जनता नमूना माध्यमिक विद्यालय, शंकरपुर, विराटनगरमा अध्ययन गरेर २०३७ सालमा एसएलसी दिएका विद्यार्थीले आफूलाई विद्यालयमा पढाउने शिक्षकहरूलाई एक कार्यक्रमको आयोजना गरी विराटनगर र काठमाडौंमा एकैदिन सम्मान गरेका छन्।
आफ्नो जीवनमा उच्च आदर्श बोकेर सबैको भलो चिताउने शिक्षक तथा शिक्षिकालाई आजको समाजले त्यति धेरै प्राथमिकता नदिएको अवस्थामा यस्तो सम्मान कार्यक्रमले धेरै महत्व राख्ने आयोजकले बताएका छन। उक्त सम्मान कार्यक्रममा दिवंगत शिक्षक तथा शिक्षिकाको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेटको मौनधारणबाट सम्मान कार्यक्रम हुँदै सम्मानितहरूबाट अनुभव तथा मन्तव्य राख्ने कार्यक्रम सम्पन्न भएको थियो।
सो अवसरमा टेककुमारी कोइराला, विणा जोशी, उर्मिला श्रेष्ठ, यशोदा पौडेल, शान्ता अधिकारी, बिक्रमसिंह थापा, नारायणप्रसाद भगत, प्रकाशकुमार चापागाईं, श्यामनन्दन शर्मा, शिवसंकर श्रेष्ठ, लक्ष्मीकान्त नन्दी, नारायणप्रसाद आचार्य, कृष्णबहादुर बस्नेतलाई सम्मान गरिएको थियो। कार्यक्रममा पूर्व विद्यार्थी तथा समाजसेवी युवराज निरौला, पूर्व विद्यार्थी, मेयर तथा बर्तमान सांसद भिम पराजुली, पूर्व विद्यार्थी, नेपाल सरकारका पूर्व सचिव विमल कोईराला, पूर्व विद्यार्थी तथा राजनितिज्ञ प्रदिप पोखरेल तथा पूर्व विद्यार्थी तथा कानूनविद मन दाहालले आफ्नो मन्तव्य राख्नु भएको थियो।
यसैगरी, पूर्व विद्यार्थी प्रकाश पोखरेलद्वारा लिखित पुस्तकहरू “जेष्ठ नागरिकको सवाल र व्यवस्थापन” र “क्षमता विकासका अवयवहरू” समारोहमा वितरण गरिएको थियो। कार्यक्रमलाई विराटनगरमा दिनेशराज सुवेदी र काठमाडौँमा मुरारी कोइरालाले संचालन गरेका थिए। यसैगरी, लेखराज आचार्य र मधुसुदन भट्टराईले सहभागी तथा अतिथीहरूलाई स्वागत गरेका थिए।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
