चितवनमा आयोजित कार्यक्रममा सहभागी स्वदेशी तथा विदेशी विज्ञहरुले मौसम परिवर्तन अनुकूल हुने गरी कृषिको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गतको अनुसन्धान प्रसार निर्देशनालयले असार ४ गते आयोजना गरेको कार्यक्रममा वक्ताहरुले मौसम परिवर्तन कृषि क्षेत्रको विकासमा चुनौती रहेकोमा जोड दिनुभयो।
‘इन्टरनेसनल कन्फ्रेन्स अन इकोलोजिकल इम्प्याक्ट अन एग्रिकल्चर, बिजनेस एण्ड टेक्नोलोजी’ विषयक गोष्ठीमा सहभागीले हिउँ पग्लिँदै जाँदा भूक्षय र पानीको अभावजस्ता समस्या बढ्दै गएको भन्दै यससँग जुध्न सक्ने गरी कृषि र प्रविधिको विकास गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा देवराज अधिकारीले मौसम परिवर्तनको चुनौतीलाई सम्बोधन गर्नेगरी अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “हिमाल पग्लिँदै जानु, …
