Home » कृषि » Page 2
Category:

कृषि

हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले दुई महिनामै तीन गुणा बढी मूल्य पाएका छन् ।

म्याङलुङ–९ साब्लामा सञ्चालित मेयङलुङ शीतभण्डारमा हिउँदमा सुन्तला भण्डारण गर्दा प्रतिकिलो रु ६० थियो । अहिले प्रतिकिलो रु दुई सयले बिक्री भइरहेको छ ।

कोशी प्रदेश सरकारको रु तीन करोड, म्याङलुङ नगरपालिका र कियाचु कृषि सहकारी संस्थाको रु एक करोड ३० लाख साझेदारीमा म्याङलुङ–९ साब्लामा एक हजार मेट्रिक टनको शीतभण्डार सञ्चालनमा छ ।

प्रतिकेजी दुई रुपैयाँ ५० पैसा प्रतिमहिना भाडा तिरेर माघको अन्त्यतिर शीतभण्डारमा राखेको दुई महिनामै स्थानीय बजारमा सुन्तलाले तीन गुणा बढी मूल्य पाउँदा किसानलाई फाइदा भएको म्याङलुङ-२ की मेनुकाकुमारी श्रेष्ठले बताउनुभयो ।

“हिउँदमा

0 comment
0 FacebookTwitterEmail

वर्णशङ्कर जातको मकैमा दाना नलागेको विषयमा गठित समितिले प्रभावित क्षेत्रको अनुगमन गरेको छ। राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनका वरिष्ठ वैज्ञानिक डा भीमनाथ अधिकारी संयोजकत्वको सात सदस्यीय कार्यदलले सर्लाही जिल्लाको बागमती र बरहथवा नगर अन्तर्गतका प्रभावित क्षेत्रको अनुगमन गरेको हो। टोली सोमबार साँझ बागमती आइपुगेको थियो।

टोलीले २७ चैत बिहानैबाट बरहथवा र बागमती क्षेत्रका किसानको खेतमै पुगेर निरीक्षण गरेको हो। किसानसँग प्रत्यक्ष भेटी मकैखेतीबारेमा जानकारी लिने काम गरिएको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनका वरिष्ठ वैज्ञानिक डा अधिकारीले जानकारी दिनुभयो। अधिकारीका अनुसार प्रारम्भिक जानकारीअनुसार मौसम प्रतिकुल हुँदा मकैको फूल र घोगामा हुनुपर्ने परागसेचन प्रक्रिया पूरा नहुँदा दाना नलागेको पाइएको छ।…

0 comment
0 FacebookTwitterEmail

चितवन जिल्लामा केरा खेती गरेर बसेका किसानले विगत १० महिनादेखि बीमा दाबी भुक्तानी पाउन सकेका छैनन्। यहाँ रहेका २८ जना केरा उत्पादक किसानले बीमाबापतको रकम पाउन नसकेका हुन्।

केरा उत्पादक सङ्घ चितवनका उपाध्यक्ष शङ्कर सुवेदीका अनुसार गत वर्ष वैशाख, जेठमा आएको हावाहुरीका कारण क्षति भएका केराको बीमा दाबी भुक्तानी अहिलेसम्म नपाएका हुन्। उहाँले भन्नुभयो, “मेरो ५५ बिघा क्षेत्रफलमा लगाएको केरामा क्षति भयो। अहिलेसम्म बीमा दाबी भुक्तानी पाउन सकेको छैन।”

हरेक वर्ष साउनमा व्यावसायिक किसानले बाली बीमा गर्ने गर्दछन्। जिल्लामा करिब तीन सय किसानले केराको बीमा गरेका छन्। ती बीमित किसानले रु आठ करोड हाराहारी बीमा दाबीसहित निवेदन दिएको उहाँले बताउनुभयो। …

