राष्ट्रिय मानवअधिकार आयोगले यही चैत १५ गते काठमाडौँको तीनकुनेलगायतका स्थानमा घटेको घटनाको छानविन जारी रहेको जनाएको छ ।
आयोगले विभिन्न टोली बनाई घटनाको अनुगमन गरी तत्काल प्राप्त भएका जानकारीका आधारमा विज्ञप्तिमार्फत आफ्नो प्रारम्भिक धारणासमेत सार्वजनिक गरिसकेको स्पष्ट पारेको छ ।
उक्त घटनाका सन्दर्भमा मानवअधिकारको अवस्था र आयोगको भूमिकाका सन्दर्भमा सामाजिक सञ्जाल र केही समाचार माध्यममा आएका टीकाटिप्पणीप्रति आयोगको ध्यानाकर्षण भएको प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिनुभयो ।
घटना घटेको दिन र त्यसपछि पनि आयोगले क्षति र मानवअधिकारको उल्लंघनका विषयलाई लिएर थप उजुरी र ज्ञापनपत्रसमेत लिएको बताएको छ । घटनाको गाम्भीर्यता र उजुरीसमेतलाई मध्यनजगर गरी आयोगले घटना भएकै दिनदेखि अनुसन्धान टोली परिचालन …
