलजला गाउँपालिका–७ स्थित मिलन चोक–सल्यान–घायखेत–धारापानी सडक कालोपत्र भएको तीन महिनामै भत्किएको छ।

कमसल निर्माण र भारी वर्षाका कारण कालोपत्र भएको तीन महिना नपुग्दै सडक भत्किएको जलजला गाउँपालिका–७ धाइरिङका वडाअध्यक्ष टुङ्गनाथ आचार्यले जानकारी दिए।

सडक योजनाअन्तर्गत सल्यान पहिराको टाकुरामा करिब पचास मिटर कालोपत्र सडक भत्किएको उनले बताए।

निर्माण व्यवसायीको लापरबाहीका कारण सडक भत्किएको उनको भनाइ छ।

‘सडक कालोपत्र भएको तीन महिना नहुँदै भत्किएको छ । यहाँ सल्ल्यान टाकुरालगायत स्थानहरूमा गरेर करिब डेढ सय मिटर कालोपत्र सडक भत्किएको छ,’ वडाध्यक्ष आचार्यले भने।

उक्त सडक गत जेठमा कालोपत्र गरिएको हो।

निर्माण व्यवासायीले जग खनेर टेवा पर्खाल लगाउनुपर्नेमा पुरेको माटोमाथि ग्याविन जाली भरेर …

0 comment
0 FacebookTwitterEmail

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।

हाल कोशी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी तराईका भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको छ। कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा  मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

त्यस्तै आज राती देशभर साधारणतया बदली …

0 comment
0 FacebookTwitterEmail

जानकी गाउँपालिका–७ की रीता चौधरीले घरको आर्थिक अवस्था राम्रो नभएकै कारण अरुको घरमा कम्लरी बस्नुपर्‍यो। विसं २०६३ मा कक्षा ५ उत्तीर्ण गरेकी रीताले पढाइलाई निरन्तरता दिन कम्लरी बसेकी थिइन्। तर उनको पढ्ने सपना पूरा भएन। कम्लरी बसेपछि उनले पढाइ छाड्नुपर्‍यो।

‘घरको आर्थिक अवस्था कमजोर थियो। घरमा कामसँगै पढाउने भनेपछि एक जनाको घरमा कम्लरी बसेँ’, उनले भनिन्, ‘कम्लरी बसेपछि पढ्ने सपना पूरा भएन। अरुकै घरमा काम गरेर समय बित्यो।’ कम्लरी छाडेर गाउँमै सञ्चालन भएको नौ महिने अनौपचारिक शिक्षा लिएर पुनः विद्यालय पुगेकी रीताले ७ कक्षा भन्दा माथी औपचारिक शिक्षा लिन सकिनन्। कक्षा ७ उत्तीर्ण गरेकी उनले आर्थिक अवस्थाकै कारण पढ्न सकिनन्।…

0 comment
0 FacebookTwitterEmail

इजरायल र हिजबुल्लाहबीचकाे चौतर्फी युद्ध र व्यापक क्षेत्रीय द्वन्द्वको डरका कारण बेलायत सरकारले लेबनानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको छ ।

बेलायतकाे विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बेलायती नागरिकले लेबनान छोडे यसबाट सिर्जना हुने व्यावसायिक विकल्प उपलब्ध रहेको जनाएको छ ।

‘तनाव उच्च छ र स्थिति चाँडै बिग्रन सक्छ,’ विदेशमन्त्री डेभिड ल्यामीले भने, ‘हामी लेबनानमा हाम्रो कन्सुलर उपस्थितिलाई बलियो बनाउन अहोरात्र काम गरिरहेका छौं, त्यहाँ रहेका बेलायती नागरिकहरूलाई मेरो सन्देश स्पष्ट छ– अब लेबनान छोड्नुहोस् ।’

विदेश मन्त्रालयले उक्त क्षेत्रमा ‘सीमा बल, कन्सुलर अधिकारी र सैन्य कर्मीहरू’ तैनाथ गरेर बेलायतीका लागि आफ्नो सहयोगलाई ‘मजबुत’ बनाइरहेको बताएको …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved