नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले सदस्य संख्याको अंक गणितका आधारमा तालाबन्दीमा नउत्रन पत्रकार सम्बद्ध संगठनलाई आग्रह गर्नुभएको छ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले दसैं, दीपावली, छठ र नेपाल संवत् पर्वको अवसरमा आइतबार बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै शुद्धीकरणको विषयलाई लिएर तालाबन्दी गरी महासंघको गरिमा नघटाउन आग्रह गर्नुभएको हो।
‘सबैको साझा संस्था बनाउने जगका रुपमा शुद्धीकरण गरिएको हो। विजयादशमीको शुभकामना दिँदै म बुटवलबाट भन्छु, तालाबन्दी निषेधले पत्रकार महासंघको ओज घट्ने हो,’ अध्यक्ष पोख्रेलले भन्नुभयो, ‘संवाद गरौं, सहकार्य गरौं, विधान र शुद्धीकरणअनुसार नयाँ कोर्समा अगाडि बढौं।’
उहाँले पत्रकार महासंघ संवादबाटै निकास निकाल्न तयार रहेको बताउँदै सबैको साझा छाता संगठन बनाउने हिसाबले टाउका गनेर हिसाबकिताबमा मात्रै सीमित नहुन आग्रह गर्नुभयो। ‘एउटा संख्या बढी वा घटी हुँदैमा चुनाव जित्ने र हार्ने अवस्थाको अन्त्य गर्नुपर्छ। शुद्धीकरणले गर्न खोजेको त्यही हो,’ पोख्रेलको भनाइ थियो।
नेपालको पछिल्लो राजनीतिमा समेत सहकार्यको विकास भएकाले नेतृत्वमा कसैलाई पनि निषेध गर्न नहुने बताउँदै कोही मिलेर कसैलाई सक्ने नभई सबैलाई समेटेर लैजानका लागि शुद्धीकरण गरिएको प्रस्ट्याउनुभयो।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले चाडपर्वमा तडकभडक र विकृति देखा परेको बताउँदै यसतर्फ सञ्चार क्षेत्रले बहस चलाउनुपर्ने बताउनुभयो। त्यस्तै, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले चाडपर्वले सबैलाई एकतामा जोड्नुपर्ने बताउनुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- सामाजिक सञ्जालको सदुपयोग गर्दा …
- ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित
- ‘बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो’
- देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला
- अमेरिकी डलरको भाउ बढ्यो
- आज माघ सङ्क्रान्ति पर्व मनाइँदै
- महाकुम्भमा एक करोड भक्तजनको ऐतिहासिक स्नान
- शेन्झाउ–१९ दलद्वारा अन्तरिक्ष स्टेशनमा नयाँ प्रयोगको सुरूवात
- मुस्ताङ
- सूर्योदय