Home » स्वास्थ्य » Page 23
Category:

स्वास्थ्य

आयुर्वेदिक औषधिले ढिलो काम गर्छधेरैले यो कथन सुन्दै सुनाउँदै आएका छन्। यो विश्वासको हो वा भ्रम? यसको मापन आधार के होला? यस पटक यही विषयमा केन्द्रित सामग्री प्रस्तुत गरेको छु।

आयुर्वेदिक औषधिहरू ढिलो काम गर्छन् भन्दै गर्दा सोचनीय विषय के हो भने कति समयलाई ढिलोभनिएको हो वा कति समयमा काम गर्यो भने छिटोगरेको मानिएला ? वैज्ञानिक दृष्टिमा यो ढिलो र छिटो भनेको तुलनात्मक विषय हुन्। यो निरपेक्ष कुरा होइन। यसलाई सामान्यीकरण गरेर जनविश्वास निर्माण गरिनु गलत छ।

आयुर्वेदिक औषधीले ढिलो काम गर्छ भन्ने विषयको बहस एलोपेथी औषधिसँग तुलना गर्न …

आयुर्वेदिक औषधिले ढिलो काम गर्छ– विश्वास कि भ्रम ?
0 comment
0 FacebookTwitterEmail

यो महिनादेखि औषधीको प्याटेन्ट अधिकार समाप्त गरिएकाले मधुमेहविरुद्धको औषधी सिटीग्लिप्टीन सस्तो हुने देखिएको छ। यो औषधी अब  हालको मूल्यको एक तिहाइमा भारतमा उपलब्ध हुनेछ किनकी धेरै भारतीय फर्मास्युटिकल्सले औषधीको उत्पादन तत्काल शुरु गर्ने योजना बनाएका छन्। मधुमेहका अधिकांश औषधी भारतबाट आउने भएकाले नेपालमा पनि  त्यसको मूल्य एक तिहाइले घट्नु पर्छ।

सिटीग्लिप्टीन मधुमेह दोस्रो प्रकार- टाइप टु डायबिटिजको उपचारमा प्रयोग गरिन्छ। शरीरले इन्सुलिन उत्पादन वा सामान्य रूपमा प्रयोग नगरेपछि टाइप टु डायबिटिजमा रगतमा चिनीको मात्रा बढी हुन्छ।

मेटफर्मिन ( टाइप टु डायबिटिजको उपचारमा प्रयोग हुने औषधी ) जस्ता औषधीहरूबाट साइड इफेक्टको जोखिम रहेका वा शरिरमा राम्रो काम नगरेको अवस्थामा मानिसहरूको उपचारका …

0 comment
0 FacebookTwitterEmail

खोटाङमा प्रसूति व्यथाले गम्भीर एक गर्भवतीको यही साता निःशुल्क हवाइ उद्धार गरियो। राष्ट्रपति महिला उत्थान कार्यक्रमको हेलिकोप्टरमार्फत खोटेहाङ गाउँपालिका ३ कटहरेकी १८ वर्षीया मेनुका विष्टको  उद्धार गरी सुविधा सम्पन्न अस्पताल पठाइएको हो।

उच्च रक्तचाप तथा कम्पनको समस्या देखिएपछि स्थानीय स्वाथ्य चौकीमा  उपचार सम्भव नहुने जनाउँदै स्वास्थ्य चौकीले उद्धारका लागि आग्रह गरेपछि  महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको  राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाइले  हेलिकोप्टरको व्यवस्था मिलाइदिएको थियो।

सोही जिल्लामा सुत्केरी व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ की ३० वर्षीया शान्ता विकको पनि हेलिकोप्टरबाट उद्धार गरिएको थियो।

त्यस्तै बाजुराकी  बुढीनन्दा नगरपालिका ६ की २१ वर्षीय मनिषा भण्डारीलाई  स्थानीय …

दुर्गम क्षेत्रका महिलाको लागि वरदान बन्दै गर्भवती तथा सुत्केरीको हवाइ उद्धार कार्यक्रम
0 comment
0 FacebookTwitterEmail

६ देखि ११ वर्षका १,५८१ बालबालिकामा गरिएको एक अध्ययनले सहरी वातावरणीय विशेषताहरू र स्वस्थसँग सम्बन्धित बानी बीचको सम्बन्धका बारेमा अनुसन्धान गरिएको थियो।

जनसंख्या र सडक सञ्जाल कम भएको र धेरै वनस्पति भएको सहरी क्षेत्रमा बसोबास गर्ने बालबालिकाको स्वास्थ्य र व्यवहार राम्रो भएको पत्ता लागेको छ। बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थ (आईएस ग्लोबल) को नेतृत्वमा गरिएको एक अध्ययनमा यो कुरा पत्ता लागेको हो ।

