Home » समाचार » Page 9
Category:

समाचार

संयुक्त अरब इमिरेट्स (युएई) ले रुस र युक्रेनबीच युद्धबन्दीहरूको नयाँ आदानप्रदानमा मध्यस्थता प्रयासको सफलताको घोषणा गरेको छ ।

पछिल्लो सहमति अनुसार दुबै मुलु्क (१७५ युक्रेनी बन्दी र १७५ रूसी बन्दी ) गरी कुल ३५० बन्दी आदानप्रदान गर्ने मध्यस्थता वार्ता सफल भएको युएईले जनाएको छ । योसँगै युक्रेनमा रूसी आक्रमणम सुरू भए यता युएईको मध्यस्थतामा कुल तीन २३३ कैदीबन्दीको आदानप्रदान भएको छ ।

युएईको परराष्ट्र मन्त्रालयले मध्यस्थता प्रयासमा सहयोगका लागि रूस र युक्रेनको समन्वयको प्रशंसा गरेको छ । यसले दुई देशहरू बीचको सङ्कट समाधान गर्ने सबै प्रयासहरूलाई समर्थन गर्न युएईको भूमिकाको लागि दुबै देशहरूको प्रशंसालाई प्रतिबिम्बित गर्दछ।

0 comment
0 FacebookTwitterEmail

सगरमाथा आरोहणका लागि चुचुरोसम्म बाटो बनाउन तथा ‘रोप फिक्सिङ’ (डोरी टाँग्न) का लागि दक्ष पर्वतारोही खटिएका छन् । पर्वतारोहण सञ्चालक सङ्घ नेपालले आठ सदस्यीय आरोही टोलीलाई सगरमाथा आरोहणको बाटो खुलाउन खटाएको हो । अनुभवी ‘गाइड’ अशोक लामा नेतृत्वको टोलीले यो ‘सिजन’ को आरोहणका लागि सगरमाथा, ल्होत्से र आमादब्लम हिमालमा बाटो बनाउनेछ ।

सङ्घले यसको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपिडिसन कम्पनीलाई दिएको छ । सोही कम्पनीमार्फत सगरमाथामा बाटो खोल्ने कार्यमा अशोक लामाको नेतृत्वमा कर्माग्याल्जेन शेर्पा, पेमनुरबु शेर्पा, मिङदावा शेर्पा, टासी शेर्पा, पासारिन्जी शेर्पा, पास्तान्जेन शेर्पा र टासीनर्बु शेर्पा सहभागी हुनुहुन्छ ।

सङ्घले सो टोलीलाई सगरमाथाको बाटो निर्माणका लागि आवश्यक सामग्री तथा उपकरण …

0 comment
0 FacebookTwitterEmail

माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई आजदेखि सुरु भएको छ । देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकैसाथ सुरु भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले रासससँग भन्नुभयो, “देशभरका केन्द्रमा शान्तिपूर्णरुपमा परीक्षा सञ्चालन भइरहेको छ, हालसम्म कुनै पनि केन्द्रमा समस्या आएको जानकारी छैन ।”

यसवर्षको एसइईमा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी छन् । कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्षको परीक्षामा ४९ हजार २८६ जना बढी परीक्षार्थी सहभागी छन् । गतवर्षको एसइईमा चार लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए ।

नियन्त्रक पौडेलले प्रत्येक …

0 comment
0 FacebookTwitterEmail

नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले देशको दक्षिणी भागमा लामो समयदेखि चलिरहेको राजनीतिक सङ्कटपछि रिभर्स राज्यमा सङ्कटकाल घोषणा गरेका छन् ।

मङ्गलबार राति एक राष्ट्रिय प्रसारणमा टिनुबुले तत्काल प्रभावबाट लागू भएको देशको सन् १९९९ को संविधानको धारा ३०५ को परिमार्जित प्रावधान लागू गरी सङ्कटकाल घोषणा गर्न आवश्यक भएको बताए ।

“यस घोषणाद्वारा रिभर्स राज्यका गभर्नर सिमिनालयी फुबारा र रिभर्स सभाको सबै निर्वाचित सदस्यहरूलाई छ महिनाको प्रारम्भिक अवधिको लागि निलम्बन गरिएको छ,” राष्ट्रपतिले बताउएका छन् ।

राजनीतिक गतिरोधको पक्ष लिँदै संदिग्ध सशस्त्र आतङ्ककारीहरूले राज्यका केही तेल प्रतिष्ठानहरूमा आक्रमण गर्ने धम्की दिएका थिए । सोमबार राति र मङ्गलबारको बीचमा राज्यका कम्तिमा दुई तेल प्रतिष्ठानहरूमा …

0 comment
0 FacebookTwitterEmail

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजदेखि शुक्र अस्त शुरु हुने जनाएको छ । चैत ६ गते बुधबार राति ७ः२५ बजेदेखि पश्चिममा अस्त हुने शुक्र यही चैत १० गते आइतबार दिउँसो १ः१७ बजे पूर्वमा उदय हुने समितिले जनाएको छ ।

यसअवधिमा विशेष कार्य जस्तै विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सवलगायतका कार्य गर्न नहुने जनाइएको छ । तर, नित्यकर्म, पूजापाठ, जप, हवन, तर्पण, नित्य दान आदि नैमित्तिक कम, न्वारन, पास्नी, श्राद्ध, मासिक काम भने गर्न हुन्छ । काम्य कर्र्म विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सव आदि गर्नु हुँदैन ।

