शिखण्डी जति सुरवीर थिए, जति अन्यमनस्क भावमा रहन्थे, त्यति नै भीष्ममा पनि पूर्व जानकारी उनले पाएका थिए भन्ने बुझिन्छ ……
सानैदेखि शिखण्डीमा राज्यको खासै परवाह थिएन। उनको सपना र जपनामा शन्तनु नन्दन देवब्रत मात्र हुन्थे। उनको मृत्यु मात्र हुन्थ्यो। उनलाई पनि थाहा थियो, गाङ्गेयको मृत्यु उत्तरायणमा हुनेछ र उनको इच्छा मरण हुनेछ। चाहेको दिन मात्र मर्नेछन्। र पनि अम्बा हुँदाको प्रतिशोध यति गहिरोसँग जमेको थियो कि कुनै पनि हालतमा उनी बदला लिएरै छोड्नेवाला थिए।
उता महाराज द्रुपदले पनि द्रोणाचार्यसँग बदला लिन भनेर पुत्रेष्टि यज्ञ गरेका थिए। त्यससँग पनि शिखण्डीलाई केही मतलब थिएन। त्यही दरबारमा लगाएको यज्ञबाट पछि यज्ञबाट धृष्टद्युम्न र …