श्रीलंकाको सूचनाको हकसम्बन्धी आयोग (राइट टु इन्फर्मेसन अफ श्रीलंका) को टोली नेपाल आइपुगेको छ । आयोगका अध्यक्षसहितको टोली नेपालमा सूचनाको हकसम्बन्धी कार्यान्वयनको अवस्था अध्ययन तथा अवलोकन गर्न नेपाल आएको सूचना आयोजकले जनाएको छ ।
टोलीले नेपालको राष्ट्रिय सूचना आयोगका पदाधिकारीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ । साथै, टोली राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल, फ्रिडम फोरम, युएनडिपी, नेपाल बार, सूचनाको हक महासंघ, गैरसरकारी संस्थासँग भेट गरी सूचनाको हकबारे छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।
टोलीले धुलिखेल नगरपालिकामा पनि सूचनाको हकको कार्यान्वयनबारे अवलोकन गर्नेछ । राष्ट्रिय सूचना आयोग नेपालले श्रीलंकाको सूचनाको हकसम्बन्धी आयोगसँग आपसी समझदारीपत्र प्रस्ताव गरेको छ । यसमाथि पनि छलफल हुने बताइएको छ । टोलीलाई आयोगका शाखा अधिकृत जीवन कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रियल म्याड्रिडलाई ३६ औं ला-लिगा उपाधि
- वर्षामा तरकारी गाईभैँसीलाई खुवाउनु पर्ने बाध्यता
- सरकारले अनुदान नबढाउँदा निराश छन् मौरीपालक किसान
- अझै विश्वस्त भएन घरजग्गा कारोबार
- काठमाडौँको वायु अझै अस्वस्थ
- बल्ल खुल्यो सरकारको आँखाः अग्निपीडितलाई २ किस्तामा ५० हजार
- वायु प्रदुषण बढ्यो, विशेष सावधानी अपनाउनु: सरकार
- वर्षा माग्दै कालो नागलाई कुखुराको बली
- बालबालिका गाउँमा नबस्दा संस्कार र संस्कृति लोप हुने चिन्ता
- जङ्गलका स्रोत जोगाउनै मुस्किल