शास्त्रीय मान्यताअनुसार बृहस्पति देवताका गुरु हुन् भने दैत्यका गुरु शुक्राचार्य हुन् …

0 comment
0 FacebookTwitterEmail

केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले मुआब्जा माग गर्दै अवरुद्ध गराएको माथिल्लो रावाखोला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएको छ ।

निजी तथा सार्वजनिक सम्पत्ति संरक्षण सङ्घर्ष समितिको नेतृत्वमा स्थानीयवासीले जलविद्युत् आयोजना बन्द गराएपछि केपिलासगढी गाउँपालिकाका प्रमुख समिर राईको पहलमा मङ्गलबार बसेको सर्वपक्षीय भेलाले ३५ दिनभित्र जग्गाधनीलाई मुआब्जा उपलब्ध गराउने सहमति गरेसँगै अवरुद्ध जलविद्युत् आयोजना पुनः सञ्चालनमा ल्याइएको हो ।

लामो समयदेखि मुआब्जा नपाएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका स्थानीयवासीले सुङ्देल र दिप्सुङको सिमानामा रहेको रावाखोलाबाट उत्पादन गरिएको तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको ड्याम बाट यही चैत ४ गते सोमबार दिउँसो खोलातर्फ पानी फर्काएर विद्युत् उत्पादन बन्द गराएका खिए । राष्ट्रिय प्रशारण लाइनमा …

0 comment
0 FacebookTwitterEmail

आठदिनको लागि अन्त्तरिक्षमा गएका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलियम्स नौ महिनापछि पृथ्वीमा फर्किएका छन् ।
स्पेसएक्सको अन्तरिक्ष यानमा सुनिता विलियम्स र बुच विलियम्स पृथ्वीमा फर्किएका हुन् ।

बीबीसीको अनुससार उनीहरु स्पेसएक्सको क्याप्सुललमा  फ्लोरिडाको तट नजिक एटलान्टिक महासागरमा अवतरण गरेका थिए ।

यस संगै आठ दिनको लागि मात्र  सुरु भएको एस मिसनको अन्त्य भएको छ  ।

सुनिता र बुच नौ महिनादेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा रहेका थिए । उनीहरू दुवैले जुन ५, २०२४ मा यस परीक्षण अभियानको लागि बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा उडान भरेका थिए । आठ दिनको मिसनमा रहेका दुवै जना प्राविधिक समस्यापछि अन्तरिक्ष स्टेशनमै बस्नु परेको थियो ।…

0 comment
0 FacebookTwitterEmail

कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत मूल्यमा चल्ला बिक्री हुन छाडेपछि उद्योग बन्द भएका हुन् ।

नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार कोभिड–१९ अघि देशभरमा ब्रोइलर कुखुराको चल्ला कोरल्ने तीन सय ४८ ह्याचरी उद्योग सञ्चालनमा थिए । अहिले यो सङ्ख्या एक सय २० मा झरेको छ । यस्तै १४ वटा रहेको लेयर्स ह्याचरी घटेर छवटामा झरेको छ । एक सातामा ब्रोइलर चल्ला ५५ लाख उत्पादन हुनेमा अहिले रु ३० लाख उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो । लेयर्स चल्ला सातामा दुई लाख ५० हजारबाट एक लाख ३० हजारमा झरेको …

0 comment
0 FacebookTwitterEmail

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुनेछ ।

विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ । जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । विश्वविद्यालय क्याम्पसमा छ हजार एक सय ४६ मतदाता रहेका जनाइएको छ । यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन् ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित हुनेछन् । उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि त्यसमध्येबाट चयन गरिनेछ । कुनै सङ्घ सङ्गठनको बहुमत आयो भने उपाध्यक्ष र उपसचिव उसैका सदस्यमध्येबाट चयन हुनेछन् । बहुमत आएन भने सहमतिबाट चयन …

0 comment
0 FacebookTwitterEmail

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई पश्चिमी प्रान्त अल्बर्टामा जुनमा हुने जी–७ शिखर सम्मेलनमा आमन्त्रित गर्नुभएको छ ।

गत हप्ता कार्यभार सम्हाल्नुभएका कार्नीले सप्ताहन्तमा युक्रेनी नेतासँग कुरा गर्नुभएको उल्लेख गर्दै एक सरकारी अधिकारीले भने, “राष्ट्रपति जेलेन्स्कीलाई जुनमा अल्बर्टामा हुने जी–७ बैठकमा आमन्त्रित गरिएको छ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा फर्किएपछि रुस–युक्रेन युद्धतर्फ सात शक्तिशाली प्रजातन्त्रको समूहबीचको अनिश्चित दृष्टिकोणका बीचमा यो निमन्त्रणा आएको हो ।

गत हप्ता क्युबेकमा भएको जी–७ विदेशमन्त्रीहरूको बैठकअघि ट्रम्प प्रशासनले युक्रेनको ‘क्षेत्रीय अखण्डता’ का लागि लडाइँलाई समर्थन गर्ने शब्दावली र रूसी ‘आक्रमण’ को सन्दर्भलाई बेवास्ता गरेको थियो ।

तर त्यस्तो भाषा शुक्रबार जी–७ बैठकमा …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved