Home » साहित्य/कला/संस्कृति
Category:

साहित्य/कला/संस्कृति

ढाका टोपी, घाँटीमा स्कार्फ, काँधमा सारङ्गी र जीवनभरको सङ्घर्षको अनुभूति बोकेर ६३ वर्षीय यमबहादुर गन्धर्व हरेक दिन नयाँ गन्तव्यतर्फ लाग्छन्। सारङ्गीको धुन र गीतमार्फत उनले आफ्नो जीवनयापन मात्र गरिरहेका छैनन्, गन्धर्व समुदायको मौलिक कला, संस्कृति र पहिचानलाई निरन्तरता दिइरहेका छन्।

लमजुङको सुन्दरबजार क्षेत्र नजिकै लमजुङ र तनहुँको सीमाक्षेत्रमा बसोबास गर्दै आएका यमबहादुरले विगत ३६ वर्षदेखि सारङ्गी बजाउने र गीत गाउने पेसालाई निरन्तरता दिँदै आएका छन्। बुबा–बाजेको पालादेखि चल्दै आएको पुर्ख्यौली पेसालाई अँगालेर उहाँले आफ्नो जीवनयात्रा अघि बढाइ रहेका हुन्।

“पढाइ पनि धेरै गर्न सकिनँ, अरू काम पनि जानेको छैन। अब यही पेसाबाट जीवन चलिरहेको छ,” यमबहादुरले भने, “हातगोडा चलुन्जेल यही …

0 comment
0 FacebookTwitterEmail

कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा भेला भएर गीत गाउँथे । यस्तै, नाच्थे, सुख–दुःख साट्थे र पुस्तौँदेखि पुस्तामा संस्कार, संस्कृति तथा सामूहिक जीवनका मूल्य हस्तान्तरण गर्थे ।

गुरुङ समुदायका लागि रोधी मनोरञ्जनको थलो मात्र नभई सामाजिक शिक्षालय पनि थियो । समयसँगै आधुनिक जीवनशैली, वैदेशिक रोजगारी र बसाइसराइका कारण रोधी बस्ने चलन क्रमशः घट्दै गएको छ ।

रोधीले सिकाएको सामूहिकता, आत्मीयता र मौलिक संस्कृतिप्रतिको अपनत्व अहिले लमजुङको ग्रामीण पर्यटनको बलियो आधार बनेको छ । ‘होमस्टे’मार्फत यही सांस्कृतिक सम्पदालाई संरक्षण गर्दै गुरुङ समुदायले पर्यटनलाई आर्थिक समृद्धिको भरपर्दो माध्यमका रूपमा विकास गरिरहेका छन् ।

गुरुङ समुदायको उद्गमस्थल मानिने लमजुङमा मौलिक पहिचानलाई पर्यटनसँग जोड्ने …

0 comment
0 FacebookTwitterEmail

नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको छ। भानुभक्त जन्मस्थल विकास समितिले भानुजयन्ती तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी जयन्ती मनाउने तयारी गरेको हो।

भानु नगरपालिकाका प्रमुख एवं भानु जन्मस्थल विकास समितिका अध्यक्ष आनन्दराज त्रिपाठीको अध्यक्षतामा सोमबार सम्पन्न बैठकले यही असार २७, २८ र २९ गते तीन दिनसम्म विविध कार्यक्रम सञ्चालन गरी २१३औँ भानु जयन्ती मनाउने निर्णय गरेको हो।

समितिका कार्यकारी सचिव कृपाहरी लौडारीका अनुसार असार २७ गते भानुभक्तसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न मठमन्दिरमा पूजाअर्चना गरिनेछ। असार २८ गते भानुभक्तीय रामायण वाचन/पाठ प्रतियोगिता आयोजना गरिनेछ भने साँझ साहित्यकार, कवि तथा …

0 comment
0 FacebookTwitterEmail

आधुनिकता र बदलिँदो जीवनशैलीका कारण लोपोन्मुख बन्दै गएको सीमान्कृत अल्पसंख्यक दरै समुदायको मौलिक सांस्कृतिक सम्पदा ‘चुड्का नाच’ संरक्षणका लागि स्थानीयस्तरमा सक्रियता बढाइएको छ। ‘चुड्काको लयमा प्रतिस्पर्धा, सांस्कृतिक संरक्षणमा प्रतिबद्धता’ भन्ने नाराका साथ पुस्ताौँदेखि आफ्नो पहिचानसँग जोडिएको यो नाचलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले समुदायका अगुवाहरू अभौतिक सम्पदाको जगेर्नामा जुटेका हुन्।

चुड्का नाच दरै समुदायका मानिस सामूहिक रूपमा गीत गाउँदै र तालबद्ध रूपमा नृत्य प्रस्तुत गर्ने परम्परागत लोकनृत्य हो। दरै समाज तनहुँका अध्यक्ष ठाकुरबहादुर दरैले व्यास नगर प्रज्ञा प्रतिष्ठानको सहयोगमा यसको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको जानकारी दिए। विशेषगरी विवाह, पर्व, उत्सव तथा सामुदायिक कार्यक्रममा प्रस्तुत गरिने यो नाच दरै समुदायको …

0 comment
0 FacebookTwitterEmail

गोरखा नगरपालिका-९ लक्ष्मीबजारस्थित आहालडाँडामा करिब रु दुई करोडको लागतमा गोरखनाथको मन्दिर निर्माण अन्तिम चरणमा पुगेको छ।

गोरखक्षनाथ आश्रमका अध्यक्ष होमसिंह बस्न्यातले मन्दिर निर्माणको काम अहिलेसम्म करिब ७० प्रतिशत सम्पन्न भइसकेको र आउँदो फागुन महिनाभित्र निर्माण सम्पन्न गरी मन्दिर सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए।

शिखरशैलीमा निर्माण गरिएको मन्दिरमा गोरखनाथको मूर्तिसहित प्राणप्रतिष्ठा राखेर सञ्चालनमा ल्याइने अध्यक्ष उनको भनाइ छ। उनका अनुसार आहालडाँडामा मन्दिरका लागि झण्डै ४१७ रोपनी क्षेत्रफल जमिन भोगाधिकारका लागि अधिकार प्राप्त भएको छ।

मन्दिर परिषद्मा ध्यानकेन्द्र, स्थानीय जातका गौशाला, धर्मशाला, प्रवचनकक्ष, निर्माण गर्ने तयारी भइरहेको छ। त्यस्तै गोरखनाथ कल्याण केन्द्रको सहयोगमा मन्दिर परिसरमा नै गुरुकुल सञ्चालनमा ल्याउन लागिएको उनले …

0 comment
0 FacebookTwitterEmail

तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको एक महिने मेला सम्पन्न भएको छ। भक्तपुरको दक्षिणतर्फ खरिपाटी, देकोचा, चाँगुनारायण मन्दिर र नगरकोट चारैतिरबाट पक्की सडक हुँदै पुग्न सकिने चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलधामस्थित उक्त मेला सोमबार सम्पन्न भएको हो।

एक महिने पुरुषोत्तम मेलामा सत्सग, प्रवचन, भजनलगायतको प्रतुतिसहित सोमबारदेखि एक महिने मेला सम्पन्न भएको मेला आयोजना समितिका संयोजक गोकर्ण पुरीले जानकारी दिए। मेला व्यवस्थापन गर्न सिङ्गो गाउँ लागेको बताउँदै उनले स्थानीय स्तरबाटै महिना दिनसम्मका लागि प्रवचन र भजनकीर्तनको व्यवस्था, नारायणको पूजा/पुरुषोत्तम महात्म्य वाचन, यहाँ आउने दर्शनार्थीलाई सहज पूजा गर्ने व्यवस्था गरिएको बताए। भक्तपुरका चार वटै नगरपालिका, काठमाडौँ, ललितपुर, साँखु, मूलपानी, काभ्रेपलाञ्चोकलगायत …

0 comment
0 FacebookTwitterEmail

अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र प्रकृतिको सङ्गम हो।

समुन्द्री सतहदेखि दुई हजार मिटर उचाइको पहाडी पाखामा गुजमुज्ज परम्परागत शैलीका ढुङ्गे घरहरु रहेको लेकगाउँले ‘ मगर सङग्रालय’ को पहिचान बनाएको हो। करिब एक सय परिवारको बसोबास रहेको लेकगाउँमा सबै मगर समुुदायका छन्।

अन्नपूर्ण गाउँपालिका–४ का वडा सदस्य श्याम पुर्जाले सयौँ वर्षअघि स्थानीय सीपको प्रयोग गरेर निर्माण गरिएका मौलिक घरहरु भएको लेकगाउँमा परम्परागत मगर जीवनशैली र संस्कृति जीवित रहेकाले बस्तीलाई नै ‘मगर म्युुजियम’ भनिएको बताए।

“पुुर्खाहरुले स्थानीय सीप र सामग्रीको प्रयोग गरेर बनाएका मौलिक ढुङ्गेघरहरु मात्र नभएर अर्मपर्म गरेर खेतीबाली लगाउने, घुुम्ती गोठमा पशुपालन गर्ने, पुुख्र्याैली नाच्ने, भूमे पूजा …

0 comment
0 FacebookTwitterEmail

पृथ्वी राजमार्ग सडक विस्तारसँगै तनहुँ खण्डमा पर्ने राजमार्ग किनार क्षेत्रका ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माण भइरहेको छ। सडक विस्तार सम्पन्न भएसँगै आयोजनाले अहिले सडक सीमाभित्र परेका ऐतिहासिक सम्पदा, मठमन्दिर र पाटीपौवाहरूको पुनर्निर्माणलाई तीव्रता दिइएको हो।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारको पूर्वी खण्ड (आँबुखैरेनी–जामुने)को सडक निर्माण सकिएसँगै सम्पदा निर्माणमा तीव्रता दिइएको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। एसियाली विकास बैंक (एडिबी)को करिब छ अर्ब ३१ करोड रुपैयाँ लागतमा स्तरोन्नति भएको ४१ किलोमिटर सडकखण्डको निर्माण पूरा भइसकेको छ।

“सडक विस्तारका क्रममा विस्थापित भएका धार्मिक तथा सांस्कृतिक संरचनाको मौलिकता जोगाउन आयोजनाले करिब दुई करोड रुपैयाँ विनियोजन गरेको थियो। विनियोजित बजेटबाट अधिकांश मठमन्दिर …

0 comment
0 FacebookTwitterEmail

न्यूयोर्कको म्यानह्याटन आगामी जेठ ३ गते ‘नेपाल डे परेड, २०२६’ आयोजना हुने भएको छ। म्यानह्याटनमा नेपाली पहिचान र संस्कृति झल्काउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

परेडको सम्पूर्ण तयारी भइसकेको आयोजक संस्था गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० राष्ट्रिय समन्वय समिति न्यूयोर्क च्याप्टरका अध्यक्ष वासु लामिछानेले जानकारी दिए। म्यानह्याटनको ३८ स्ट्रिटबाट सुरु हुने परेड २५ स्ट्रिटमा पुगेर सम्पन्न हुनेछ।

एनआरएनए न्यूयोर्क च्याप्टर, आदिवासी जनजाति महासङ्घ नेपाल, अमेरिका (फिप्ना) लगायत विभिन्न सङ्घ–संस्थाहरुको संयुक्त आयोजनामा परेड हुन लागेको हो। न्यूयोर्कमा विगत १० वर्षदेखि नेपाल डे परेड आयोजना हुँदै आएको छ। पहिलो पटक सन् २०१६ मा परेड आयोजना गरिएको अध्यक्ष लामिछानेको भनाइ छ।

विश्वको आर्थिक …

0 comment
0 FacebookTwitterEmail

आराध्य देव भगवान् श्री पशुपतिनाथ र पाशुपत क्षेत्रको माहात्म्य एवम् पवित्र वाग्मती नदीको विशिष्टता उद्देश्यले गरिएको ‘बृहत् पाशुपत क्षेत्र पदयात्रा–२०८२’ (चौसट्ठी सिद्धलिंग दर्शन) समूह आइतबार पशुपति आइपुगेको छ।

भगवान् श्री पशुपतिनाथ र पाशुपत क्षेत्रको माहात्म्य एवं पवित्र वाग्मती नदीको विशिष्टता समस्त सनातनी तथा नेपालीलाई जागृत गराउने र बाग्मती नदी प्रदूषित भएकामा भगवान् पशुपतिनाथ एवं वाग्मतीप्रति क्षमा याचना तथा प्रायश्चित गर्ने उद्देश्यका साथ पदयात्रा आयोजना गरिएको थियो। महेश सन्न्यास आश्रमका पीठाधीश एवं ‘महेश संस्कृत गुरुकुलम्’का अध्यक्ष स्वामी रमणानन्द गिरीको सत्संकल्पमा पदयात्रा समूह पशुपति क्षेत्र आइपुगेको हो।

गत चैत १५ गते पशुपति शंकराचार्यमठमा समुद्घाटन, पशुपति पूजन तथा वाग्मती गंगाको विशेष आरती गरी …

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved