डाटाको कुरा गर्दा कम्प्युटर प्रणालीमा गणितीय ढाँचा (फर्म्याट)मा राखिने वस्तुलाई सम्झने गरिन्छ । डाटाको इतिहास लण्डनबाट सुरुभएको देखिन्छ । सन् १६६३ मा जोन ग्रान्टले लन्डन र पेरिसमा म्यानुअल पद्धतिमा राखिएका मृत्यु रेकर्डबाट डाटाको अध्ययन विश्लेषण सुरु गरेका हुन् । कम्प्युटर भाषामा चाहिँ डाटा शब्द सन् १९४६ मा भण्डारण गर्न मिल्ने जानकारीका रूपमा प्रथम पटक प्रयोग भएको देखिन्छ । डाटा प्रशोधनको प्रयास पहिलो पटक सन् १९५४ मा प्रयोग भएको थियो भने डाटा भन्नाले हिजोआज सूचना सिद्धान्त अनुसार अक्षर अङ्क स्ट्रिङ वा सङ्ख्याका मानहरूमा बाइनरी (द्विआधारी) अङ्कका सहायताले राखिने सामग्रीलाई जनाउछ । हुन त कम्प्युटर सञ्चालन प्रणाली क्वान्टम (प्रमात्रा) पद्धतिमा परिणत भएपछि …
विचार
नेपालको परिचय दिँदा सामान्यत: विविधताले भरिपूर्ण र अनेकतामा एकता भएको एक सुन्दर देश भनिन्छ। यसरी परिचय दिनुका पछाडिको सोच भनेको नेपालको पहिचान यही रूपमा प्रस्तुत गर्नुपर्छ वा विश्वसामु यसरी नै अगाडि बढाइनुपर्छ भन्ने हुनुपर्छ। अलिकति पनि तलमाथि पारिनु हुँदैन भन्ने आग्रह पनि यस वाक्यमा पाइन्छ। घटना र प्रवृत्तिहरू नियाल्दा भने कथनी र करनीमा विरोधाभास पाइन्छ। यी अवस्थालाई विसङ्गति मानेर तिनको निराकरण गर्दै जानु आवश्यक छ।
वैशाख पूर्णिमाका दिन नेपालमा ‘बुद्ध जयन्ती’ भनेर राष्ट्रिय पर्वको रूपमा मनाउने चलन आजभोलि संस्कृतिकै रूपमा विकास हुँदै गएको छ। २०६८ सालको जनगणनाअनुसार ९ प्रतिशत मात्रै बौद्ध धर्मावलम्बी भएको नेपालमा बुद्ध जयन्तीको संस्कृति यति व्यापक रूपमा …
समय कालले म पनि कुनै समय एउटा कलेजसँग जोडिन पुगे। स्नातक तहको पाँचौं सेमेस्टरमा रहेको वातावरण र स्वास्थ्य पत्रकारिता पढाउनका लागि कलेजका सञ्चालक तथा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष डा. सुरेश आचार्यको प्रस्ताव आयो।
त्यो कलेज हो काठमाडौँको नयाँ बानेश्वरमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा पत्रकारिता स्नातक र स्नातकोत्तरको पढाइ हुने – सेफर्ड कलेज अफ मिडिया टेक्नोलोजी।
मैले त्यहाँ पढाउन थालें, बीएमटी पाँचौं समेष्टरमा। अध्यापन सकेको केही समयपछि भुक्तानी पाएँ। वर्ष बित्यो, अर्को सेमेस्टर आयो। फेरी पढाइदिए।
तर यो पटक भने मलाई त्यति सहज भएन। मैले पढाउँदै गर्दा लगानीकर्ताहरूको बीचमा झगडा परेछ। सुरेशजी बिदा हुनु भएछ। अनन्त मैनालीको हातमा कलेजको व्यवस्थापनको …