धेरै प्राकृतिक ठाउँहरूले घेरिएका बालबालिकाहरू शारीरिक रूपमा बढी सक्रिय हुन्छन्, धेरै शारीरिक गतिविधिहरू समावेश गर्ने गतिविधिहरूमा बढी समय बिताउँछन्, धेरै घण्टा सुत्छन्,  अनि हिडेर वा साइकल चलाएर स्कुल जाने सम्भावना बढी भएको कुरा अध्ययनले पत्ता लगाएको छ।…

रूखबिरुवाबीच शहरमा बस्ने बालबालिकाको स्वास्थ्य र व्यवहार राम्रोः अनुसन्धान
0 comment
0 FacebookTwitterEmail

चिसोमा जमाइएको मासु वा अन्य खानेकुरा सुरक्षित हुन्छ भन्ने आमधारणा छ तर त्यसो नहुने रहेछ। वैज्ञानिकहरूका अनुसार कोभिड–१९ को भाइरस सार्स-कोभ-२ रेफ्रिजेरेटेड वा फ्रोजन माछामासुमा करिब ३० दिनसम्म बाँच्न सक्छ र यसले संक्रमण निम्त्याउन सक्छ।

अमेरिकन सोसाइटी फर माइक्रोबायोलोजीको जर्नल एप्लाइड एण्ड इन्भाइरोन्मेन्टल माइक्रोबायोलोजीमा प्रकाशित एउटा नयाँ अध्ययनले सार्स-कोभ-२ भाइरस रेफ्रिजेरेटेड वा फ्रोजन माछामासुमा एक महिनासम्म बाँच्न सक्ने देखाएको छ।

वैज्ञानिकहरूले सार्स-कोभ-२ सँग मिल्दोजुल्दो भाइरस भएका कुखुरा, विफ, पोर्क र साल्मन माछामा यो अनुसन्धान गरेका थिए। उनीहरूले यी उत्पादनहरूलाई ४ डिग्री सेल्सियस पर रेफ्रिजरेशन गर्नुका साथै माइनस २० डिग्री सेल्सियसमा फ्रिजरमा राखे।

यस अनुसन्धानमा संलग्न प्रमुख अनुसन्धानकर्ता एमिली एस …

कोभिड–१९ को भाइरस फ्रोजन मासुमा एक महिनासम्म बाँच्न सक्छः अनुसन्धान
0 comment
0 FacebookTwitterEmail

तालि बजाउनु विश्वव्यापी रूपमै सहज मानवीय अभ्यास हो। भजन कीर्तनमा ताली बजाउनु धार्मिक संस्कार हो। हिन्दु, ईसाई, ईस्लाम, सिख, बौद्ध आदि सबै धर्ममा ताली बजाउने चलन रहेको पाइन्छ। भजन कीर्तनमा ताली बजाउनुलाई शुभ सूचक
मानिन्छ। सांगीतिक धुनको लागि पनि तालि बजाइन्छ। खुसी साझा गर्न एवं अरुलाई उत्साह वा शुभकामना दिँदा पनि तालि बजाउने अभ्यास हामी कहाँ छ।
तालि बजाउनु, हेर्दा सानो शारीरिक क्रिया जस्तो देखिन्छ। त्यसलाई धेरैले सचेत रूपमा अभ्यास गरेको हुँदैन। केहीलाई तालि बजाउनु व्यर्थ जस्तो लाग्छ। अरुले गडगडाहट ताली बजाइ राख्दा पनि धैरे मान्छ हात जोडेर शान्त भएर बसेका हुन्छन्। त्यस्ता व्यक्तिलाई उत्साहहीन मान्न सकिन्छ।
ताली बजाउनुको अर्थ …

ताली बजाउनुहोस्, रोग निको पार्नुहोस् !
0 comment
0 FacebookTwitterEmail

काठमाडौं महानगरपालिकाको नगरकार्यपालिका बैठकले काठमाडौं भित्रका होटेल, रेस्टुरेन्ट, बैंक, गैरसरकारी संस्था तथा अन्य व्यवसायिक क्षेत्रले सञ्चालन गरेको शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने निर्णय गर्यो। महानगरको अभियानमा निजी क्षेत्रले ऐक्यवद्धता जनाए। निजी क्षेत्रले महानगरका मेयर बालेन्द्र साहसँग हातेमालो गरेपछि काठमाडौं महानगरका सबै वडामा सुविधायुक्त शौचालयमा सर्वसाधारणको पहुँच पुग्यो। तर तपाईंले कहिल्यै महानगरले बनाएको, चलाएको अथवा ठेक्कामा लगाएको शौचालय प्रयोग गर्नुभएको छ ? अथवा महानगरको नयाँ नेतृत्वसँग हातेमालो गर्ने निजी क्षेत्रले चलाएको शौचालयमा जानु भएको छ ? यो आज हामीले खोजेको विषय हो।

यसका लागि एउटा गतिलो उदाहरण हो: काठमाडांैको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह अगाडि रहेको सार्वजनिक शौचालय। समाज कल्याण परिषद्ले सन् २०१६ को …

आफ्नो ठेकदारलाई दिएर निजी शौचालयमा नि:शुल्क पहुँच खोज्दै महानगर
0 comment
0 FacebookTwitterEmail

विक्रम संवत् ०७८ माघ १० गते बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले डडेल्धुरा अस्पताललाई मेडिकल कलेजका रूपमा अगाडि बढाउने निर्णय गर्‍यो । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीचको समझदारीबाट सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत अस्पतालको स्वामित्व नेपाल सरकारमै रहने छ,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ– ‘डडेल्धुरा अस्पताल नै आधार संकायका रूपमा विकास हुने गरी मेडिकल कलेज स्थापना गर्न स्वास्थ्य मन्त्रालयको समन्वयमा शिक्षा मन्त्रालयले प्राथमिकता साथ अघि बढाउने छ ।’ प्रतिष्ठानका रूपमा विकास गर्न भन्दै स्वास्थ्य मन्त्रालयले प्रस्ताव लगेकोमा मन्त्रिपरिषद्ले मेडिकल कलेजको रूपमा अगाडि बढाउने निर्णय गरेको थियो ।
सोही निर्णयपछि जेठ १५ गते सरकारले सदनमा प्रस्तुत गरेको आगामी आर्थिक …

बिरामी पठाउने डडेल्धुराले डाक्टर पठाउन देखेको सपना
0 comment
0 FacebookTwitterEmail

पदार्थको सत्ता अस्तित्त्वमा राख्न फरक फरक धर्म भएको इलेक्ट्रोन, प्रोटोन र न्युट्रन मिलेर अणुभित्रको गतीशीलता कायम गराएको हुन्छ । त्यसैगरी स्वस्थ शरीरको सत्ता कायम गरी राख्न फरक फरक क्रियात्मक क्षमता भएका वात, पित्त र कफले समन्वय गरी शरीरमा गतीशीलता कायम  गरिरहेको हुन्छ । वात, पित्त र कफ (त्रिदोष) आयुर्वेदको आधारभूत सिद्धान्त हो । शरीरमा त्रिदोषको सन्तुलन भइरहे व्यक्ति स्वस्थ हुन्छ, असन्तुलन भए अस्वस्थ बन्छ ।

       वात भनेको सामान्य अर्थमा वायु हो । वायुलाई नै प्राण शक्ति पनि भनिन्छ । फरक फरक कर्तव्य गर्ने १० प्रकारका वायुहरूले शरीरलाई जीवन्त एवं गतिशील बनाइरहेको हुन्छ । मनुष्यको शरीर या …

स्वस्थ बर्सात, आयुर्वेदको साथ
0 comment
0 FacebookTwitterEmail

छाउ अर्थात् स्त्रीको रजस्वला अवस्था वा धर्म। पडी अर्थात् भएकी वा सानो (साँघुरो) घर। रजस्वला भएकी महिलालाई पश्चिमी नेपालमा छाउपडी भनिन्छ। छाउपडीलाई धर्म र परम्परासँग जोडेर अनेक गैरवैज्ञानिक चिन्तन र अन्धविश्वास व्याप्त छ। छाउपडी प्रथाले कसरी महिलाहरूलाई अशक्त पारिरहेको छ भन्ने आँखोदेखा हाल हामीले कालीकोट, बझाङ, बाजुरा, अछाम, मुगु, कैलाली र कञ्चनपुरको भ्रमण गरेर थाहा पायौं। स्थानीय महिलाको दयनीय अवस्थालाई नजिकबाट नियाल्यौं। एक महिलाको नाताले आफूलाई त्यहाँ उभ्याएर कल्पना गर्‍यौं र समस्यालाई अनुभूत गर्‍यौं।
मनमा अनेक तर्कना चलेपछि स्थानीय धार्मिक गुरुहरूसँग पनि महिनावारीको बारेमा छलफल गर्‍यौं। त्यहाँका पुरुषहरूले यो समस्यालाई कसरी बुझेका छन् ? राजनीतिक दलका नेताहरूले यसलाई मुद्दा बनाएका …

छाउपडी सुदूर पश्चिमका महिलाको व्यथा
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved