Home » खेलकुद/मनोरञ्जन » नेपाल प्रिमियर लिग २०२६
Category:

नेपाल प्रिमियर लिग २०२६

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनल भिडन्तमा साबिक विजेता लुम्बिनी लायन्सलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो।

लुम्बिनीले प्रस्तुत गरेको १५६ रनको मध्यम लक्ष्य सुदूरपश्चिमले बिना कुनै विकेटको क्षतिमा मात्र १३.३ ओभरमा १५८ रन बनाउँदै पूरा गर्‍यो। सुदूरपश्चिमले ३९ बल बाँकी छँदै एकतर्फी जित निकाल्दै ऐतिहासिक उपाधि आफ्नो पक्षमा पारेको हो।

सुदूरपश्चिमको ऐतिहासिक जितमा स्कटिस ओपनर जर्ज मुन्से नायक साबित भए। फाइनलको दबाबलाई पूर्ण रूपमा निस्तेज पार्दै विस्फोटक ब्याटिङ गरेका मुन्सेले मात्र ५४ बलमा ८ चौका र १२ गगनचुम्बी छक्काको …

0 comment
0 FacebookTwitterEmail

नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधि छिनोफानो आज शनिबार साँझ ५:०० बजे त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा हुँदैछ। तेस्रो संस्करणको बहुप्रतीक्षित फाइनलमा साबिक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदै छन्। लगातार दोस्रो उपाधिको खोजीमा रहेको लुम्बिनी र पहिलो पटक ट्रफी उचाल्ने दाउमा रहेको सुदूरपश्चिमबिचको यो भिडन्त निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

लिग चरणमा दुवै टोलीको प्रदर्शन

लिग चरणमा दुवै टोलीले उत्कृष्ट लय देखाउँदै शीर्ष दुई स्थानमा रहँदै प्लेअफमा स्थान पक्का गरेका थिए। रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स ७ खेलमा ५ जित, १ हार र १ नतिजाविहीन खेलसहित ११ अङ्क र +१.२५६ को उत्कृष्ट नेटरनरेटका …

0 comment
0 FacebookTwitterEmail

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन्। बिहीबार दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले हराउँदै सुदूरपश्चिमले लुम्बिनीसँगको उपाधि भिडन्त पक्का गरेको हो।

लिग चरणमा लुम्बिनी ११ अंकसहित शीर्ष स्थानमा रहँदा सुदूरपश्चिम १० अंकसहित दोस्रो भएको थियो। पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई हराएर लुम्बिनी सीधै फाइनल पुगेको थियो। सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा चितवनलाई हराएर फाइनलमा स्थान बनायो।

यस संस्करणमा यी दुई टोलीबीच यसअघि भएका दुवै खेल लुम्बिनीले जितेको छ। फाइनल यो सिजन उनीहरूको तेस्रो भेट हुनेछ। गत संस्करणको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई हराएर उपाधि जितेको थियो।

सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनल …

0 comment
0 FacebookTwitterEmail

श्रीलङ्काका ब्याटर कामिल मिश्राको कीर्तिमानी अविजित शतकको मद्दतले चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को एलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजमाथि ६१ रनको सानदार जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा हासिल गरेको यो जितसँगै चितवनले दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ भने पराजित काठमाडौँ गोर्खाजको प्लेअफ यात्रा यहीँ समाप्त भएको छ।

अब चितवनले फाइनल प्रवेशका लागि बिहीबार हुने दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ। यस खेलको विजेताले आगामी शनिबार उपाधिका लागि लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ।

मिश्राको कीर्तिमानी शतक र चितवनको विशाल योगफल

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ४ …

0 comment
0 FacebookTwitterEmail

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को पहिलो प्लेअफ खेलमा साबिक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्समाथि ६ विकेटको शानदार जित दर्ता गरेको छ। यो जितसँगै लुम्बिनी लगातार दोस्रो पटक प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको छ।

सुदूरपश्चिम १०५ रनमा समेटियो

खेलमा टस जितेर पहिले बलिङ रोजेको लुम्बिनी लायन्सले कसिलो बलिङ प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्सलाई निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १०५ रनमै सीमित गर्‍यो। सुदूरपश्चिमका लागि अनुभवी अलराउन्डर दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५२ रन (५१ बल) बनाए पनि अन्य ब्याट्सम्यानहरूले गतिलो योगदान दिन सकेनन्। इशान पाण्डेयले २७ रन बनाए भने बाँकी ब्याट्सम्यानहरू सस्तैमा आउट भए।