यसपाली स्थानीय सरकारमा चुनिएका ३ सय ८५ जना स्वतन्त्र उम्मेदवारहरूले धेरै भ्रमहरू चिरिदिएका छन्। पहिलोचाहिँ मनी र मसल बिना चुनाव जित्न सकिदैंन भन्ने भ्रम चिरिएको छ भने राजनीतिमा चुनाव चिह्नको स्थायी ब्राण्डबाट मात्रै भोट लिन सकिन्छ भन्ने भ्रम पनि भताभुङ्ग भएको छ। वास्तवमा स्वतन्त्र उम्मेद्वारको जित दलीय व्यवस्थाका नाममा केही नेताले चलाएको जिम्मुवाल तन्त्र प्रति नाकमा बजाइएको बलियो मुक्का हो। जनताको यो आक्रोश नेताप्रतिको वितृष्णाको रूपमा मात्रै प्रकट भएको छ।
स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गते सम्पन्न भई अधिकांश परिणाम प्राप्त भइसकेको छ। आगामी ५ वर्षका लागि आफ्नो योजनासहित सबै निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो संकल्प पूरा गर्न कार्यारम्भ पनि गरिसकेका …
दलको पगरी गुथेर वा नगुथीकन स्थानीय तहमा जनप्रतिनिधि बहाल भैसकेका छन्। दलबाट जितेका हुन् वा स्वतन्त्र, तिनले कसैका गोटी नबनी र बहुमत/अल्पमतको गलत अभ्यास नगरी पाँच वर्ष स्थानीय तहको विकासमा सशक्त ढंगले काम गर्नु आजको आवश्यकता हो। सबैलाई थाहा छ– शासनसत्ता जित्नेको हातमा हुन्छ, गोलाप्रथा होस् कि झिनो वा विशाल मतान्तरले नै विजय प्राप्त भएको किन नहोस्।
अपजस र फरक मत
शासन व्यवस्था चाहिँ विजेता र उपविजेताहरूको मात्र नभई फरक मत राख्नेहरूको पनि हो। जित्नेको हातमा सत्ताको तालाचाबी हुँदैमा पराजित हुनेलाई दबाउनु वा फरक मत राख्नेहरूलाई उपेक्षा गर्नु हुँदैन। यसैले शासन नभई सुशासन र शासक नभई जनसेवक बनेर काम गर्न …
रूस र युक्रेन बीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले विश्वमै पेट्रोलियम पदार्थको भाउमा उच्च वृद्धि भएको छ। आयातमा निर्भर नेपालजस्तो भूपरिवेष्ठित मुलुकका लागि पटक पटकको इन्धनको सङ्कटले दीर्घकालीन समाधानका विविध उपायहरूमा सरकार तथा सिङ्गो नेपाली जनतालाई सोच्न बाध्य पारेको छ ।
नेपालमा प्राकृतिक विपत्ति पर्दा वा भारतीय नाकाबन्दी हुँदा, नेपालीहरूले मट्टितेल, खाना पकाउने ग्यासको विकल्पमा विद्युतीय चुलो (इन्डक्सन कुकटप), गाउँघरमा सुधारिएको चुलो तथा गोबरग्यास प्रयोग गरेका थिए । भारतीय नाकाबन्दी भएका वेला साइकल खरिदमा समेत सरकारले भन्सार महसुल सुविधा दिएको थियो । त्यस्तै विगतमा पेट्रोल, डिजेलको अभाव टार्न कार्यालय आवत जावतका लागि काठमाडौंमा केही ‘सेयर एन्ड राइड’ …
मानिसहरूलाई आयुर्वेदका औषधिहरू भोजनकै अंग (सागपात, सलाद, अचार, चटनी आदि) जस्तो लाग्दछ । आयुर्वेद औषधिप्रतिको यस्तो विश्वास नै आयुर्वेदीय औषधिप्रतिको अन्धविश्वासको जड हो ।
अहिले विश्वव्यापी रूपमा आयुर्वेद उपचार पद्धतिको लोकप्रियता उचाइमा छ। आयुर्वेदप्रतिको आशा र भरोसाले यसका प्रयोगकर्ताहरू बढेका छन्, फलत: यसको व्यपार पनि बढेर गएको छ। आयुर्वेदको बढ्दो व्यपारसँगै यसप्रतिको विश्वास जुन रूपमा बढ्नु पथ्र्यो त्यो भने हुनसकेको छैन। किनभने आयुर्वेदका बारेमा छरिएका अनेकन भ्रम र अन्धविश्वासले यसो हुन दिइरहेको छैन।
विज्ञान र प्रविधिको मदत लिएर साह्रै उपयोगी र कामै नलाग्ने पत्रु सामग्रीको समेत प्रचारप्रसार भइरहेको हामीले थाहा पाएकै छौं। अर्थात् वैज्ञानिक आधार नै भएका सामग्री …
नेपालको वर्तमान संविधानअनुसार हरेक ५ वर्षमा स्थानीय तह निर्वाचन हुने प्रावधान बमोजिम २०७४ सालपछि दोस्रो पटक २०७९ वैशाख ३० गते स्थानीय तहका ७५३ वटै तहमा निर्वाचन सम्पन्न भसकेको छ। स्थानीय तहको विकासको लागि पाँच वर्षको योजनासहित धेरै जनप्रतिनिधिहरू निर्वाचित भएका छन्। यो लेख तयार पार्ने वेलासम्म लगभग ७ सय ३० वटा स्थानीय तहको मत परिणाम पनि सार्वजनिक भइसकेको छ।
विगतदेखि राज्यका हरेक तहमा महिलाको सहभागिता र समावेशिताको विषय उठिरहेको छ। स्थानीय तहमा पनि हरेक नीति निर्माणमा र विकासमा महिलालाई समावेशीको आधारमा सहभागिता गराइएको छ। के साँच्चै महिलाको सशक्तिकरणका लागि २०७९ साल वैशाख ३० गतेको स्थानीय तह निर्वाचनले भूमिका खेलेको पाइयो …
हालै सम्पन्न स्थानीय तह ( पालिका ) हरूको चुनावमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नराम्रोसँग पराजित भएको छ। देशभरका ७५३ पालिकाहरूका लागि गराइएको मतदानमा यसभन्दा अघि पहिलो नम्बरमा रहेको त्यो दल साबिकमा आफूभन्दा कमजोर हैसियत भएको नेपाली कांग्रेसबाट पछि परेर दोस्रो नम्बरमा धकेलिएको छ। त्यतिमात्र होइन, नेपाली कांग्रेसको नेतृत्वमा बनेको सत्तासीन गठबन्धनका सबै सदस्य दलहरूले जितेका स्थानहरूलाई जोडेर हेर्ने हो भने एमालेले कुल ७५३ स्थानको करिब एक तिहाइ सङ्ख्यामा मात्र जित हासिल गर्न सकेको देखिन्छ।
अहिलेसम्म प्रकाशित र प्रत्याशीहरूले लिएको अग्रतालाई हेर्दा देशका ६ महानगरपालिका र ११ उपमहानगरपालिकाहरूको चुनाव परिणाम एमाले नेतृत्वका लागि चरम हतासाको विषय बन्ने लगभग तय छ …
राजनीतिक निषेध गर्ने जुन परम्परा यहाँ कायम भएको छ त्यो नेपालको इतिहासले सिकाएको होइन । त्यसकारण इतिहासबाट केही सिक्ने हो भने यसमा पनि विचार पुर्याउनु पर्दछ।
बालेन शाहले एउटा अन्तर्वार्तामा नेवारहरूको बारेमा कुरा गरेका छन्। आखिर उनले भने जस्तै नेवारहरू कुनै जातका होइनन्। नेवार भनेको नेवारी भाषाबाट छुट्टिएको हो। जो–जसले नेवारी बोल्न जाने उही नेवार भएका हुन्। उनले नेवारी गीत पनि गाएर देखाए। उनलाई सोधिएको थियो– तराईको एउटा उमेदवारले काठमाडौ शहरको निर्र्वाचन कसरी जित्न सक्छ ? निर्वाचनमा जित र हार त हुने नै भयो तर जुन किसिमले काठमाडौंको नेवारी समाज बनेको छ त्यसको राम्रो समझदारी उनमा भएको पाइयो।
भाषा विज्ञ …