0 comment
0 FacebookTwitterEmail

पोखरा महानगरपालिका–२५ हेम्जा आलुका लागि प्रख्यात मानिन्छ। महानगरको कृषि महाशाखाका अनुसार हेम्जामा झन्डै तीन सय हेक्टरमा आलुखेती हुने गरेको छ। पाँच सय बढी किसानले व्यावसायिक आलुखेती गरिरहेका महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो। उहाँका अनुसार हेम्जामा वार्षिक चार हजार पाँच सय मेट्रिक टनभन्दा बढी आलु उत्पादन हुने गरेको छ। “वर्षमा झन्डै रु १० करोड बराबरको आलु उत्पादन हुन्छ”, कडरियाले भन्नुभयो, “हेम्जाको आलु देशमै ‘ब्रान्ड’ बनिसकेको छ।” महानगरको तथ्याङ्कअनुसार केही वर्षअघिसम्म हेम्जामा चार सय ५० हेक्टरमा आलुखेती हुने गरेकामा त्यो घटेर अहिले करिब तीन सय हेक्टरमा सीमित भएको हो।

आलुखेतीका लागि हेम्जा उर्वर थलो रहेको भन्दै महाशाखा प्रमुख कडरियाले पछिल्लो समय …

0 comment
0 FacebookTwitterEmail

इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ। बगानमा नयाँ मुना पलाएपछि पहिलो टिपाइ सुरु गरिएको हो। यस वर्ष ढिलो पानी परेकाले पनि ढिलो गरी नै चिया पलाएको किसानको भनाइ छ। गएका वर्षमा चियाको पहिलो टिपाइ चैत पहिलो साता नै हुने गरेको भए पनि यस वर्ष चैत अन्तिममा मात्र चियाको टिपाइ सुरु भएको बताइएको छ।

जिल्लाको तल्लो क्षेत्रमा चिया टिप्न सुरु गरिएको भए पनि माथिल्लो क्षेत्रमा अझै चिया पलाएको छैन। लेकाली क्षेत्रमा अझै मुना नपलाएको किसान ठाकुर खतिवडाले बताउनुभयो। मध्यम र तातो बढेका क्षेत्रमा मुना पलाएकाले चिया टिप्न सुरु गरिएको छ। पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले पनि यो चिया महङ्गो मूल्यमा …

0 comment
0 FacebookTwitterEmail

पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका वडा नं ५ का उद्यमी एन्जिल चौधरीले गलत साबित गर्नुभएको छ । व्यावसायिक च्याउखेतीमा लाग्नुभएका चौधरीले गाउँमा नमुना किसानको परिचय बनाउनुभएको छ।

विसं २०७६ मा सुरु गरेको च्याउखेतीले उहाँलाई सफल किसान बनाएको छ। उहाँले व्यवसायलाई बढाउँदै लैजानुभएको छ। “मैले सिजनअनुसार छ किसिमका च्याउको खेती गर्दै आएको छु, बेमौसममा उत्पादन भएको च्याउले बजारको मागलाई पूरा गर्न सकिएको छैन। उत्पादन भएको च्याउ बिक्रीका लागि बजार पुग्नै पर्दैन। घरबाटै सबै बिक्री हुन्छ”, उहाँ भन्नुहुन्छ।

चौधरीले हिउँदमा कन्यालगायत प्रजातिको च्याउ उत्पादन गर्दै आउनुभएको छ। गर्मीमा ब्लुक्याप, पिङ्की च्याउ उत्पादन गर्दै आएका उहाँले …

0 comment
0 FacebookTwitterEmail
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीका ३० वर्षीय निमबहादुर चौधरी उखु पेल्नमै व्यस्त हुनुहुन्छ । गर्मीयाम सुरु भएसँगै फागुन दोस्रो सातायता चौधरीको दैनिकी उखु पेल्ने मेसिनसँगै बित्छ ।

भीमदत्त–४ महेन्द्रनगरमा निमबहादुरले उखु पेल्ने काम थालेर मनग्य आम्दानी गरिरहनुभएको छ । उखु पेलेरै उहाँले तीन सदस्यीय परिवारको घरखर्च चलाइरहनुभएको छ ।

“गर्मीयाम सुरु भएकाले उखुको जुस सबैको रोजाइमा पर्छ, दैनिक रु दुई हजारभन्दा बढी आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो, “स्वदेशमै यति राम्रो आम्दानी भएपछि विदेश जानुपर्ने बाध्यता रहेन ।” खर्च कटाएर दैनिक रु एक हजार पाँच सय बचत हुने गरेको उहाँको भनाइ छ । सालघारीमा बसोबास गर्ने निमबहादुरको परिवारमा उहाँका श्रीमती र आमा
0 comment
0 FacebookTwitterEmail