लुम्बिनीका …

0 comment
0 FacebookTwitterEmail

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे यी दुई टिमबीच फाइनलको स्थानका लागि प्रतिस्पर्धा हुनेछ।

लिग चरणमा शीर्ष दुई स्थानमा रहेका यी टोलीबीचको खेल जित्ने टोली सिधै फाइनल पुग्नेछ। जसका कारण दुवै टोलीको लक्ष्य पहिलो प्रयासमै फाइनलमा स्थान सुरक्षित गर्नु पर्नेछ।

…
0 comment
0 FacebookTwitterEmail

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा प्लेअफ पुग्ने चार टोलीको टुङ्गो लागिसकेको छ। यसपालि लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र चितवन राइनोजले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेका हुन्।

प्रतियोगिताको लिग चरणका खेलहरू जारी रहँदा यस पटक केही नेपाली युवा खेलाडीले आफ्नो प्रदर्शनबाट विशेष चर्चा बटुलेका छन्। एनपिएलको प्रत्येक संस्करणले नयाँ प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्दै आएको छ। यस पटक पनि केही युवा खेलाडीले प्राप्त अवसरलाई सदुपयोग गर्दै आफ्नो उपस्थितिलाई बलियो बनाएका छन्। बलिङतर्फ राहुल यादव र रिजन ढकाल तथा ब्याटिङतर्फ लोकेश बम, रशिद खानलगायतले प्रभावशाली प्रदर्शन गरेका छन्।

ट्यालेन्ट हन्टबाट ‘गोल्डेन …

0 comment
0 FacebookTwitterEmail

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।

चितवन राइनोज अंक तालिकाको चौथो स्थानमा रहेर प्लेअफमा पुगिसकेको छ भने कर्णाली याक्स अंक तालिकाको सातौं स्थानमा छ।

यसैगरी आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा काठमाण्डु गोर्खाज र पोखरा एभेन्जर्स आमने सामने हुनेछन्।

प्लेअफमा स्थान सुरक्षित गरिसकेको काठमान्डु अंक तालिकाको तेस्रो स्थानमा छ। पोखरा भने अंक तालिकाको पुछारमा छ।

…
0 comment
0 FacebookTwitterEmail

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगर किंग्स र डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सबिच निकै नै प्रतिस्पर्धात्मक खेल हुँदैछ।

प्रतियोगिताको २६औँ खेलका रूपमा हुने यस रोमाञ्चक भिडन्तमा दुवै टोली विजय हासिल गर्दै अङ्क तालिकामा आफ्नो स्थिति थप मजबुत पार्न चाहन्छन्।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्स प्लेअफको दौडलाई सुरक्षित बनाउने लक्ष्यसहित मैदानमा उत्रिनेछ। अर्कोतर्फ, रोहित पौडेल नेतृत्वको लुम्बिनी लायन्स आफ्नो सन्तुलित ब्याटिङ र बलिङ आक्रमणमार्फत उत्कृष्ट लयलाई कायम राख्न प्रयासरत रहनेछ। दिउँसो सञ्चालन हुने यस खेलले प्रतियोगिताको समीकरणमा ठुलो प्रभाव पार्ने निश्चित छ।

…
0 comment
0 FacebookTwitterEmail

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत हिजो कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई ७ रनले पराजित गरेको छ। यो जितसँगै सुदूरपश्चिम रोयल्स अङ्क तालिकाको शीर्ष स्थानमा उक्लन सफल भएको छ।

टस जितेर पहिलो बलिङ रोजेको काठमाडौँ गुर्खाजले कसिलो बलिङ प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्सलाई निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२५ रनमा रोकेको थियो। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सङ्कटपूर्ण अवस्थामा उत्कृष्ट ब्याटिङ गर्दै ५५ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ६० रनको महत्त्वपूर्ण इनिंग खेले। त्यस्तै, थारिन्दु रत्नायकेले २६ र आरिफ शेखले १६ रन बनाए। काठमाडौँका बलर जाहन्दद खानले घातक बलिङ गर्दै ३ विकेट …

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved