कुश्मा नगरपालिका–३ आम्बोटबासी चन्दा सङ्कलन गरी पदमार्ग निर्माण गरेका छन्। राजमार्गभन्दा झण्डै ५०० मिटरमाथि जङ्गलमा रहेको आम्वोट आधारभूत विद्यालयसम्म जाने बाटो नभएपछि स्वदेश तथा विदेशमा रहेका व्यक्तिले चन्दा सङ्कलन गरेर पदमार्ग निर्माण गरेका हुन्। पदमार्ग निर्माणका लागि रु ११ लाख सङ्कलन भएको उक्त विद्यालयका प्रधानाध्यापक मीना गुरुङले बताउनुभयो।
अङ्ग्रेजी माध्यममा शिशुदेखि तीन कक्षासम्म पढाइ हुने विद्यालयसम्म पुग्नका लागि पदमार्ग निर्माण गर्नुपरेको उहाँले बताउनुभयो। विद्यालयमा अहिले ३१ जना विद्यार्थी अध्ययनरत छन्।
विसं २०५२ मा समाजसेवी खड्कबहादुर गुरुङको पहलमा विद्यालय स्थापना भएको थियो। तत्कालीन समयमा पोखरा–बागलुङ सडक खुलेपछि साविक दुर्लुङ र बाजुङ गाविसमा पर्ने निम्ने, कथुरे, ह्यार्दी, भारती, भुम, ओखलढुङ्गालगायत गाउँबाट अम्बोटमा …
