गोरखा जिल्लाको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको गोरखाकाली रनिङकप फुटबल प्रतियोगिताको नवौँ संस्करण आगामी फागुन ७ गतेबाट सुरु हुने भएको छ । हरमटारी युवा क्लबको आयोजनामा फागुन ७ देखि १४ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका महासचिव किरण ढकालले जानकारी दिनुभयो ।
‘गोर्खाली रनिङकप गोर्खालीको शान, समग्र जिल्लाकै खेलकुद विकास गराउने हरमटारी क्लबको अभियान’ भन्ने नाराका साथ सदरमुकामस्थित हरमटारी रङ्गशाला खेलकुद मैदानमा हुने सञ्चालन हुने उहाँको भनाइ छ । विंस २०७० देखि क्लबले जिल्लामै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । प्रतियोगितामा उपाधि विजेताले रु चार लाख तथा उपविजेताले रु चार लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने महासचिव ढकालले जानकारी दिनुभयो ।
प्रतियोगिता अवधिभरमा सर्वोत्कृष्ट खेलाडीलाई रु २५ हजार, उत्कृष्ट गोलरक्षकलाई रु १५ हजार, उत्कृष्ट गोलकर्ता खेलाडीलाई रु १५ हजार पुस्कार प्राप्त गर्ने छभने प्रतियोगिताको सबैभन्दा अनुशासित टिमलाई रु ३५ हजार, उदयमान खेलाडीलाई रु १० हजार पुरस्कार प्रदान गरिनेछ । जिल्लाभित्र फुटबल खेलको विकास र नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्यसहित क्लबले हरेक वर्ष प्रतियोगिताको आयोजना गर्दै आएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजकले अनुमान गरेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- खोटाङको ‘तुवाचुङ मिनी ग्रेटवाल’ जहाँ भरिन थाले पर्यटक
- कालीगण्डकी करिडोरः मुस्ताङमा थप तीन मोटर चल्ने पुल निर्माण
- खरखरेभिरको पहिरो रोकथाममा ढिलाइ
- जसले विद्यालय जोगाए उनैबाट शिक्षक सम्मानित हुँदा …
- अमेरिकाः मस्कको टोलीलाई अर्थमन्त्रालयको तथ्याङ्क नदिन न्यायाधीशको निर्देशन
- २७ वर्षपछि दिल्लीमा भाजपाको सत्ता, आपको हार, काङ्ग्रेसको प्रतिनिधित्व शून्य
- हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता, बदलामा १८३ प्यालेस्टिनी कैदी रिहा
- केजरीवालले हारे चुनाव, भाजपाका प्रवेश वर्माको जित
- सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी
- कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू
