नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले देशको दक्षिणी भागमा लामो समयदेखि चलिरहेको राजनीतिक सङ्कटपछि रिभर्स राज्यमा सङ्कटकाल घोषणा गरेका छन् ।
मङ्गलबार राति एक राष्ट्रिय प्रसारणमा टिनुबुले तत्काल प्रभावबाट लागू भएको देशको सन् १९९९ को संविधानको धारा ३०५ को परिमार्जित प्रावधान लागू गरी सङ्कटकाल घोषणा गर्न आवश्यक भएको बताए ।
“यस घोषणाद्वारा रिभर्स राज्यका गभर्नर सिमिनालयी फुबारा र रिभर्स सभाको सबै निर्वाचित सदस्यहरूलाई छ महिनाको प्रारम्भिक अवधिको लागि निलम्बन गरिएको छ,” राष्ट्रपतिले बताउएका छन् ।
राजनीतिक गतिरोधको पक्ष लिँदै संदिग्ध सशस्त्र आतङ्ककारीहरूले राज्यका केही तेल प्रतिष्ठानहरूमा आक्रमण गर्ने धम्की दिएका थिए । सोमबार राति र मङ्गलबारको बीचमा राज्यका कम्तिमा दुई तेल प्रतिष्ठानहरूमा अज्ञात व्यक्तिहरूले आक्रमण गरेको आरोप छ ।
देशका सुरक्षा निकायका प्रमुखहरूसँग भेट गरेपछि टिनुबुले तेल प्रतिष्ठानहरूमा भएका आक्रमणहरूका कारण आपतकालीन अवस्था घोषणा गर्न आंशिक रूपमा बाध्य भएको बताएक छन् ।
राष्ट्रपतिले राज्य सरकारको जिम्मेवारी लिनको लागि प्रशासकको रूपमा सेवानिवृत्त सैन्य अधिकारी इबोकेट इबासलाई मनोनित गरेका छन् ।
“यो अपरिहार्य हस्तक्षेपले रिभर्स राज्यमा शान्तिव्यवस्था पुनस्र्थापित गर्न मद्दत गर्नेछ भन्ने मेरो दृढ आशा छ ।”
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जलेको अवस्थामा हरिकिसनको शव फेला, भेटियो जलाइएको मोटरसाइकल
- मोटर चलेको १५ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन
- सेकुङ ताल संरक्षणको पर्खाइमा
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
