नर्वे सरकारले बिहीबार प्यालेस्टिनी शरणार्थीहरूको हेरचाह गर्न मद्दत गर्ने संयुक्त राष्ट्र एजेन्सीलाई दुई करोड ४० लाख डलर सहयोग गर्ने बताएको छ । बिहीबार नै इजरायलले उक्त समूहलाई इजरायली क्षेत्रमा काम गर्न प्रतिबन्ध लगाएको थियो ।
“गाजा भग्नावशेषमा छ र युएनआरडब्लुएको सहयोग पहिलेभन्दा बढी आवश्यक छ”, नर्वेका विदेशमन्त्री एस्पेन बार्थ इडेले एक वक्तव्यमा भन्नुभयो, “प्यालेस्टिनका लागि यो अत्यन्त नाटकीय छ कि इजरायली कानूनहरू लागु भएका छन् जसले व्यवहारमा युएनआरडब्लुएलाई काम गर्नबाट रोक्न सक्छ।”
बिहीबारदेखि युएनआरडब्लुएलाई इजरायली भूमिमा सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ तथा यो र इजरायली अधिकारीहरू बीचको सम्पर्क निषेध गरिएको छ । इजरायलको सर्वोच्च अदालतले बुधबार राति प्रतिबन्धको चुनौतीलाई अस्वीकार …