पश्चिम नवलपरासीको सुस्तामा रू पाँच करोड लागतमा निर्माण गरिएको शीतभण्डार (चिस्यान केन्द्र) उपयोगविहीन भएको छ। जिल्लाको सुस्ता गाउँपालिका–४ नर्सहिमा निर्माण गरिएको शीतभण्डार प्राविधिक समस्याले प्रयोगविहीन भएको हो।

सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनरायण उपाध्ययले उक्त शीतभण्डारमा केही प्राविधिकतर्फको काम बाँकी रहेकाले प्रयोगमा नआएको बताउनुभयो। “शीतभण्डारलाई ठेकेदारले निर्माण सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गरे पनि भित्र तथा बाहिरका केही प्रविधिक काम अधुरा छन्।” शीतभण्डार भित्र राखिने काठ (भुइँमा काठ बिछ्याइएको) नभएकाले प्रयोगमा ल्याउन तत्काल नसकिएको उहाँको भनाइ छ।

उक्त काठ नराखेमा भण्डारण गरिएका आलु, प्याज तथा फलफूलहरु कुहिने भएकाले अहिलेसम्म सञ्चालनमा नआएको अध्यक्ष उपाध्ययले बताउनुभयो। विद्युत् नभएको, सुरक्षाको दृष्टिकोणले गार्ड बस्ने कोठा, तारबार तथा …

0 comment
0 FacebookTwitterEmail

उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित भएका छन्। सर्लाही जिल्लाको बागमती, बरहथवालगायत स्थानमा सयौँ किसानले लगाएको उन्नत जातको मकैमा दाना नलागेपछि किसानलाई चिन्ताले सताएको हो।

मकैमा आकर्षक घोगा लागे पनि दाना भने नलागेको स्थानीय किसान चन्द्रबहादुर जिम्बाले गुनासो गर्नुभयो। प्रति किलो रु ६५० किलोमा किनेर सात कट्ठामा लगाएको मकैमा दाना नलागेपछि लगानी डुबेको बागमती नगरपालिका–४, का किसान राम विश्वास महतोले बताउनुभयो। “धेरै फल्ने आशमा महँगो मूल्यमा बीउ किनेर रोपियो”, उहाँले भन्नुभयो, “अहिले सबै लगानी डुब्यो।” बागमती र बरहथवाका किसानले लगाएको बिघौँबिघा क्षेत्रफलको हाइब्रिड मकैमा दाना नलागेको किसानको दाबी छ।

यस क्षेत्रमा उत्पादन राम्रो हुने भएपछि किसानले वर्षको दुई …

0 comment
0 FacebookTwitterEmail
गरिबी, भोक र अशिक्षाले दबिएको परिवारमा जन्मेका तिला गाउँपालिका–८ जुम्ला पुरु गाउँका कमल नेपालीलाई आज यो ठाउँमा पुगिन्छ भन्ने पत्तो नै थिएन । माटोका भाँडा बनाएर गाउँगाउँमा बेच्दै हिँड्ने कमलका बुबा पुस्तासम्म समाजबाट हेपिँदै आएको थियो । कथित उपल्लो जातबाट बुबा पुस्ता पनि माथि उठ्न नसकेको कमल बताउनुहुन्छ ।

अहिले भने कमलको परिवार त्यो अवस्थाबाट धेरै माथि आइपुगेको छ । यो अवस्थामा आइपुग्नुको जस भने उहाँ तत्कालीन सशस्त्र विद्रोहलाई दिनुहुन्छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सशस्त्र विद्रोह चलिरहेको बेला विसं २०५८ मा उहाँ पूर्णकालीन सदस्य भएर पार्टीमा लाग्नुभयो । आफ्नै छिमेकी गाउँ जुम्लाकोटमा राज्य पक्षले दिदी लालकुरा नेपालीलाई गोली
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved