Home » ताजा खबर » Page 5
Category:

ताजा खबर

काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार २०६ जना चालक कारबाहीमा परेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ९ गतेसम्मको अवधिमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एक हजार १६५ जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ४१ जनालाई कारबाही गरिएको हो।

कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार मापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेकामध्ये ६६ जना सार्वजनिक सवारीका चालक छन्।

त्यस्तै, लापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका ४१ जना सार्वजनिक सवारीका चालक रहेको उनले जानकारी दिए।

मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारी चलाउनु गैरकानुनी …

0 comment
0 FacebookTwitterEmail

दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठन भएको क्रिकेट क्लब चितवन राइनोजले गैँडा संरक्षणमा योगदान गर्ने भएको छ। क्लबले आफ्नो क्लबका ‘टिसर्ट’ लगायतका सामग्री बिक्रीको पाँच प्रतिशत गैँडा संरक्षणमा लगानी गर्ने भएको हो।

क्लबमार्फत चितवन र यहाँको गैँडालाई विश्वमा चिनाउँदै आएको चितवन राइनोज तेस्रो वर्ष नेपाल प्रिमियम लिग (एनपिएल) मा सहभागी हुँदैछ। चितवन राइनोज स्पोर्ट्स क्लबका अध्यक्ष आयुष न्यौपानेले दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा क्लब लागेको बताए। उनले भने, “हाम्रो नाम नै गैँडासँग जोडिएकाले हामी यसको संरक्षणमा पनि योगदान दिन लागेका हौ।

यस क्लबले एक सिङ्गे गैँडाको तस्बिर राखेर संरक्षणका लागि सन्देश प्रवाह गर्दै आएको छ। चितवन मेडिकल कलेजको …

0 comment
0 FacebookTwitterEmail

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता सुरु हुन लागेको हो।

प्रतियोगितामा विगतकै आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्न लागेका हुन्।

आजको उद्घाटन खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन्। सो खेल बेलुकी ५ बजे कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुनेछ।

तेस्रो एनपीएलको सिंगल राउन्ड रोबिन, इलिमिनेटर र क्वालिफायर हुँदै मंसिर ५ गते उपाधि भिडन्त हुने छ।

…
0 comment
0 FacebookTwitterEmail

धन धान्यकी देवी महालक्ष्मीको आइतबार सायंकालमा पूजा आराधना गरी कोजाग्रत पूर्णिमा पर्व मनाइएको छ।

दुर्गा पक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन हिजो कोजाग्रत पूर्णिमाका अवसरमा सायंकालमा घर घरमा महालक्ष्मीको पूजा आराधना गरिएको हो। धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आइतबारदेखि १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ।

शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आइतबार नै समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुन्छ। आइतबारै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र …

0 comment
0 FacebookTwitterEmail

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत हिजो भएको रोमाञ्चक खेलमा एस्टन भिल्लाले लिग लिडर म्यानचेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको छ। भिला पार्कमा भएको यस प्रतिस्पर्धात्मक खेलमा निकोलस ज्याक्सन नायक बने, जसले दुई गोल गर्दै सिटीको यस सिजनको अपराजित यात्रामा पूर्णविराम लगाएका छन्।

खेलको सुरुवातमै घरेलु टोली एस्टन भिल्लाले आक्रामक खेल प्रस्तुत गर्‍यो। खेलको ६औँ मिनेटमै निकोलस ज्याक्सनले गोल गर्दै टोलीलाई अग्रता दिलाए। म्यानचेस्टर सिटीका डिफेन्डर मार्क गुएही र गोलरक्षक जियानलुइजी डोनारुम्माबीचको तालमेल बिग्रिन पुग्दा ज्याक्सनले त्यसैको फाइदा उठाएर पहिलो गोल गर्न सफल भएका थिए। पहिलो हाफ्मा सिटीले खेलमा फर्कने प्रयास गरे पनि भिल्लाको कसिलो रक्षापंक्तिलाई तोड्न असफल भयो र पहिलो …

0 comment
0 FacebookTwitterEmail

आज बडादशैँको अन्तिम दिन अर्थात् आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा। आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर दशैँ समापन गरिन्छ।

आज बेलुकी सबै बलि पूर्ति नभएसम्म देवीको प्रसादको रूपमा दशैँको टीका र जमरा लगाउनु शास्त्रसम्मत मानिन्छ।

विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुन्छ। आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइन्छ।

…
0 comment
0 FacebookTwitterEmail

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ।

अमेरिकी डलर १ डलरखरिद दर १५१.६१ रुपैयाँ र बिक्री दर १५२.२१ रुपैयाँ, युरो १ युरोको खरिद दर १६९.८० रुपैयाँ र बिक्री दर १७०.४७ रुपैयाँ र पाउन्ड स्टर्लिङ १ को खरिद दर २०२.८८ रुपैयाँ र बिक्री दर २०३.६८ रुपैयाँ रहेको छ।

त्यसैगरी स्विस फ्र्याङ्क १ को खरिद दर १८४.३७ रुपैयाँ र बिक्री दर १८४.९० रुपैयाँ, अस्ट्रेलियाली डलर १ को खरिद दर १०६.३८ रुपैयाँ र बिक्री दर १०६.८१ रुपैयाँ, क्यानेडियन डलर १ को खरिद दर १०८.२८ रुपैयाँ र बिक्री दर १०८.७१ रुपैयाँ रहेको छ।

अन्य विदेशी मुद्राहरूमा सिंगापुर डलरको …

आजको लागि विदेशी मुद्राको विनिमयदर
0 comment
0 FacebookTwitterEmail

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रभावका कारण देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली आइ बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो भने देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ भने कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। देशको तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानीपख केही स्थानमा हुस्सु र …

0 comment
0 FacebookTwitterEmail

नेपाली ‘यु-१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी-२०’ विश्वकपको तयारीका क्रममा दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज प्रेस विज्ञप्ति जारी गरी विश्वकपको तयारीका क्रममा थाइल्याण्ड र भारतमा आयोजना हुने प्रतियोगितामा नेपाली टोली सहभागी हुने जानकारी दिएको हो।

क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार नेपालले आगामी नोभेम्बर ३ देखि ८ सम्म चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यु-१९ गल्र्स टी-२०आई’ प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ। उक्त प्रतियोगितामा आयोजक चीनसहित नेपाल, थाइल्याण्ड र हङकङले प्रतिस्पर्धा गर्नेछन्।

यस्तै, नोभेम्बर १० देखि २२ सम्म भारतको बेङ्गलुरुमा आयोजना हुने त्रिदेशीय शृङ्खलामा पनि नेपाली टोलीले सहभागिता जनाउने छ।

उक्त शृङ्खलामा नेपाल यु-१९ …

0 comment
0 FacebookTwitterEmail

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा कायम भएको छ। युरो एकको खरिददर १६९ रुपैयाँ ८० पैसा र बिक्रीदर १७० रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ।

अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८१ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ २८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७१ पैसा तोकिएको छ। सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११९ रुपैयाँ १० पैसा रहेको छ।

राष्ट्र बैंकका अनुसार …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved