अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले आर्थिक वर्ष २०२३–०२४ का लागि भारतको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर (जिडिपी ग्रोथ) को प्रक्षेपण बढाएर ६.१ प्रतिशत पुर्याएको छ।
यअसघि अप्रिलमा आइएमएफले जिडिपी वृद्धिको प्रक्षेपण ५.९ प्रतिशत गरेको थियो। आव ०२३ मा भारतको अर्थतन्त्र अपेक्षा गरिएभन्दा बढी ७.२ प्रतिशतले बढेको थियो। त्यसपछि नै आइएमएफले आफ्नो प्रक्षेपण संशोधन गर्दै बढाएको हो। यस्तै आर्थिक वर्ष २०२५ का लागि आइएमएफले ६.३ प्रतिशत वृृद्धिको प्रक्षेपण यथावत् राखेको छ।
आव ०२४ मा आइएमएफको संशोधित अनुमान अन्य एजेन्सीको प्रक्षेपणको तुनलामा निकै सुस्त हो। भारतीय केन्द्रीय बैँकले चालू आवमा जिडिपी वृृद्धि ६.५ रहने अनुमान गरेको छ। साथै एसियन डेभलपमेन्ट बैँक (एडिबी) ले चालू आवमा भारतीय जिडिपी वृद्धिको अनुमान ६.४ राखेको छ।
वैश्विक तनावबीच बलियो भारतीय अर्थतन्त्र
अप्रिलमा भएको मौद्रिक नीति कमिटी बैठकमा भारतीय केन्द्रीय बैँकले ब्याजदरमा कुनै परिवर्तन गरेन। गभर्नर शशिकान्त दासले अर्थतन्त्रमा जारी रिकभरीलाई कायम राख्न नीतिगत दरमा कुनै परिवर्तन नगरेको बताउनुभएको थियो। विश्वमा जारी तमाम तनावबीच पनि भारतीय अर्थतन्त्र बलियो देखिएको छ।
ग्लोबल ग्रोथ रेट तीन प्रतिशत
आइएमएफले वैश्विक वृद्धिदर यो वर्ष तीन प्रतिशत रहने प्रक्षेपण गरेको छ। गत वर्ष यस्तो वृद्धि ३.५ प्रतिशत थियो। त्यस्तै, अमेरिकाको जिडिपी यो वर्ष १.८ र आगामी वर्ष एक प्रतिशत रहने पनि आइएमएफले प्रक्षेपण गरेको छ। यसका साथै युरोपियन क्षेत्रको जिडिपी ग्रोथ यो वर्ष ०.९ र आगामी वर्ष १.५ रहने पनि आइएमएफले जनाएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आइपिएल २०२५ फाइनल: रोयल च्यालेन्जर्स बेंगलोर विरुद्ध पन्जाब किंग्स
- रुस र युक्रेनबिच टर्कीमा आज शान्ति वार्ता हुँदै
- युक्रेनले रुसमाथि गर्यो हालसम्मकै ठूलो आक्रमण
- तामाखानी : उत्खननको पर्खाइमा
- पीएसजीले जित्यो च्याम्पियन्स लिगको उपाधि
- रियल मड्रिड: विश्वकै सबैभन्दा मूल्यवान् फुटबल क्लब
- महाकाली करिडोर : उन्नतिको बाटो खोल्दै
- बजेटमा समावेश भएसँगै दूधकोशी आयोजना अघि बढ्ने विश्वास
- बाढीले कोशी राजमार्गमा हानी : यातायात अवरुद्ध
- आप्रवासीको कानुनी मान्यता खारेज गर्न ट्रम्पलाई अदालतद्वारा अनुमति
