Home » वातावरण/जलवायु » Page 8
Category:

वातावरण/जलवायु

गोरखा जिल्लाको ४ वटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको पातपतिङ्गरबाट प्राङ्गारिक मल बनाउन सुरु गरेको छ। सहिदलखन गाउँपालिका–१ को रामलक्ष्मण सामुदायिक वन उपभोक्ता समूह तथा सोही वडाको बागपानी सामुदायिक वन उपभोक्ता समूहले पातपतिङ्गरबाट प्राङ्गारिक मल बनाउन सुरुआत गरेको हो।

गोरखा नगरपालिका–८ को लुदी दामगाडे सामुदायिक वन उपभोक्ता समूह तथा भीमसेनथापा गाउँपालिका वडा नं ५ को कलुवागैरा आँपगैरा कुटमिरे सामुदायिक वन उपभोक्ता समूह उक्त कार्यमा जुटेको हो। डिभिजन वन कार्यालय गोरखाको प्राविधिक तथा आर्थिक सहयोगमा सामुदायिक वनहरूले पातपतिङ्गरबाट प्राङ्गारिक मल बनाउन सुरु गरेका हुन्।

कार्यालयले सामुदायिक वन समूहहरूलाई प्राङ्गारिक मल बनाउन आवश्यक मेसिन उपलब्ध गराएको डिभिजन वन कार्यालय गोरखाका …

0 comment
0 FacebookTwitterEmail

यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा सर्पको बिगबिगी भएको छ।

लालबन्दी नगरपालिका–१, नवलपुरमा रहेको सर्प दंश उपचार केन्द्रको तथ्याङ्कअनुसार विगतभन्दा यस वर्ष सर्पको बिगबिगी बढेको पाइएको छ। उपचार केन्द्रका स्वास्थ्य सहायक जगन्नाथ यादवका अनुसार असारको तेस्रो हप्तासम्म ३०५ जना सर्पले डसेर उपचारका लागि केन्द्रमा आइसकेका छन्। यो तथ्याङ्क गत वर्षको भन्दा धेरै हो।

दैनिक ३ देखि ७ जनासम्म सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेका केन्द्रका अध्यक्ष उद्धव पौडेलले बताए। “अन्य समयमा पनि सर्पले डसेका बिरामी आउँछन्”, अध्यक्ष पौडेलले भने, “तर, फागुनबाट भदौ, असोजसम्म धेरै सर्पको डसाइका बिरामी उपचारका लागि आउँछन्।”

मुसाको दुलो झाडीलगायतका ठाउँमा बस्न रुचाउने विषालु सर्प …

0 comment
0 FacebookTwitterEmail

युरोपमा जुन महिनाको अन्तिम साता रेकर्ड तोड्ने गरी चलेको अत्यधिक गर्मीको लहरका कारण फ्रान्समा २ हजारभन्दा बढी अतिरिक्त मानिसको मृत्यु भएको छ। मौसमविद्हरूले आगामी केही दिनमा युरोपेली महाद्वीपमा तापक्रम अझै बढ्न सक्ने चेतावनी दिइरहेका बेला फ्रान्स सरकारले यो तथ्याङ्क सार्वजनिक गरेको हो।

जुन महिनाको अन्तिम साता फ्रान्समा मृत्युदर अघिल्लो साताको तुलनामा २९ प्रतिशतले बढेको छ। फ्रान्सेली स्वास्थ्य मन्त्री स्टेफानी रिस्टका अनुसार ४५ वर्षभन्दा माथिका नागरिकहरूमा मृत्युदर “स्पष्ट रूपमा बढेको” पाइएको छ।

फ्रान्समा गत जुन २४ तारिखमा देशव्यापी रूपमा इतिहासकै सबैभन्दा बढी औसत तापक्रम रेकर्ड गरिएको थियो। त्यस दिन पेरिसको तापक्रम करिब ४१ डिग्री सेल्सियस पुगेको थियो भने देशको आधा भूभागमा

…
0 comment
0 FacebookTwitterEmail

यस वर्ष सुरु भएपछि (वैशाख १ देखि १९ गतेसम्म) विपद्जन्य घटनामा १२७ नागरिकले ज्यान गुमाएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा भएका कुल दुई हजार ७२१ विपद्जन्य घटनामा १२७ को मृत्यु भएको तथा ७७३ जना घाइते भएका छन्।

ती विपदमा तीन हजार ७२२ परिवार प्रभावित भएको पनि प्राधिकरणले आज सार्वजनिक गरेको विपद् बुलेटिनमा उल्लेख छ। सबैभन्दा बढी सर्पदङ्शका ३९८ घटनामा परेर २३ जनाको मृत्यु भएको छ भने ३७५ जना घाइते भएका छन्।

यस्तै लेक लागेका ५४ घटनामा २१ जनाको मृत्यु र ३४ जना घाइते तथा चट्याङका २०५ घटनामा १९ जनाको मृत्यु र …

0 comment
0 FacebookTwitterEmail

खोटाङ जिल्लाको जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङस्थित वासिङ पहिरोले एक शताब्दीभन्दा बढी समयदेखि स्थानीयवासीलाई विस्थापित गर्दै आएको छ। स्थानीयका अनुसार १९९० सालको महाभूकम्पअघि नै सुरु भएको पहिरो अहिलेसम्म रोकिएको छैन।

बुँवाखोलाबाट सुरु भएको पहिरोले दर्जनौँ घर, सयौँ रोपनी खेतबारी र पुरानो गोरेटो बाटो बगाइसकेको छ। वर्षायाममा पहिरोले खोलासमेत थुन्ने भएकाले तल्लो बस्ती थप जोखिममा पर्ने गरेको स्थानीयको भनाइ छ।

करिब एक किलोमिटर क्षेत्रमा फैलिएको पहिरोका कारण धेरै परिवार पुख्र्यौली थातथलो छाडेर तराईका विभिन्न जिल्लामा बसाइँ सरेका छन्। पहिरोभन्दा करिब २०० मिटरमाथि रहेको विजय आधारभूत विद्यालयसमेत जोखिममा रहेको विद्यालयले जनाएको छ।

बोपुङका वडाध्यक्ष मस्तबहादुर राईका अनुसार पहिरो अहिले बुँवाखोलाबाट करिब डेढ किलोमिटर माथिसम्म …

0 comment
0 FacebookTwitterEmail

बाँकेको राँझास्थित डिभिजन वन कार्यालयले जिल्लामा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ विभिन्न प्रजातिका ६ लाखभन्दा बढी बिरुवा किसानलाई निःशुल्क वितरण गर्न थालेको छ।

चालु आर्थिक वर्षमा विभिन्न प्रजातिका कुल ६ लाख ७८ हजार १७२ बिरुवा उत्पादन गरी वितरण कार्य सुरु गरिएको हो।

वरिष्ठ डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताका अनुसार यस वर्ष एकवर्षीय ५ लाख ८८ हजार ८७२ र बहुवर्षीय ८९ हजार ३०० बिरुवा उत्पादन गरिएका छन्। ती बिरुवाहरू हिजोदेखि नै स्थानीय किसानलाई वितरण गर्न थालिएको छ। नर्सरीमा विशेष गरी सागवान, मसला, बकाइनो, इपिल, गोल्डमोहर, शीतलचिनी, खयर, सिसौ, अम्बा, सेतो शिरीष, सिमल, वीरेन्द्रफूल, छतिवन र एकासिया जस्ता प्रजातिहरू बढी मात्रामा हुर्काइएका …

0 comment
0 FacebookTwitterEmail

देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर साधरणतया बादल लागेको छ। बागमती, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधरणतया बादल लाग्ने छ। देशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना छ। तराईका केही स्थानमा पनि मेघगर्जन  चट्याङसहित मध्यम वर्षाको  सम्भावना छ।

आज राति पनि देशभर साधरणतया बादल रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा कर्णाली, सुदूरपश्चिम र …

0 comment
0 FacebookTwitterEmail

यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाएको छ।

सोमबार बसेको जिल्ला सुरक्षा समिति लमजुङको बैठकले यस वर्षको मनसुजन्य विपद्बाट हुनसक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न असार मसान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।

लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमले भने, “बेँसीसहर-चामे सडकको बेँसीसहरबाट मनाङ जिल्लाको सीमानासम्मको खण्डमा प्रत्येक दिन साँझ ६ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म र पुष्पलाल मध्यपहाडी लोकमार्गको सुन्दरबजार-भोर्लेटार सडकखण्डको बिमिरे भञ्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ ७ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ।”

यस सडकखण्डमा अत्यावश्यक रहेका सवारीसाधन भने सञ्चालन गर्न दिने …

0 comment
0 FacebookTwitterEmail

असारमा पनि पर्याप्त वर्षा नहुँदा बाँकेका खेतका फाँट धुलाम्मे देखिएका छन्। जिल्लाका केही स्थानमा बीउ राखेको खेतको ब्याडमा धाजा फाटेको छ।

असारमा पनि खेतका फाँट धुलाम्मे भएको देख्दा बाँकेको राप्तीसोनारी गाउँपालिका-७ फत्तेपुरका किसान धुमलिया थारूले विगत वर्षहरूमा यस्तो समस्या भोग्न नपरेको सुनाए।

“वैकल्पिक सिँचाइ वा पानी लाग्ने अवस्था छैन, त्यसैले हामीलाई धेरै गाह्रो छ”, उनले भने। आफ्नो १० कट्ठामात्रै खेत रहेको उल्लेख गर्दै थारुले परिवार पाल्न करिब डेढ बिघा क्षेत्रफलमा धानखेती गर्दै आएको बताए। यसपटक पर्याप्त वर्षा नभए धानको उत्पादन घट्दा त्यसको प्रत्यक्ष असर उनको परिवारमा पर्ने निश्चित छ।

बर्सेनि (बटैया) अधिया धानखेती गरेर करिब १० क्विन्टल धान उत्पादन हुने …

0 comment
0 FacebookTwitterEmail

विश्व स्वास्थ्य सङ्गठनका प्रमुखका अनुसार युरोपमा हालै सुरु भएको अभूतपूर्व गर्मीका कारण सयौँ मानिसको अकालमा ज्यान गएको छ।

डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै जुन २१ देखि युरोपमा उच्च तापक्रमका कारण १,३०० भन्दा बढी अतिरिक्त मानिसको मृत्यु भइसकेको जानकारी दिएका छन्। गर्मीको यो कडा लहर पूर्वतर्फ सर्दै जाँदा आइतबार जर्मनी, पोल्यान्ड र चेक गणतन्त्र लगायतका देशहरूमा तापक्रमका पुराना ऐतिहासिक रेकर्डहरू तोडिएका छन्।

डब्लुएचओका प्रमुख टेड्रोसले ‘हिट स्ट्रेस’ (अत्यधिक गर्मीका कारण शरीरमा पर्ने तनाव) लाई ‘साइलेन्ट किलर’ (मौन हत्यारा) को संज्ञा दिँदै युरोपेली घर, कार्यस्थल र विद्यालयहरू यस्तो कडा गर्मी सहन सक्ने संरचनामा नबनाइएको बताएका छन्। उनले

…
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved